Advertisement
Advertisement
Advertisement
Advertisement

२०८०को एसईई चैत पहिलो साताबाट हुने

  |      12:53:00   |  
web image
web image

पुस २६, काठमाडौं । संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने र नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो । 

परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ । शिक्षा पत्रकार सञ्जाल ९इजोन० ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । 

‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ । यसमा कुनै शङ्का नगर्न सबैमा अनुरोध गर्दछौँ,’ अध्यक्ष शर्माले भने । 

संसद्मा विद्यालय शिक्षा विधेयक पास भएर कानुन नबनेसम्म एसईई हुने प्रष्ट पारेका हुन् । ‘विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । उक्त विधेयक पास भएर संसद्मा गएर त्यहाँ पनि पास भएर ऐन बन्न लामो समय लाग्छ । त्यो बेलासम्म हामीले आफ्नो काम गरिरहन्छौँ,’ अध्यक्ष शर्माले भने । 

‘विद्यालय शिक्षा विधेयक र जाजरकोट पश्चिम–रुकुममा गएको भूकम्पका कारण परीक्षा हुँदैन । परीक्षा दुई चरणमा हुन्छ भन्ने चर्चा चलिरहेको रहेछ । यसमा हामी परीक्षा तथा नतिजाका लागि वार्षिक क्यालेन्डर बनाएका छौँ । त्यही अनुसार हुन्छ,’ उनले भने । 

बोर्डले प्रश्नपत्र निर्माण तथा सर्टिफिकेटिङको काम गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापनको काम प्रदेशले गर्ने उनले प्रष्ट पारे । सर्टिफिकेटिङको काम राष्ट्रिय परीक्षा बोर्डबाट मात्रै हुने भन्ने कानुनी व्यवस्था रहेकाले एसईई प्रदेशलाई हस्तान्तरण गर्न नसकिएको उनको भनाई छ । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले प्रभावित पारे पनि परीक्षा नै सञ्चालन गर्न नसकिने गरी समस्या नरहेको बताए । उक्त क्षेत्रको अवस्था बुझ्न अध्यक्ष शर्मा आफैँ स्थलगत अनुगमनमा गएका थिए । स्थलगत अनुगमनको क्रममा परीक्षा सञ्चालन गर्न सकिने अवस्था रहेको पाइएको उनले जानकारी दिए । 

‘जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूमा परीक्षा सञ्चालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रधानाध्यापकसँग भेट्यौँ । पढाइ भइरहेको र परीक्षा सञ्चालनको लागि केही केन्द्रहरूलाई अल्टरनेट गर्न सकिने देखियो । स्थानीय पालिका, जिल्ला समन्वय र सामाजिक विकास कार्यालय र व्यवस्थापन समितिसँग छलफल भयो । परीक्षा सार्ने सुझाव आएको छैन,’ उनले भने । 

३५ प्रतिशत ल्याउनैपर्ने, नयाँ पाठ्यक्रम लागू 
यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए । 

‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ,’ उनले भने ।

यो वर्ष कक्षा १० को पाठ्यक्रम परिवर्तन भएको थियो । सोही आधारमा नयाँ पाठ्यक्रम अनुसार परीक्षा समेत हुन लागेको हो । परीक्षाका विषयमा अन्योल सिर्जना भएको भन्दै उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयलाई परीक्षाको तयारीमा जुट्न उनले आग्रह गरे । 

४ लाख ८९ हजार बढीको रजिस्ट्रेसन 
यो वर्षको एसईईका लागि देशभरबाट ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् । यसमा २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिस्ट्रेसन फाराम भरेको परीक्षा नियन्त्रक पौडेलले बताए । खुला विद्यालयबाट करिब १० देखि १२ हजारको हाराहारीमा विद्यार्थी थपिने उनको भनाई छ । ती विद्यालयका विद्यार्थीको हकमा रजिस्ट्रेसन र परीक्षा फाराम एकै पटक भरिने भएकाले उनीहरूको सङ्ख्या अहिले नै यकिन नभएको पौडेलले बताए । 

विगतका वर्षको तुलनामा एसईई दिने विद्यार्थी केही कम हुने उनको भनाइ छ । यो वर्ष ५ लाखको हाराहारीमा विद्यार्थीहरूले एसईई दिने अनुमान बोर्डको छ । जाजरकोट र पश्चिम रुकुमका ५० प्रतिशत

विद्यार्थी प्रभावित
जाजरकोट र पश्चिम रुकुममा गत कात्तिक १७ गते गएको भूकम्पले ठुलो धनजनको क्षति पुर्‍याएको थियो । जसका कारण रुकुम पश्चिम र जाजरकोटका एसईई दिने ५० प्रतिशतभन्दा बढी विद्यार्थी भूकम्पबाट प्रभावित भएका छन् । 

पश्चिम रुकुममा यो वर्ष ३ हजार ६१५ जना विद्यार्थीले एसईई दिनको लागि रजिस्ट्रेसन फारम भरेका थिए । ती मध्ये ५० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको बोर्डका अध्यक्ष शर्माले बताए । 

त्यस्तै जाजरकोटमा ४ हजार ८०० विद्यार्थीले एसईईका लागि रजिस्ट्रेसन फारम भरेका छन् । ती मध्ये २ हजार १०० विद्यार्थी भूकम्पबाट प्रभावित भएको अध्यक्ष शर्माले बताए । 

ती विद्यार्थीहरूलाई अर्को परीक्षा केन्द्रबाट परीक्षा दिलाउने व्यवस्था मिलाइने उनको भनाई छ । ती जिल्लाहरूमा अहिले पठनपाठन निरन्तर चलिरहेको भन्दै पढाइका कारण कुनै समस्या नहुने बताए । 

एसईईका लागि रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीको सङ्ख्याः


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement