Advertisement
Advertisement
Advertisement
Advertisement

भैरहवा विमानस्थलका लागि प्रवेश रुट दिन भारतको यस्तो छ सर्त

  |      13:36:00   |  
web image
web image

जेठ १७, काठमाडौं ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त राखेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गएको बेला अन्तर्राष्ट्रिय विमानस्थलहरुको रुटको बारेमा पनि छलफल हुने एजेण्डा तय गरेपछि भारतले त्यसका लागि सर्त अघि सारेको बताइएको छ ।

भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी नेपालले विश्वास दिलाउनुपर्ने सर्त अघि सारेको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘सुरक्षाको विश्वास दिलाउन नसके भैरहवा एयरपोर्टमा भारतले आफ्नो मान्छे राख्न पाउनुपर्ने सर्त पनि अघि सारेको छ ।’

केही पहिलो पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वको टोलीले भारत गएर नै छलफल गरेको थियो । तर, भारतबाट सकारात्मक प्रतिक्रिया नआएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

उनले भने, ‘नेपाल–भारतको एयरपोर्टसम्बन्धी विवाद कर्मचारी लेभलबाट समाधान हुने सम्भावना छैन । हाइलेवलबाट मात्र मिल्ने देखिन्छ । किनकि भारतसँग जतिपटक छलफल गर्यो, त्यति वटा सर्त राख्ने गरेको छ ।’

भारतको कुशीनगरमा बनेको अन्तर्राष्ट्रिय विमानस्थललाई लिएर भारत आफै चिन्तित देखिन्छ । लुम्बिनीबाट १८० किलोमिटर मात्र टाढा रहेको कुशीनगरको एयरपोर्ट बनाउँदा नेपालको लुम्बिनीलाई लक्ष्य गरी बनाइएको थियो ।

बुद्धिष्ट हब बनाउनका लागि भारतले कुशीनगरको एयरपोर्ट बनाएको थियो । तर नेपालमा पनि त्यस्तै एयरपोर्ट बन्न थालेपछि भारत असन्तुष्ट बन्दै आएको थियो ।

कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्न सक्ने प्रणाली ‘आईएलएस’ यन्त्र भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा जडान गरिएको छ । जसको कारणले भारतले असुरक्षाको महसुस गरिरहेको छ ।

त्यसो त भारतले सुरुमा भैरहवा एयरपोर्टमा जडान गरिएको ‘आईएलएस’ प्रयोग गर्नसमेत रोकेको थियो । विमानस्थलमा जोडिएको यो प्रणालीको फ्रिक्वेन्सीले भारतको सीमा क्षेत्रको करिब २ किलोमिटर एयर स्पेस लिएपछि यसको प्रयोगमा भारतको अनुमति चाहिने अवस्था आएको थियो ।

तर, भारतले अनुमति दिन चाहेको थिएन । यद्यपि यो अहिले प्रयोगमा आइरहेको छ ।तर फुलफेजमा प्रयोग भएको छैन ।

नेपाल–भारतको सीमामा रहेको गोरखपुरमा भारतीय सेनाको क्याम्प र भारतीय एयरफोर्सको क्याम्प पनि रहेका कारण भारतले भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई संवेदनशील रुपमा लिएको छ ।

गोरखपुरमा एयरफोर्स भएको कारण त्यहाँ फाइटर विमान आउजाउ भइरहेका कारण ‘आईएलएस’ बाट त्यसको जानकारी प्राप्त गर्न सक्छन् । भैरहवा विमानस्थलको राडारले त्यसलाई तान्न सक्छ भनेर भारतले त्यहाँ आफ्नो एक जना कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेको छ ।

एयर रुटको अनुमति दिएपछि भैरहवा विमानस्थलमा ओर्लिने विमानहरु आर्मी क्याम्पमाथिबाट नै आउने छन् । त्यसले गर्दा भारत आफ्नो सुरक्षामा ढुक्क हुन सकेको छैन ।
परराष्ट्र मन्त्री एनपी साउदले पनि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगको केही असमझदारीलाई हटाउने बारेमा छलफल हुने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले एयर रुटलगायतका विषयमा भारतसँग पहिलादेखि नै छलफल हुँदै आइरहेको तथा प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा थप छलफल गरेर टुंग्याइने बताए ।

एयरपोर्टमा भारतीय कर्मचारी राख्ने प्रस्तावबारे आफ्नो जानकारीमा नरहेको दावी गर्दै महानिर्देशक पाण्डेले प्रधानमन्त्री प्रचण्डको भ्रमणले सबै कुरा टुंगिने विश्वास आफूले लिएको बताए ।

अहिले भैरहवा एयरपोर्टबाट कुनै पनि अन्तरराष्ट्रिय उडान भइरहेको छैन । जजिरा एयरले पनि आफ्नो उडान स्थगित गरेको छ । नेपाल वायु सेवा निगमले भने उडान गर्ने तयारी गरिरहेको महानिर्देशक पाण्डेले बताए ।   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement