Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती महिलाका लागि निहुरोले भिटामिन क्याप्सुलको काम गर्छ : डा. अरुणा

  |      12:39:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ७, काठमाडौं । तरकारी वा अचारको रूपमा प्रयोग गरिने निहुरो वा निगुरो टिपेर पूर्वी नेपालका थुप्रै विपन्न परिवारले आर्थिक लाभ लिइरहेका छन्। पोषणविद्हरूका अनुसार निहुरो पौष्टिकताले भरिपूर्ण हुन्छ र त्यो मानव स्वास्थ्यको लागि पनि निकै लाभदायक हुन्छ।

 

नेपालमा पाइने जंगली वनस्पती वर्गमा पर्ने निहुरोलाई कतिपय ठाउँमा न्युरो वा निगुरो पनि भन्ने चलन छ। पहाडी भेगमा पाइने कालो निहुरो होस् या तराइ क्षेत्रका जंगलमा पाइने हरियो निहुरो, कतिपयले खासै मन पराएको पाइँदैन। वर्षातको समयमा जंगलमा आफै उम्रने निहुरोबाट कतिपयले तरकारी र कतिले अचार बनाउँदा रहेछन्।

 

पूर्वी नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा र मोरङका जंगलक्षेत्रमा सजिलै पाइने हरियो निहुरो विराटनगर, धरान, काठमाडौं लगायतका मुख्य शहरका उपभोक्ताका भान्सासम्म पुग्ने गरेको छ। स्थानीय किसानहरूले जंगलबाट टिपेर ल्याएको निहुरो संकलन गरेर व्यापारीहरूले बाहिर पठाउने गरेको व्यापारी रामबाबु गुप्ता बताउँछन्।

 

निहुरोको व्यापार जंगल आसपासका धेरै मानिसहरूको जीविकोपार्जनको माध्यम बन्दै गएको बताइन्छ। मोरङ डागीहाटकी शान्ति घिमिरे भन्छिन् जहाँबाट आएर पनि टिपेर लान पाइन्छ। परिवारको चार पाँच जना आए नि भयो। यही निहुरो टिपेर धेरैको घर चलेको छ। बालबच्चा पढाएका छन्। हामी जस्तोले पनि सिजनमा महिनाको ६० हजार जति कमाउँछौँ।

 

कतिपय विद्यार्थीहरूले समेत बिहान, बेलुका र बिदाको समयमा निहुरो टिपेर आफ्नो पढाइ खर्च जुटाउने गरेको भेटिन्छन्। आम्दानीका हिसाबले निकै राम्रो देखिएको निहुरो स्वास्थ्यका हिसाबले पनि त्यतिकै गुणकारी रहेको पोषणविद्हरू बताउँछन्।

 

पौष्टिक तत्व
उनीहरूले निहुरोलाई पौष्टिकताले भरिपूर्ण भएको वनस्पतिका रूपमा चित्रण गरेका छन्। पोषणविदहरूका अनुसार निहुरोमा प्रोटिन, क्याल्सियम, भीटामिन एु लगायतका धेरै पौष्टिक तत्वहरू पाइन्छन्।

 

पोषणविद् डा. अरुणा उप्रेती भन्छिन् यसमा कोलेस्टेरोल अथवा बोसोजन्य पदार्थ पाइँदैन। त्यसैले वजन घटाउन चाहने मानिसहरूका लागि पनि निहुरो खानु उत्तम उपाय हो। भिटामिन एु लगायत विभिन्न सुक्ष्म पौष्टिक तत्वहरू पाइने भएकाले बच्चा र गर्भवती महिलाहरूलाई कुपोषणबाट बचाउन निहुरोले निकै मद्दत गर्छ।

 

त्यसैले बालबालिका र गर्भवती महिलाहरूका लागि भिटामिन क्याप्सुलको साटो निहुरोको सागजस्ता हरियो तरकारी खान र ख्वाउन सिफारिस गर्नुपर्ने उनको सुझाव छ। निहुरो जस्तै देखिने केही वनस्पति विषालु पनि हुने भएकाले राम्रोसँग चिनेर मात्र प्रयोग गर्न वनस्पतिविद्हरूले सल्लाह दिएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement