Advertisement
Advertisement
Advertisement
Advertisement

सकसमा श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

  |      14:51:00   |  
सकसमा श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

►वीरेन्द्र कर्ण 
निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो । 

श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन् । छुट्टाछुट्टै कोठामा बसेका तिनीहरुलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज कारागार व्यवस्थापन पक्षले । 

उनीहरुले जब एकापसमा भेटे तब उनीहरु अघिल्लो दिनलाई सम्झे र भक्कानुहुने गरी रोए । एकापसमा दुःख सुखको कुरा गरे, घरपरिवारको चिन्ता व्यक्त गर्दै आफूहरुले गरेको अपराध प्रतिघृणा व्यक्त गर्दै १५ मिनेटको वर्तालापपछि पुनः कारागारको आआफ्नो कोठातिर लागे, बाँकी सजाय भोग्न । 

यस्तै दृश्य देखियो, वीरगञ्ज मुर्लीका दिनेश मण्डल र उनकी श्रीमती ममता मण्डलको । मण्डल दम्पती पनि अवैध लागुऔषध कारोवार मुद्दामा सजाय काटिरहेका छन् । सो कारागारभित्र ११ जोडी श्रीमान् श्रीमती विभिन्न मुद्दामा सजाय काटिरहेका छन् । 

कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान् श्रीमतीलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेटघाट गर्ने वातावरण मिलाइएको छ,  वीरगञ्ज कारागारका प्रमुख श्रवणकुमार पोखरेलले राससलाई भन्नुभयो, “यो कारागार मानव अधिकारमैत्री भएकाले महिनामा एकचोटि कैदी जीवन बिताइरहेका श्रीमान्, श्रीमतीलाई भेट्ने वातावरण बनाइएको छ ।” 

विसं १९९५ भन्दा अघि राणा शासनकालमा निर्माण भएको सो कारागार १२ हजार ९९४ दशमलव छ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । एक हजार कैदीबन्दी अटाउने क्षमता भएका सो कारागारमा एक हजार ३६३ कैदीबन्दी रहेका छन् । तीमध्ये ९७ महिला र चार आश्रित बालबालिका छन् । पुरानो संरचनाका कारण कारागारभित्र सुरक्षा चुनौती बढेकाले जेलब्रेक हुने सम्भावना बढी रहेको प्रमुख पोखरेलको भनाइ छ । 

कारागारभित्र आउने कैदीबन्दीमध्ये ३९ प्रतिशत लागुऔषध कारोवारमा सजाय पाएका रहेका छन् भने २०७ विदेशी कैदीमध्ये दुई पाकिस्तानी नागरिक तथा १०५ भारतीय रहेका छन् । कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान्, श्रीमती रहेको र उनीहरुलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेट्ने वातावरणसमेत बनाइएको बताइएको छ । 

कारागारभित्र रहेका सबै कैदीबन्दीका लागि प्रतिदिन विद्युतीय हाजिरी ९इहाजिरी० को व्यवस्था मिलाइएको छ । यसको लागि सात वटा विद्युतीय हाजिरी मेशिन राखिएको छ । कारागारभित्र रहेका पाँच एचआइभी सङ्क्रमित कैदीमध्ये एक महिलाको मृत्यु भएको छ । बाँक चार जना एचआइभी सङ्क्रमितको नियमित औषधि खुवाउने काम भइरहेको कारागार प्रशासनले जनाएको छ । 

आफूले गरेको अपराधमा सजाय काटिरहेका यी ११ जोडीलाई महिनामा एकचोटि भएपनि १५ मिनेटका लागि भेटघाट गर्ने वातावरण जुडाइ दिएकोमा कारागार व्यवस्थापकप्रति ती कैदीबन्दीले कृतज्ञता व्यक्त गरेका छन् ।
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement