Advertisement
Advertisement
Advertisement
Advertisement

दिनको एक खिल्ली चुरोट पनि घातक

  |      12:24:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ८, काठमाडौं । ब्रिटेनका वैज्ञानिकहरूले भनेका छन्, चुरोटको मात्रा घटाएर धुमपानका कारण स्वास्थ्यमा पर्ने हानि कम गर्न सकिदैन त्यही भएर पूर्ण रुपमा चुरोट सेवन रोक्न जरूरी छ।

अनुसन्धानकर्ताहरूका अनुसार दिनको २० खिल्ली चुरोट सेवन गर्ने मानिसले एक खिल्ली मात्र चुरोट पिउँदासमेत स्वास्थ्यमा उल्लेखनीय जोखिम रहने गर्छ।

उनीहरूका अनुसार चुरोट सेवन पूर्ण रुपमा नगर्दा पुरूषको हकमा मुटुको रोग वा मस्तिष्कघातको जोखिम आधा हुन्छ भने महिलाको हकमा दुई तिहाइले कम हन्छ। उनीहरू भन्छन् :  चुरोट सेवन रोक्दा फोक्सोको क्यान्सरको जोखिम पनि नाटकीय रूपमा कम हुन्छ।

असर
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उनीहरूका लेखका अनुसार एकदमै न्यून मात्रामा भए पनि सुर्तीको धुँवाले मुटु, फोक्सो र रक्तनलिका कामहरूलाई असर गर्नसक्छ।

दिनको एक खिल्लीमात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिसभन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरू बताउँछन्।

१४१ वटा अध्ययनको विश्लेषणले दिनको २० खिल्ली चुरोट पिउने बानी भएका १०० जना मध्यम उमेर भएका व्यक्तिमध्ये ७ जनालाई हृदयाघात वा पक्षघात हुनसक्ने देखाएको छ। तर यदि मात्रा घटाएर दिनको एउटा मात्र चुरोट सेवन गर्ने हो भने पनि ३ जनालाई हृदयाघात हुने उक्त अध्ययनले संकेत गरेको छ।

सुरक्षा
उनीहरूका अनुसार पछिल्लो अध्ययनले धुमपानको सुरक्षित मात्रा नरहेको देखाएको छ। तर एक जना विज्ञले चाहिँ चुरोट सेवनको मात्रा घटाउँदै जाने मानिसहरूले पूर्ण रुपमा धुमपान त्याग्न सक्ने उल्लेख गरेका छन्।

वैज्ञानिकहरूका अनुसार धुमपानका कारण हुने ४८ प्रतिशत अल्पायुको मृत्यु क्यान्सर नभइ मुटु सम्बन्धी रोगहरूका कारण हुने गर्छ। अनुसन्धानकर्ताहरूका अनुसार संयुक्त अधिराज्यमा चुरोट पिउने मानिसहरूको संख्या घटिरहेको छ तर दिनको एक खिल्लीदेखि पाँच खिल्ली सम्म चुरोट सेवन गर्ने मानिसहरूको अनुपात द्रुत गतिमा बढिरहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement