Advertisement
Advertisement
Advertisement
Advertisement

समिति हाँक्दै महिला सांसद

  |      13:23:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ५, काठमाडौं । प्रतिनिधिसभाका आधाभन्दा बढी समितिको नेतृत्व अब महिलाले गर्ने भएका छन् । सत्तारूढ दल नेकपाले आफ्ना भागमा परेका समितिमध्ये ६ वटामा महिलालाई नेतृत्व दिने निर्णय गरेको हो ।

 

प्रतिनिधिसभा नियमावलीमा विषयगत समितिमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत हुनुपर्ने व्यवस्था छ तर अब त्यसबाट पनि बढेर ६० प्रतिशत पुग्दै छ । 

 

१० विषयगत समितिमध्ये ६ वटाको सभापतिका लागि बिहीबार नेकपाका ६ महिला सांसदले उम्मेदवारी दिएका छन् । नेकपाका नेता सुवासचन्द्र नेम्वाङले नेतृत्वमा महिला प्रतिनिधित्व बढाउन यसपटक समितिको सभापतिमा उनीहरूलाई अघि सारिएको बताए ।

 

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णाकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्यव्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खडका र शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीले उम्मेदवारी दिएका छन् ।

 

नेकपाले लिएको अर्थ समितिमा कृष्णप्रसाद दाहाल र कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलले उम्मेदवारी दिएका छन् । लेखा समितिमा कांग्रेसका भरतकुमार शाह र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा संघीय समाजवादी फोरमका विमलप्रसाद श्रीवास्तवले उम्मेवारी दिएका छन् । हरेक समितिमा एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । शुक्रबार औपचारिक घोषणा हुँदै छ ।

 

नेकपाको केन्द्रीय समितिमा महिला संख्या ३३ प्रतिशत नपुगेको भन्दै विरोध भएको थियो । निर्वाचन आयोगमा समेत यो विषयमा उजुरी परेको थियो । नयाँ महाधिवेशनमा ३३ प्रतिशत पुर्‍याउने प्रतिबद्धतापछि आयोगले नेकपालाई पार्टीका रूपमा दर्ता गरेको थियो । अहिले आफ्ना भागमा परेका ८ मध्ये ६ वटा ७५ प्रतिशत० समितिमा नेकपाले महिला सभापति बनाउने निर्णय गरेको हो ।

 

झलनाथ खनाल नेतृत्वको सरकारमा तत्कालीन माओवादी कोटाबाट जयपुरी घर्ती महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिफारिस भएकी थिइन् तर मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला नभएको भन्दै उनले पहिलो शपथ लिन इन्कार गरेकी थिइन् । ‘मन्त्रिपरिषद्मा ३३ प्रतशित नहुँदा मैले मन्त्री पदको शपथसमेत खाइनँ । अहिले समितिमा ७५ प्रतिशत महिला सभापति बनाइयो । यो ठूलो उपलब्धि हो,’ घर्तीले भनिन् । उनी अन्तरिम व्यवस्थापिका र पहिलो संविधानसभामा रोल्पा १ बाट निर्वाचित भएकी थिइन् । यसपटक उनी समानुपातिकबाट सांसद भएकी हुन् ।

 

पूर्णाकुमारी सुवेदी पहिलो संविधानसभाकी उपाध्यक्ष हुन् । ०६४ मा बाँके ४ बाट निर्वाचित उनी अहिले समानुपातिक सांसद छिन् । अर्की उम्मेदवार पवित्रा निरौला झापा २ बाट निर्वाचित सांसद हुन् । ०३६ सालबाट राजनीति सुरु गरेकी उनी अखिल नेपाल महिला संघको प्रथम सम्मेलनबाट केन्द्रीय सदस्य हुँदै झापा अध्यक्ष भएकी थिइन् । उनी संसद्मा पहिलोपटक निर्वाचित भएकी हुन् । 

 

विकास तथा प्रविधि समितिको सभापति उम्मेदवार कल्याणीकुमारी खडका समानुपातिक सांसद हुन् । ०५१ मा सुकुम्बासी आयोगको अध्यक्ष भए पनि संसदीय प्रक्रियामा पहिलो अनुभव हो । कञ्चनपुरकी निरुदेवी पालले पनि संसदीय अभ्यासको पहिलो अनुभवमै समितिको नेतृत्व सम्हाल्ने पक्कापक्की भएको छ ।

 

संसदीय सुनुवाइ समितिकी सदस्य रहेकी उनी प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको सुनुवाइपछि थप चर्चामा आएकी थिइन् । पहिलोपटक संसदीय अभ्यासमा छिर्नेबित्तिकै शशी श्रेष्ठ पनि राज्यव्यवस्था समितिको नेतृत्वमा आउँदै छिन् । पद्मकन्या क्याम्पसमा अखिलबाट सभापति जित्ने एक मात्र नेत्री श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेकी छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement