Advertisement
Advertisement
Advertisement
Advertisement

किन बढ्दैछ सूचनाप्रविधि शिक्षामा महिलाको आकर्षण ?

  |      11:19:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २५, काठमाडौं । अध्ययनपछि सहजै आकर्षक कमाइ हुने जागिर पाइने र घरमै बसिबसी काम गर्न समेत सकिने भएकाले सूचना तथा प्रविधि आईटी शिक्षातर्फ महिलाहरूको आकर्षण बढेको प्रविधि क्षेत्रमा कार्यरत महिलाहरूले बताएका छन्।

 

विशेष रूपमा युवा पुस्ताका महिलामा सूचना प्रविधि शिक्षाप्रति आकर्षण बढेको उनीहरूको अनुभव छ। यसले प्राविधिक क्षेत्रमा महिलाको पहुँचलाई थप विस्तार गर्ने र आत्मनिर्भर बनाउने उनीहरू बताउँछन्।

 

कमाइ र जागिरका हिसाबले अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने भएकाले पुरुष र महिला दुवैखाले युवा पुस्ताको आकर्षण निक्कै बढेको बताइन्छ।

 

जनशक्ति
सूचना प्रविधि क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका आँकडालाई मान्ने हो भने नेपालमा हाल सूचनाप्रविधि क्षेत्रमा वार्षिक तीनदेखि पाँच हजार जनासम्म दक्ष जनशक्ति उत्पादन भइरहेको छ। दशक अघिसम्म यस्तो जनशक्तिमा महिलाको सङ्ख्या एकदमै कम हुने गरेकामा अहिले भने उल्लेख्य वृद्धि भएको ती संस्थाहरूले जनाएका छन्।

 

सूचनाप्रविधि क्षेत्रको दक्ष जनशक्तिमध्येमा महिलाको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क भने न सरकारी निकायसँग छ, न त अन्य कुनै सङ्घसंस्थासँग। तर प्राविधिक शिक्षालयहरूमा बढेको महिलाको उपस्थितिले सूचनाप्रविधि क्षेत्रमा महिलाको आकर्षण बढेको पुष्टि गर्ने कम्प्युटर एसोसिएशन अफ नेपाल महासंघ क्यान की उपाध्यक्ष सुनैना घिमिरे पाण्डे बताउँछिन्।

 

वृद्धि
पहिले भन्दा सूचनाप्रविधिमा महिलाको आकर्षण अलि बढेको देखिन्छ। यो ज्ञानमा आधारित उद्योग भएको र जुनसुकै ठाँउबाट पनि काम गर्न मिल्ने भएकाले पढाइमा र व्यापार व्यवसायमा पनि विस्तारै महिलाको सङ्ख्या बढ्न थालेको हो, उनले भनिन्।
यसले प्राविधिक शिक्षामा महिलाको पहुँचलाई थप विस्तार गर्ने उनको तर्क छ।

 

सूचना तथा प्रविधिसम्बन्धी संस्थाहरूका अनुसार नेपालमा उत्पादित दक्ष जनशक्तिमध्ये ३० देखि ४० प्रतिशत विदेशिने गरेका छन्। नेपालमै रहेर काम गर्न चाहनेले भने मासिक ५० हजारदेखि तीन(चार लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने जानकारहरू बताउँछन्। तर कतिपय महिला भने सूचना तथा प्रविधि शिक्षा लिए पनि सहज रूपमा रोजगारी पाउन सकिने अवस्था भने नभएको बताउँछन्।

 

जागिर
तत्कालै जागिर पाइने तथा राम्रो आम्दानी हुने भएकाले सूचनाप्रविधि क्षेत्रलाई रोजेपनि आकर्षक जागिर पाउन भने सहज नभएको काठमाण्डैं स्थित एक कलेजमा कम्प्युटर विषयमा स्नातकोत्तर गर्दै गरेकी छात्रा निशु सिंहले बताइन्। उनले भनिन्, पढेर मात्र त भएन सहजै जागिर पाउने वातावरण भएचाहिँ महिलाको आकर्षण अझै बढ्छ ।

 

विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने नेपाली महिलाको सङ्ख्या न्यून रहेको एशियाली प्राज्ञिक तथा विज्ञान समाज सङ्घ नामक एक संस्थाले तीन वर्षअघि गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सो अध्ययन अनुसार नेपालको विज्ञान तथा प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिमध्ये १६ प्रतिशत मात्र महिला छन्।

 

प्रोत्साहन
नेपाली वैज्ञानिक महिलाहरूको सञ्जाल विज्ञान प्रविधिमा महिला की उपाध्यक्ष सन्ध्या कर्माचार्य सूचनाप्रविधिसहित अन्य प्राविधिक क्षेत्रमा महिला सहभागिता बढाउन सरकारले थप काम गर्न आवश्यक रहेको बताउँछिन्। उनी भन्छिन्, कुन कुन क्षेत्रमा महिलाको कमी छ भन्ने हेरेर त्यसमा महिला सहभागी भए यस्तो फाइदा छ भनेर प्रचारप्रसार भएदेखि हुन्छ।

 

सरकारी अधिकारीहरू भने पछिल्ला वर्षहरूमा अन्यका साथै प्राविधिक शिक्षामा पनि महिलालाई प्रोत्साहन गर्ने नीति लिइएको बताउँछन्।

 

प्राविधिक जनशक्तिका लागि पनि सरकारी जागिरमा महिलाका लागि आरक्षण दिइएकाले रोजगारीको चिन्ता गर्नुपर्ने अवस्था नरहेको सरकारी अधिकारीहरूको दाबी रहने गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement