Advertisement
Advertisement
Advertisement
Advertisement

धूमपान गर्ने अभिभावकका सन्तानलाई दीर्घकालीन असर

  |      11:59:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ७, काठमाडौं । एउटा अमेरिकी अनुसन्धानले धूमपान गर्ने अभिभावकसँगै हुर्किएका चुरोट नपिउने केटाकेटीहरूमा वयस्क भएपछि फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने जोखिम उच्च भएको जनाएको छ।

 

हरेक वर्ष प्रत्येक एक लाखको दरले धूमपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेका छन् र बाल्यकालमा हुने ुप्यासिभ स्मोकिङ अर्थात् चुरोट पिउने मानिसहरूको वरपर रहेर हुर्किएमा त्यसले सो सङ्ख्यामा थप सात जनाको मृत्युु पनि थपिदिने अनुसन्धानकर्ताहरू बताउँछन्। अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९०० चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनको नेतृत्व गरेको थियो।

 

धूमपान परित्याग
विज्ञहरू भन्छन् बालबालिकालाई जोगाउने सबैभन्दा उत्तम तरिका भनेको धूमपान गर्न छोड्नु हो। वयस्क अवस्थामा धूमपान गर्नेसँग बसेका मानिसहरूमा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि देखिएको सो अध्ययनले पत्ता लगाएको छ।

 

प्रत्येक हप्ता १० वा त्योभन्दा धेरै घण्टा चुरोटको धुवाँको सम्पर्कमा आएमा त्यसले इस्कीमिक मुटुरोग का कारण ज्यान जाने जोखिम २७ प्रतिशतले बढ्छ। इस्कीमिक मुटुरोग लाग्दा मुटुको धमनी साँघुरो भई रगत वा अक्सिजन कम प्रवाह हुनसक्ने अवस्था बन्छ।

 

त्यस्तै चुरोट नपिउनेभन्दा चुरोट पिउनेहरूमाझ हुर्किएका वयस्कमा मस्तिष्काघातका कारण २७ प्रतिशत तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४२ प्रतिशत रहेको उक्त अध्ध्यनले देखाएको छ। उक्त अध्ययन अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित भएको छ।

 

अध्ययनका क्रममा सहभागीहरूलाई उनीहरू आजीवन चुरोटको धुवाँको कत्तिको सम्पर्कमा रहे भनेर प्रश्न गरिएको थियो र त्यसपछि अर्को २२ वर्षसम्म उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको थियो।

 

एक्शन अन स्मोकिङ एन्ड हेल्थ नामक अभियान समूहकी हेजल चिज्म्यानले भनिन्, बालबालिकालाई जोगाउन उनीहरूको सम्पर्कभन्दा बाहिर रहेर चुरोट पिउनु पर्ने पछिल्लो अ‍ध्ययनले देखाएको छ। सबैभन्दा सही तरिका भनेको आमाबाबुले चुरोट पिउन नै छाड्नु हो।

 

आजीवन जोखिम
ब्रिटिश लङ फाउन्डेशनका स्वास्थ्य सल्लाहकार डाक्टर निक हप्किन्सनले ुप्यासिभ स्मोकिङ को गम्भीर असर बाल्यकालपछि पनि हुने बताए। चुरोट पिउने आमाबाबुका छोराछोरी दम तथा फोक्सो राम्रोसँग विकास नहुने समस्याको जोखिममा हुन्छन्।

 

सो अध्ययनले बाल्यकालमा चुरोटको धुवाँको सम्पर्कमा रहे त्यसको असर वयस्क अवस्थासम्म रहने र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्ने देखाएको छ।

 

सो अनुसन्धानका एक लेखक डाक्टर रायन डाइभरले भने, प्यासिभ स्मोकिङसँग बाल्यकालमा हुने सम्पर्क तथा अधबैँसे अवस्था र त्यसपछि कडा खालको फोक्सोसम्बन्धी रोगका कारण मृत्यु हुने सम्बन्ध देखाउने यो पहिलो अध्ययन हो। उनले भने, हाम्रो खोजले जीवनभर प्यासिभ स्मोकिङसँग हुने सम्पर्क घटाउन थप प्रमाण दिन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement