साउन ७, काठमाडौं । मौसम जुनसुकै होस आधुनिक महिलाहरु बिना मेकअप घर बाहिर निस्कन चाहादैनन् । चाहे मौसम चिसिएको होस वा तातो । मौसम अनुसारको मेकअपमा सजिएर हिन्न उनीहरु कुनै कसर छाडेदैनन् । समरमा गरिने मेकअप प्रोडक्टहरु अलिक तैलिय क्षमता कम भएका हुन्छन् भने झरीमा गरिने मेकअप प्रोडक्टहरु वाटर प्रुफ हुन्छन् । यसकारण, झरीको बेला मेकअप गर्दा मेकअप नबग्ने गरि सौन्दर्य प्रशाधनको प्रयोग गर्नुपर्छ । यस्का साथै झरीको बेला मौसम अलिक अध्यारोे हुन्छ, यसकारण लाइट मेकअप भन्दा पनि ह्याभि नै गरेको राम्रो ।
सरल मेकअप आइडिया
►कतै जानु अगाडी अनुहार राम्ररी अनुहार धुनुपर्छ । यदि अनुहार चिल्लो छ भने सोही अनुरुपको फेसवासले धुने । स्किन सुख्खा छ भने छाला चिल्लो बनाउने फेसवास प्रयोग गर्ने ।
►मौसम झरीको होस वा गर्मीको सदैव सन प्रोटेक्सन क्रिमको प्रयोग गर्ने । आफ्नो अनुहारको छालालाई म्याच हुने क्रिम बाहेक अन्य सुनेको भरमा कुनै पनि सनब्लक अर्थात सन्सक्रिम प्रयोग नगरेको राम्रो । यस्ले छालालाई असर गर्नुका साथै अनुहारको चमक नै गायव गरिदिन्छ ।
►बजारमा विभिन्न किसिमका कस्मेटिक उत्पादन पाइन्छन् । ब्रान्डेड, नन–ब्रान्डेड जुन भएपनि आफ्नो स्किन टोन अनुरुपको सौन्दर्य प्रशाधन छनोट गर्ने ।
►सामान्यत हामी महिला मेकअप बारे थोर बहुत जानकार नै हुन्छौ । चाहे त्यो मेकअप क्याजुअल लुक्सका लागि होस वा प्रोफेसनल । यसैगरी, सौन्दर्यविज्ञहरुसँँग सकेसम्म मेकअपका बारेमा जानकारी लिनुपर्छ । कहिले काँहि मेकअपका कारण आफ्नो व्यक्तित्वमा ठूलो असर पुगेको हामीलाई थाहा हुदैन् ।
►अधिकांश महिलाहरु व्युटीपार्लर जाने र त्यहाँको सेवा लिने गर्छन् । तर आफ्नै किचनमा सौन्दर्यलाई निखार्न सहयोग पुर्याउने कुराको हेक्का नराख्नाले गर्दा सौन्दर्यमा कमि आउँछ । किनभने हाम्रो भान्सामा भएका तरकारी, फलफुलको प्रयोगले सौन्दर्य निखार्न महत्पपूर्ण भूमिका खेल्छ । जस्तो, टमाटरले अनुहारको मसाज गर्ने हो भने अनुहार निकै चम्किलो हुन्छ । यसबाट अनुहारको छालालाई चाहिने पोषण प्राप्त गर्न सकिन्छ ।
►दैनिक मानिसको शरीरका लागि चाहिने पानीको मात्रामा ध्यान दिने हो भने पनि सौन्दर्यमा निखार आउँछ ।
व्युटीसियन सोनु श्रेष्ठ
आयना व्युटीपालर एण्ड ट्रेनिङ सेन्टर
नयाँ बानेश्वर, काठमाडौं