Advertisement
Advertisement
Advertisement
Advertisement

आत्मरक्षा सिक्दै किशोरी

  |      14:14:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ४, नवलपरासी । बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको हो ।

 

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाउने गरिएको छ । 

 

सरकारी सहकार्यमा सञ्चालित पहुँच कार्यक्रमअन्तर्गत नवलपरासीका बाल क्लब प्रतिनिधि र युवा क्लबमा आबद्ध किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो । तालिम लिइसकेका किशोरीले अहिले गाउँघरमा अभियान नै चलाएका छन् । उनीहरूलाई गल्र्स किकका अध्यक्ष नीरज न्यौपानेसहितको विज्ञ टोलीले प्रशिक्षण दिएको छ । 

 

तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको छ । धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको न्यौपानेले बताए ।

 

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको उनले जनाए । तालिममा सहभागी किशोरीले आफ्नो विद्यालय, कलेज, क्लब तथा समुदायमा गएर आ–आफ्नो क्षेत्रका बालिका, किशोरी तथा महिलालाई प्रशिक्षण दिने गरेका छन् ।

 

रामग्राम नगरपालिका–१ की २२ वर्षीया रेनुका चौधरी दुई पटक आत्मरक्षा तालिममा सहभागी भइन् । महिला हिंसा नबुझेकी उनी अहिले अभिभावकलाई महिला हिंसा, किशोरी सुरक्षा र मनोवैज्ञानिक परामर्श दिन सक्ने भएकी छन् । उनीसहित १५ जनाले किशोरी आत्मरक्षा समूह नै गठन गरेका छन् ।

 

उनीहरूले बलात्कारबाट कसरी बच्न सकिन्छ, प्रतिरोध कसरी गर्ने र यो जघन्य अपराध हो भन्ने गाउँ–गाउँमा बुझाइरहेका छन् । आफ्नो समूहले यस्ता अमानवीय कार्य कसैले पनि गर्नु हँ‘दैन भन्ने सन्देश दिइरहेको रेनुले बताइन् । ‘पहिलेपहिले एक्लै हिँडदा कसैले दुव्र्यवहार गर्छ कि भन्ने डर लाग्थ्यो, प्रतिरोध गर्ने आत्मविश्वास थिएन,’ उनले भनिन्, ‘अहिले यस्ता घटना रोक्न समाजमा कस्तो सचेतना फैलाउनुपर्छ भन्ने जानकारी भएको छ ।’ कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइरहेको उनले बताइन् ।

 

उनीजस्तै यस क्षेत्रका किशोरीले अभिभावक, महिला अधिकारकर्मी र पुरुषको सहायतामा बलात्कार र महिला हिंसाविरुद्ध अभियान चलाउनुका साथै शारीरिक प्रशिक्षणसमेत दिइरहेका छन् । बालअधिकार र युवा सचेतना अभियानकर्ता दीपक शर्माले किशोरीको अभियान प्रभावकारी भएको बताए । विभिन्न संघसंस्था, सुरक्षा निकाय र स्थानीय सरकारले पनि यस अभियानलाई साथ दिएका कारण स्थानीयमा सचेतना फैलिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement