Advertisement
Advertisement
Advertisement
Advertisement

छोरीहरुको सुरक्षा
जबसम्म बलात्कारीलाई कडा सजाय दिन सकिँंदैन, तबसम्म हाम्रा कलिला नानीहरूदेखि आमा, हजुरआमाहरूको अस्मिता संकटमा परिरहन्छ ।

वेब तस्विर
वेब तस्विर

झमक घिमिरे

भाद्र २०, काठमाडौं  ।  'आँखा हुन् छोरीहरू तिनै आँखाबाट म संसार नियाल्ने गर्छु दुई बलिया पखेटा हुन् मेरा तिनकै बलमा म जगत्‌को विचरण गर्छु । 'कवि सुलोचना मानन्धरले भनेझैं छोरीहरू सबैका आँखा भइदिए कति जाती हुन्थ्यो, सबैका पखेटा भइदिए कति वेश हुन्थ्यो ।

 

तर यहाँ छोरीहरूलाई फुल्नै नपाई बलात्कार गर्ने ब्वाँसाहरूको बिगबिगी छ । छोरीहरू दिनदिनै अकालमै मारिने क्रम बढेको छ । यौनपिपासुले नाबालिकादेखि वृद्धा आमालाई समेत छाडेका छैनन् । स्त्री जातिलाई सधैं भोगको रूपमा परिभाषित गरियो, त्यही रूपमा संस्कारमा बुझियो र बुझाइयो ।

 

महिला भएर जन्मिनु एक अर्थमा अभिशापजस्तै बनाइएको छ । हाम्रो मानसिकतामा थोरै फेरबदल आए पनि पुरानै सोचविचारले हामी ग्रस्त छौं । छोरा जन्मिए हर्षित हुन्छौं, छोरी जन्मिए बाहिर अनुहारमा नदेखाए पनि भित्र मनको एक कुनामा खल्लोपनको आभास गरिरहेका हुन्छौं । आखिर किन ?

 

हाम्रो आफ्नै मानसिकतामा परिवर्तन गर्नु आवश्यक छ । सन्तान जुन लिंग जन्मे पनि प्रसव वेदना उस्तै हुन्छ, समय उत्तिकै लाग्छ, हुर्काइमा उत्तिकै समय खर्चनुपर्छ । अनि किन भेद गरिरहेका छौं, हामी ? सन्तान जन्माउनु मात्र ठूलो कुरा होइन, उसको हुर्काइ कस्तो वातावरणमा भएको छ, त्यही अनुसार उसको चेतना यावत कुरा विकसित हुँदै जाने हो ।

 

छोरा र छोरी या अन्य लिंग लिएर जन्मिँदैमा आफैंमा नराम्रो हुँदैन । नराम्रो त अभिभावकत्वको मानसिकतामा छ । केहीलाई छाडेर अधिकांश अभिभावकको मनमा के हुन्छ भने सन्तानभन्दा छोराको चाह बढी हुन्छ, यो मानसिकता हाम्रो समाज, देशमा मात्र होइन, विकसित समाज र देशमा पनि रहेको पाइन्छ ।

 

किनभने भौतिक रूपमा जतिसुकै विकासको चरम चुली उक्लिए पनि मानिसको सोच र विचारमा अझै भेदमुक्त समाजको परिकल्पना गर्न सकिएको छैन भन्ने कुराको प्रमाण बेलायतको राजपरिवारभित्र छोराले विवाह गरेकी बुहारीले पालना गर्नुपर्ने नियमले स्पष्ट पारेको छ । यहाँसम्म कि बुहारीले आफूले लाउने वस्त्रहरू पनि राजदरबारबाट तोकिएको मात्र लगाउनुपर्ने आफूलाई मनपरेका वस्त्रहरू लाउन नपाउने नियम लादिएको छ । त्यसको ठाउँमा कुनै पुरुष हुन्थ्यो भने उसलाई पनि यस्ता खालका नियमहरू लाइन्थ्यो त ?

 

विश्व समुदायको मानसिकता हेर्दा पुरुषप्रधान सोचविचारमै चलेको देखिन्छ । यसले पनि के देखाउँछ भने सारा विश्व एक लिंगीय परम्परा, सोच र विचारमै चलेको स्पष्ट हुन्छ । यस सन्दर्भमा हेर्दा नेपालजस्तो अल्पविकसित मुलुकमा स्त्री जातिको समग्र अवस्था मूल्यांकन गर्दा दयनीय नै छ ।

 

यस्तो अवस्थामाथि छोरीहरू जबर्जस्ती बलात्कृत हुने, अपहरित हुने, उनीहरूको चरित्रमाथि प्रश्न उठ्ने र दाग लाग्ने घटना दिनदिनै भइरहेका छन् । यी घटना आम मानिसका लागि सामान्य बन्दै गइरहेका छन् । वर्तमान सरकारले यस्ता घटनाका दोषीहरूलाई निष्पक्ष छानबिन गरेर कारबाही गर्छु भने पनि दोषीहरूले आम जनताले चाहेजस्तो खोइ के कारणले सजाय पाइरहेका छैनन् ।

 

जबसम्म सबै उमेरका स्त्री जातिलाई जबर्जस्ती बलात्कार गर्नेहरूलाई कडा सजाय दिन सकिँंदैन, तबसम्म हाम्रा कलिला नानीहरूदेखि आमा, हजुरआमाहरूको समेत अस्मिता संकटमा परिरहन्छ र यस्ता यौनपिपासुहरूको यौनभोक मेट्ने साधन बनिरहन्छन् । हाम्रा कलिला शिशुहरूदेखि आमा, हजुरआमाहरू यिनको सुरक्षाका लागि सरकारदेखि सडकसम्म आवाज पनि नउठेका होइनन् ।

 

यी उठेका आवाजको सम्मान गर्न सबै तहतप्काका चेतनशील मानिस एक हुन आवश्यक छ र यस्ता अपराधीहरूलाई दण्डित गर्न सामाजिक तहबाट पनि पहल गर्नु आवश्यक छ । तब त्यस्ता घटना न्यून हुन्छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement