Advertisement
Advertisement
Advertisement
Advertisement

भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती

  |      16:43:00   |  
भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती

भदौ ४, सुर्खेत  । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन्। 

 

भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक ज्वरोले थलिएपछि प्रभावकारी उपचार नपाएकामा स्थानीयले आक्रोश पोखेका छन् । 

 

जिल्ला जनस्वस्थ्य कार्यालय सुर्खेतले केही दिनअघि मात्रै दुवै गाउँमा एक÷एक दिन स्वास्थ्य शिविर आयोजना गरेको थियो । पुरै गाउँका अधिकांश स्थानीय नागरिक ज्वरोको संक्रमणले थलिँदा स्वास्थ्य कार्यालयको हेपाह प्रवृत्तिका कारण एकदिने शिविरले रोग निर्मूल नभएकामा आक्रोश पोखेका छन् । टाउको दुख्ने, ज्वरो आउने र खुट्टा काम्नेजस्ता लक्षणले दुई वडाका नागरिक १२ दिनदेखि थलिएका बिरामीको संख्या अत्यधिक छ । “उपचार गर्न बाहिर जाउँ भने बीचमा भेरी छ, यहाँ गतिलो स्वास्थ्य संस्था छैन”– नार्सीका स्थानीय जमना भण्डारीले भने, “शिविरका नाममा एक दिन सञ्चालन भयो गाउँमा बिमारी थलिएकै छन् ।” नार्सीमा रहेको सरस्वती प्राविमा अध्ययनरत विद्यार्थीसमेत ज्वरोको संक्रमणले कक्षा छाड्ने गरेका छन् । एक दिन आयोजना गरेको शिविरमा मात्रै झण्डै ३०० नागरिक ज्वरोको संक्रमण भएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा आइपुगेको छ । 

 

कार्यालयले शिविर थप गर्न नसकेपछि दैनिक ५० बढी बिरामी स्थानीय मेडिकलमा पुगेर महँगोमा औषधोपचार गर्न बाध्य भएको सरस्वती प्राविका प्रधानाध्यापक हरि ढकालले बताए । 

 

भेरी नदी पारी रहेको यो बस्तीमा थप उपचारका लागि कैलालीको चिसापानी र भेरी नदीमा जोखिममा डुंगा तरेर बाबियाचौर आउनेबाहेक अन्य उपाय नभएको भण्डारीले बताए । उनले सिंगो गाउँ भाइरल ज्वरोले थलिँदा स्वास्थ्य कार्यालयले देखाउनकै लागि स्वास्थ्य शिविरको आयोजना गर्नुभन्दा रोग निर्मूल पार्न आवश्यक दक्ष जनशक्तिसहितको टोली पठाउन माग गरे । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement