Advertisement
Advertisement
Advertisement
Advertisement

वैवाहिक जीवनलाई रोमान्टिक बनाऔं

  |      14:37:00   |  
वैवाहिक जीवनलाई रोमान्टिक बनाऔं

काठमाडौं। जीवन सधैं एकनासको हुँदैन । जीवन भोगाइका क्रममा अनेक आरोह–अवरोह पार गर्नुपर्ने हुन्छ । महिलाले विवाहपछि अर्काको घरलाई आफ्नो बनाएर बस्नुपर्ने हुन्छ । शिशु जन्मिएपछि उसको जिम्मेवारी, परिवारको जिम्मेवारी, आर्थिकस्थिति, नोकरीको चिन्ता आदिमै जीवन बित्छ।

श्रीमतीको प्यारो हाँसो पनि चिडचिडाहट लाग्न थालेपछि श्रीमान् अफिसबाट ढिलो घर फर्कन सक्छन् । हरेक सम्बन्धमा यस्तो हुन सक्छ । साथी एवं नातेदारको सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसले गर्दा पनि जीवनसाथीलाई त्यति समय दिन भ्याइँदैन । आफ्नो रोमान्टिक जीवनमा टकराव उत्पन्न भएको छ ? विवाहको केही दिनमै जीवन कष्टकर लागेको छ वा गृहस्थीमा कुनै किसिमको ठाकठुक परेको छ भने आफ्नो वैवाहिक जीवनलाई रोमान्टिक बनाउन निम्न उपाय अपनाउन सकिन्छ ।


डिनरको नयाँ ढंग : के सधैं एउटै तरिकाबाट खाना खाने टेबलमा बस्नुहुन्छ ? यदि त्यसो हो भने केही नयाँ प्लान गर्नुपर्छ । शुक्रबार तथा शनिबारको डिनरमा थोरै परिवर्तन गर्नु वेश हुन्छ । सधैं झैं ७–८ बजे नै डिनर खानुपर्छ भन्ने छैन । खाना खाने टेबललाई मैनबत्तीले सजाउनुपर्छ । कहिलेकाहीँ खाने खानालाई पनि सजाउन सकिन्छ । टेबलमा सुगन्धित गुलाबको फूल राख्नु उपयुक्त हुन्छ । धेरै थरिका परिकार बनाउनुपर्छ भन्ने छैन तर आफ्नो पार्टनरलाई विशेष मनपर्ने परिकार भने बनाउनुपर्छ । यसरी दम्पती सँगै बसेर खाँदा केही नयाँपन अनुभव हुनुका साथै आत्मीयता पनि बढ्छ ।


आफ्ना लागि केही समय : आमाबुवा नजिकै बस्नुहुन्छ भने उहाँहरूको मद्दत लिनुपर्छ । शिशु सानो छ भने एकदिन उसलाई आमाबुवाको घरमा छोडेर श्रीमान्का साथ एक्लै बस्नुपर्छ । विवाहको दिन लगाएको गाउन लगाएर विवाहको तस्बिर हेरी श्रीमान्सँग बसेर गीत सुन्दै कफी पिउनुको आनन्द अलौकिक हुन्छ । भान्सामा दुवैजना मिलेर खाना बनाउँदा पनि रमाइलो हुन सक्छ । सँगै बसेर रोमान्टिक चलचित्र हेर्न सकिन्छ । यसो गर्दा शिशुलाई आमाबुवाको माया प्राप्त हुन्छ भने आफूलाई पनि घरमा अर्कै वातावरण अनुभव हुन्छ ।


जिम्मेवारी बाँड्नुपर्छ : शिशुको जिम्मेवारी आमाबुवाले समान रूपले बाँड्नुपर्छ । आमा पनि कामकाजी भए त्यसो गर्नु अझ महत्वपूर्ण हुन्छ । आमाले घरको काम गर्दा शिशु हेर्ने जिम्मेवारी बुवाले लिनुपर्छ । यसो गर्दा महिलाको स्वास्थ्य राम्रो हुन्छ । घरको काममा श्रीमान्ले सघाए महिलामाथि मात्र कामको बोझ पर्दैन । यसो गर्दा सँगै बस्ने, कुरा गर्ने समय पनि मिल्छ ।


स्पर्शको अनुभव गर्नुपर्छ : विवाहको ६–७ वर्षपछि दम्पतीबीचको यौनसम्बन्ध कमजोर हुँदै जान्छ तर त्यसो हुन दिनु हुँदैन । दुवैका बीच रोमान्स ल्याउन यौनसम्पर्क आवश्यक छ । एक–अर्काप्रति प्रेम भाव जगाउनुपर्छ । जीवनसाथीको आलिंगनमा बाँधिदा दिनभरिको थकान पनि कम हुन्छ । कहिलेकाहीँ एक–अर्काको मालिस पनि गरिदिनुपर्छ । दाम्पत्य सम्बन्धमा सुधार ल्याउन कहिलेकाहीँ एक–अर्कालाई उपहार पनि दिनुपर्छ । उपहार महँगो नै हुनुपर्छ भन्ने छैन । आफूले दिएको सानो उपहार पनि जीवनसाथीका लागि बहुमूल्य हुन सक्छ ।


बौद्धिक कुराकानी गर्नुपर्छ : श्रीमान्–श्रीमती सँगै बस्दा घरपरिवारका साथै देश–विदेशका कुराकानी पनि गर्नुपर्छ । रोमान्टिक नलागे पनि कहिलेकाहीँ यस्ता कुरा गर्दा सामाजिक सरोकार तथा देशको राजनीतिक अवस्थाका सम्बन्धमा थाहा पाउन सकिन्छ । यसैगरी कला एवं साहित्यका पुस्तक पनि अध्ययन गर्नुपर्छ ।

मर्निङ वाक तथा योग : दिनहुँ पार्क तथा खुला चौरमा जगिङ गर्नुपर्छ । यसले शरीरमा फुर्तीका साथै ताजापन पनि ल्याउँछ । योग गर्दा शरीरलाई ऊर्जा प्राप्त हुन्छ । योग तथा जगिङ गरेर फर्किएपछि श्रीमान्–श्रीमती सँगै बसेर चिया पिउँदै पत्रिका पढ्नुपर्छ । अफिस जानुअघि यी सबै काम गर्न भ्याइँदैन भने अलि छिटो उठ्नुपर्छ ।

 

रोमान्सका लागि रोमान्च आवश्यक हुन्छ : कुनै पनि कुरा जिन्दगीमा पहिलोपटक हुन्छ । पहिलोपटक स्कुल जानु, पहिलो प्रेमपत्र लेख्नु, पहिलोपटक डेटिङ जानु यी सबै कुरा सधै सम्झनामा हुन्छ । यसमा केही रोमान्च तथा आत्तिएको जस्तो महसुस हुन्छ । जीवनमा रोमान्सलाई सधै जीवित राख्न यस्तो गर्नुपर्छ जसमा रोमान्च पनि मिसिएको होस् । कुनै नौलो ठाउँमा अर्थात् भीडभाडभन्दा केही पर जानुपर्छ । नयाँ ठाउँमा जाँदा एक–अर्काको हात समाएर हिँड्नुपर्छ । श्रीमान्को जन्मदिनमा पुरानो प्रेमपत्र तथा पहिलोपटक स्टुडियोमा खिचाएको तस्बिर फ्रेममा राखेर उपहार दिनुपर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement