Advertisement
Advertisement
Advertisement
Advertisement

छोरालाई नैतिक शिक्षा

वेब तस्विर
वेब तस्विर

रामेश्वरी पन्त

भाद्र २२, काठमाडौं । बिहान सखारैदेखि रातिसम्म रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले पस्कने खबरले गर्दा लाग्छ, पुरै देश बलात्कारमय छ । अनि छोरीको मात्र होइन, आफ्नै पनि असुरक्षाको भाव मनमा आउँछ । र पाइला–पाइला त्रसित बन्न पुग्छन् । कसरी जोगिने बलात्कारीबाट ? को हुन्, उनीहरू ? कस्ता छन् रु ?अहा बलात्कारीको हुलिया ‘स्केच’ बनाउनै सक्दैन दिमागले । बनाओस् पनि कसरी ? कस–कसको स्केच बनाओस् ? कतै बाबु, कतै हजुरबाबु, कतै साथी, कतै प्रेमी, कतै काका, कतै दाजु, कतै शिक्षक, कतै सुरक्षाकर्मी । सबै–सबै बलात्कारका खबरभित्र अटाएका देखिन्छन् ।

 

पौराणिक कथामा जब राक्षसले दुख दिएको प्रसंग आउँछ, दिमागमा एक किसिमको राक्षसी स्केच बन्छ– देख्दै डरलाग्दो, कुरूप, लामा–लामा दाह्रा निस्केको । राक्षसको हुलिया कथामै लेखिएको पाइन्छ । तर आजका बलात्कारी राक्षसको हुलिया कसैले कोर्न सकेको छैन । केवल छोरीहरूलाई उपदेश दिइन्छ, सावधान गराइन्छ– बलात्कारीबाट जोगिऊ , जोगिने त जोगिने तर को–कोसँग र कसरी ?

 

यसले सबै पुरुषजतिलाई बलात्कारीको आरोप लाग्न सक्छ । त्यसो भन्न खोजेको होइन । तर कुन र कस्तो पुरुष बलात्कारी हुन्छ ? छुट्याउने मानक के हो ? आखिर बलात्कार हुने पुरुषबाटै हो । अपवाद अलग्गै होला । डेढ महिना बित्नलाग्दा पनि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको अपराधी पत्ता लाग्नसकेको छैन ।

 

बलात्कारीको शक्तिले राज्यशक्तिलाई कसरी कमजोर पार्न सक्दोरहेछ त भन्ने उदाहरण हो, यो अपराध । सरकारले पटक–पटक गरेर अनुसन्धान टोली खटाएको खटायै छ, तर बलात्कारी फेला पर्दैन । कहाँ गयो ऊ, नेपाल प्रहरीले पत्ता लगाउन नसक्नेगरी ।

 

हालै वडा प्रहरी कार्यालय विराटनगरले ‘छोरीचेलीहरूका लागि’ भन्दै बनाएको एउटा ‘संहिता’ सामाजिक सञ्जालमा भाइरल भयो । जसमा छोरीलाई बलात्कारबाट जोगिन ‘यो–यो गर’ भनेर ११ बुँदे निर्देशन, उपदेश वा सल्लाह दिइएको रहेछ ।

 

उल्लेखित बुँदाहरू आफैमा गलत होइनन् होला । तर किन आलोच्य भए भन्नेमा सम्बन्धित पक्षको ध्यान जानु आवश्यक देखिन्छ । बलात्कारका घटना हुनुमा कतै सामाजिक सञ्जालको दुरुपयोग भएको हुनसक्ला, अपरिचितसँगको आत्मीयता पनि जिम्मेवार हुनसक्ला । तर अहिलेका घटना र तिनका प्रकृति हेर्दा यस्ता कुरा हास्यास्पद लाग्छन् । दुधे नानीदेखि हजुरआमा उमेरका महिला दिनहुँजसो बलात्कृत भएका खबर आइरहेका छन् ।

 

यिनीहरूमाथि आक्रमण हुनुमा फेसबुक चलाउने महिला,किशोरी र युवती कति जिम्मेवार होलान् ? अथवा कुनै युवतीको भड्किलो पहिरनले बलात्कारीलाई दुधेनानी झम्टन प्रेरित गर्छ होला ?

 

अर्को– बाबुआमा, परिवार र कूलको इज्जत थाम्न छोरीले ‘ममाथि बलात्कार हुन्छ कि ?’ भन्दै सधैं सजग र त्रसित बनेर हिँड्नुपर्ने हो ? खै समाजमा छोराजस्तै निस्फिक्री हिँड्न पाउने छोरीको अधिकार ? सधैं र सबैतिरबाट उपदेशका खात किन छोरीका लागिमात्रै ? के छोराका लागि उपदेश आवश्यक पर्दैन ? परिवार र समाजले छोरालाई नैतिक शिक्षा, नैतिक मूल्य र मान्यताका कुरा सिकाउनु पर्दैन ? बाहिर हिंँड्दा कुनै छोरीचेलीमाथि कुकर्म नगर्नु भनेर सिकाउनु पर्दैन ?

 

समाज अझै ‘छोरामुखी’ छ । जब कुनै ‘छोरा’ले बलात्कार गर्छ, परिवार, आफन्त र समाज नै उसको संरक्षण गर्न धन र शक्ति दुबै प्रयोग गर्न लागिपर्छन् । सुरक्षाकर्मी, न्यायकर्मी र राजनीतिकर्मी सबै उसलाई जोगाउन लाग्छन् ।

 

कानुनको के कुरा, बलात्कारी पक्राउ परेर प्रमाणित भए पो प्रचलित कानुनले दण्डित गर्ने हो , यहाँ त सामुहिक बलात्कारका पीडितले किटानी जाहेरी दिँदा पनि पक्राउ परेको व्यक्ति ‘प्रमाण नपुगेर’ न्यायालयबाट रिहा हुन्छ । बलात्कारीको न इज्जत जान्छ, न चरित्र । बरु ‘बलात्कृत छोरीचेलीका कारण परिवारको इज्जतमा दाग लागेको’ मानिन्छ र उनीहरू विस्थापित हुन बाध्य हुन्छन् । सामाजिक सोचले कानुन र न्याय प्रभावित पार्ने भएकोले समाज बदल्न सक्यो भने छोरीले बेहोर्ने असुरक्षा कम हुन्छ ।

 

भर्खरै राष्ट्रपतिबाट पदक ग्रहण गर्नेहरूमध्ये बलात्कारीसँग मिलेमतो गरी घटना लुकाउन सहयोग गरेको आरोप लागेका प्रहरी अधिकारी पनि देखेपछि सरकारको सर्वत्र आलोचना भएको छ । स्वयम् राष्ट्रपतिको पनि आलोचना भएको सुनिन्छ ।

 

निर्मलाहरू जस्ता ‘कोपिला–जिन्दगी’ निमोठिइरहेको अवस्थामा ‘बलात्कारीको संरक्षक’ भनिएकालाई कसरी पदक रु यस्ता विवादित र भ्रष्टहरूको पदक खोसिन वा रद्ध गर्न नमिल्ने भए पूर्व मुख्य सचिवको पदक किन खोसियो होला रु यसबाट प्रस्टै देखिन्छ– सरकार बलात्कारका जघन्य घटनाप्रति संवेदनशील छैन । बलात्कारीलाई सुरक्षाकर्मीले र उनीहरूलाई राज्यले संरक्षण र सम्मान दिने चरित्रकै कारण आज बलात्कारीको मनोबल बढिरहेको छ ।

 

समाजले दिन–प्रतिदिन नैतिक मूल्य र मान्यता गुमाउँदै गइरहेको छ । कलिला नानीहरूको बलात्कार र हत्याका घटना हेर्दा न्यूनतम मानवीय संवेदना पनि जीवित नरहेको भान हुन्छ । आज कुनै आमा छोरी स्कुल–कलेज पठाएर ढुक्कसँग घर बस्न सक्दिन । आफू घर बाहिर जाँदा सानी छोरीलाई कसैको जिम्मा लगाएर हिँड्न सक्दिन ।

 

कसैसँग विश्वस्त हुन सक्दिन ऊ । कसरी विश्वस्त हुने ? न कानुनले अपराधीलाई कठोर दण्ड दिएको देखिन्छ न समाजले । उस्तै परे परिवारले नै बलात्कारी हजुरबाबु र बाबुलाई संरक्षण गर्छ र छोरी–नातिनीलाई घर निकाला गर्छ ।

 

आज कोपिलामै निमोठिएका निर्मला र पुष्पाहरूको अवस्था देखेर भोलिका आमाहरूमा निराशा छाएको छ । उनीहरू भन्ने गर्छन्, ‘छोरी किन जन्माउने ? बलात्कृत भएर मार्न ?’ यसै त हाम्रो समाजमा कैयौं छोरी गर्भमै मारिन्छन्, त्यसमाथि पनि यस्तो निराशा † छोरी नै नजन्मिए सृष्टि कसरी चल्ला ?

 

छोराहरूलाई नैतिकवान र चरित्रवान बनाउन नसकिए फेरि पनि जन्मिनेचाहिँ बलात्कारी नै हो । त्यसैले अब हरेक आमाबाबुले उपदेश छोरीलाई होइन, छोरालाई दिनु आवश्यक छ । हरेकले आफ्ना छोरा कहाँ जान्छन् ? के गर्छन् ? कस्ताको संगत गर्छन् ? भनेर चिन्ता र चासो राख्नु आवश्यक छ । छोरीको मात्र होइन, छोराको निगरानी पनि गर्नु जरुरी छ ।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement