Advertisement
Advertisement
Advertisement
Advertisement

मनोसामाजिक समस्या के हो?

  |      14:37:00   |  
मनोसामाजिक समस्या के हो?
साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ । कुनैपनि समाज, परिवार र व्यक्ति -व्यक्तिवीचमा उत्पन्न हुने भावनात्मक समस्या हो । भावनात्मक समस्यालाई एक अर्कामा पहिचान गर्न सकेन भने त्यो ठुलो समस्याको रुपमा उत्पन्न हुन्छ । यत्सले गर्दा समस्यामा परेका कुनैपनि व्यक्तिलाई दैनिक रुपमा आफ्नो कामकाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वाँधा परिरहेको हुन्छ । यो समस्याले दैनिक धेरै कुरामा परिवर्तन ल्याउन सक्छ । जस्तै सोचाई, व्यक्तिको भावनामा, व्यवहारमा, शारीरिकरुपमा विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । मनोसामाजिक समस्या विभिन्न कारणहरुबाट उत्पन्न हुन्छ ।  मनोसामाजिक समस्या यही कारणले मात्र हुन्छ भन्ने छ्रैन । सबैसँग समस्यासँग लड्न सक्ने क्षमता हुन्छ भन्ने पनि छैन । जो व्यक्ति आफ्नो समस्यासँग लड्न सक्दैन उसलाई सामाजिक रुपमा विभिन्न समस्याले घेरिएको हुन्छ । जस्ले गर्दा त्यसको नतिजा नकरात्मक भइदिन्छ । 
 
मनोसामाजिक समस्या भएपछि सो व्यक्तिमा मन (mind), शारिरीक (body), व्यवहार (behavior)  र सम्बन्ध (relation) प्रत्यक्ष रुपमा असर पुर्याउँछ । यी चार मध्ये कुनै एकमा मात्र समस्या देखा परेपनि त्यसले अर्को समस्यमा उत्पन्न गर्छ । जसले गर्दा व्यक्तिमा जहिले पनि नकारात्मक विचार मात्र आईरहन्छ र आफु जहिले पनि एक्लो भएको महसुुस हुन्छ ।  अन्त्यमा आफ्नो जीवनलाई नै समाप्त गर्न पछि हट्दैन् । यस्ता विभिन्न नकरात्मक सोच दिमागा बारम्बार आउन थाल्छन् । हाम्रो समाजमा मनोसामाजिक समस्या भएको व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ । यस्तो समस्या भएको व्यक्तिलाई दिमाखिय हालत विग्रेको वा पागल भएको भन्ने धारणा राख्ने हाम्रो  समाजको नियमित काम जस्तो भएको छ । अझै यो सोचलाई न्यूनिकरण गर्न समय लाग्छ । मनोसामाजिक समस्या घट्नु भन्दा उल्टै बढेको पाईन्छ । यो एउटा ठुलो रोेग हो जुन निको हुँंदैन भन्ने जनमासमा परेको छ । तर यो समस्या निको हुन सक्छ । मनोसामाजिक समस्या समाधान गर्नको लागि डाक्टर, धामी, झाक्री आदिकोमा जानु भन्दा पनि आफ्ना समस्यालाई पहिचान गरेर समस्याको समाधान गर्न मनोसामाजिक विमर्शकर्ताको सल्लाह महत्वपूर्ण हुन्छ । यस्तो निर्णयले समस्यालाई कम गर्नुका साथै सम्पूर्ण समस्याको हल चाँडो हुन्छ । यस्ले मनो सामाजिक समस्याबाट ग्रसित व्यक्तिमा  सकारात्मक सोच आउनुको साथै जिवनलाई कसरी अगाडी वढाउन सकिन्छ भनेर सोच्न सक्ने क्षमताको विकास हुन्छ । 
 
मनोसामाजिक समस्या भएको जो कोही व्यक्तिले पनि आफ्रनो समस्यालाई समाधान गर्नका लागि स्वयंमले दैनिक आफुलाई के भैरहेको छ ? भनेर खोजि गर्नु  पर्छ ।  आफ्नो समस्यालाई समाधान गर्न विभिन्न किसिमका योगहरु गर्ने, मनको कुरा आफ्नो मन मिल्ने अर्थात नजिकको साथीसँग आदनप्रदान गर्ने, आफुलाई दैनिक रुपमा व्यस्त राख्ने, रुचि अनुसारको क्रियाकलापहरु गर्ने । यति गर्दापनि आफुलाई नियन्त्रण वा समाधानतिर लान सकिएन भने मनोविमर्शकर्तालाई भेटी आफुलाई के भैरहेको छ सबै समस्या बताउनु पर्छ, जसले गर्दा समस्या समाधान हुन्छ ।
 
 
मनोसामाजिक समस्या कुनै पनि कारणले उत्पन्न हुन सक्छ .
यस्ता छन् कारणहरु  :
►मानव वेचविखन तथा ओसापसार
►सामाजिक कुप्रथा
►लागु पर्दाथको प्रयोग
►समाजले हेर्ने दृष्टिकोण
►वेरोजगार
►भावनाको कदर नहुनु
►विभिन्न किसिमका द्धन्द्ध
►दिर्घकालिन रोग
►दैविक प्रकोप
►वालविवाह वा अनमेल विवाह
► असफल हुनु आदि 
 
सुमित्रा श्रेष्ठ
वरिष्ठ मनोसामाजिक अधिकृत
माइती नेपाल

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement