Advertisement
Advertisement
Advertisement
Advertisement

निर्मला हत्या प्रकरण : मामाको शंकास्पद भूमिका

  |      12:04:00   |  
निर्मला हत्या प्रकरण : मामाको शंकास्पद भूमिका

असोज १, कंचनपुर । साउन १२ गते निर्मलाको शव भेटिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारका आफन्त र सुरक्षा निकायका प्रमुखबीच छलफल चलिरहेको थियो । यथाशीघ्र दोषी पहिचान गरी कारबाही र पीडित परिवारलाई राहत दिने विषयमा छलफल भइरहेको थियो ।

 

भीमदत्तकै २ र १८ वडाबाट ५र५ लाख पीडित परिवारलाई राहतस्वरूप दिने विषयमा कुराकानी हुँदै गर्दा निर्मलाका मामा तीर्थ भण्डारी भित्र छिरे । ‘५र५ लाख दिएर मेरी भान्जीको अन्तिम संस्कार गर्ने को हो ?’ भण्डारीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी निर्मलाका दाइ लक्ष्मी पन्तले सुनाए, ‘यस्तो जघन्य अपराध भएको छ, बा–आमालाई नसोधीकनै सहमति गर्ने कोसिस हुँदै छ ।’ 

 

अन्य सहभागीले कुरा बुझेर मात्रै बोल्न भनेपछि उनी केही समय रोकिए । तत्कालीन एसपी डिल्लीराज विष्टले छलफलमा भएका सहमति र अन्य विषयमा जानकारी गराएपछि उनी शान्त भए । एकछिनपछि तिनै तीर्थराज निर्मलाका आमा–बुवासहित घरका सबैलाई लिएर जिल्ला प्रशासन कार्यालय पुगे र भोलिपल्ट बिहानै निर्मलाको दाहसंस्कार गर्ने मौखिक सहमति गरेर फर्किए ।

 

शव भेटिएको तेस्रो दिन बिहान प्रहरी–प्रशासनको दबाबमा निर्मलाको दाहसंस्कार गर्न तयारी सुरु भयो । महाकाली अञ्चल अस्पतालमा कपडासहित अन्य सामग्रीको व्यवस्था गरिँदै थियो । त्यहीबेला प्रदर्शनकारीले अस्पतालभित्र पसेर दाहसंस्कार नगर्न दबाब दिए । आमाबुबा पनि पोस्टमार्टम रिपोर्ट नआई छोरीको दाहसंस्कार नगर्ने निष्कर्षमा पुगेका थिए ।

 

त्यही बेला भण्डारी अघि सरे । म निर्मलाको मामा हुँ, दाहसंस्कार गर्न दिनुपर्छ, म नै दाहसंस्कार गर्छु भने,’ लक्ष्मीले सुनाए, ‘विरोधका बाबजुद उनी अगाडि आएपछि निर्मलाका आमाबुवा त्यहाँबाट निस्किए ।’ त्यही साँझ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका नेताहरूले दाहसंस्कारका लागि सबै पक्षसँग सहयोगको अपिल गर्ने सहमति गरे ।

 

तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी विष्ट, सशस्त्र प्रहरीका एसपी विनोदराज श्रेष्ठ र नेकपाका रणबहादुर महरा, नेपाली कांग्रेसका दिवाकर पाण्डेय र राजपाकी प्रेमवती राना छलफलमा सहभागी थिए । राति साढे १० बजे पीडित परिवार र स्थानीय प्रशासनबीच दाहसंस्कार गर्ने लिखित सहमति भएको लक्ष्मीले बताए । सहमतिमा तीर्थ भण्डारीको पनि हस्ताक्षर छ ।

 

त्यहाँ प्रदेशसभाका सदस्य प्रकाश रावल, प्रमुख जिल्ला अधिकारी खड्का, एसपी विष्ट, नेपाली सेनाका प्रतिनिधिसँगै भीमदत्त र बेदकोट नगरपालिकाका प्रमुखलगायत उपस्थित थिए । ‘साढे ६ बजे नै दाहसंस्कार गर्ने सहमति भएको हो,’ लक्ष्मीले भने, ‘त्यसैअनुसार दोस्रो दिन बिहानै दाहसंस्कार गरियो ।’

 

छलफलमा तत्कालीन एसपी विष्टले आन्दोलनका कारण अनुसन्धान गर्न गाह्रो भएकाले चौथो दिन पनि दाहसंस्कार नगरिए कफ्र्यु लगाएर दाहसंस्कार गराउने चेतावनी दिएको उनले बताए । निर्मलाका बुवा यज्ञराजले पनि प्रहरीले पटक–पटक दबाब र धम्की दिएको बताउँदै आएका छन् । उनले प्रहरीकै दबाबमा दाहसंस्कार भएको बताएका छन् । 

 

शव भेटिएको चौथो दिन निर्मलाको दाहसंस्कार गरिएपछि मामा तीर्थराज सम्पर्कमा छैनन् । उनी मलामी पनि गएनन् । त्यही बेलादेखि उनी सम्पर्कमा नहुँदा अनेक शंका–उपशंका उब्जिएका छन् । निर्मलाका बुवा यज्ञराजले पनि यही गुनासो गरिरहेका छन् । तीर्थ आफ्नै मामा भने होइनन् । निर्मलाका आफ्नै मामा केशव भने शव भेटिएकै दिनदेखि सँगै थिए । डोटीको बुडरमा बस्ने उनी दोस्रो दिन आएका हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement