Advertisement
Advertisement
Advertisement
Advertisement

'द स्टाइल जोन'मा हेयर तथा नेल डिजाइन गर्दा अफरै अफर
संचालक निलम मिश्र भन्छिन् - "धेरैले प्रचार गरे जस्तो सेवा दिँदैनन्, तर द स्टाइल जोनले भने अनुसारको सेवा दिइरहेको छ "

  |      16:49:00   |  
'द स्टाइल जोन'मा हेयर तथा नेल डिजाइन गर्दा अफरै अफर
असोज ४, काठमाडौं । केहि महिना अगाडीदेखि सञ्चालनमा आएको काठमाडौंको चावहिलस्थित गणेश मन्दिरको पछाडी २ सय मिटरमा पर्ने क्लिन्टन स्कुलको अपोजिटमा अवस्थित 'द स्टाइल जोन' पछिल्लो समय उक्त क्षेत्रका लागि महिला र पुरुष सबैका लागि नयाँ र आकर्षणको केन्द्र बनेको छ । राजधानीमा यस्ता पार्लर तथा मेकअप स्टुडियोहरुको संख्या धेरै नै छन्, तर द स्टाइल जोन आफ्नो छुट्टै आयमका साथ सुरु भएको पार्लर हो । कतिपय यस्ता पार्लरमा ग्रहाकले तिरेको मूल्य भन्दा फरक किसिमको सेवा दिने गरेका थुप्रै अनुभवले आफूलाई निरास बनाएको र यस्ता कुराहरुबाट आफूले ग्रहाकलाई राम्रो र भरपर्दाे सेवा दिन सक्छु भन्ने सोच लिएर द स्टाइल जोन सुरु गरेको  संचालक निलम मिश्र बताउँछिन् । बैंकिङ क्षेत्रको राम्रो अनुभव भएकी मिश्र यो क्षेत्रका लागि नयाँ भएपनि अनुभवी तथा दक्ष जनशक्ति राखेर सेवा प्रदान गरिरहेकी छिन् । नेप्लिज वमुन डटकममा  उनले आफ्नो व्यवसायिक दैनिकका बारेमा कुरा गरेकी छिन् ।  
 
द स्टाइल जोनले विशेष के–के सेवा दिन्छ ?
हाम्रो सर्भिस लेडिज जेन्स सबैका लागि छ । हेयर कलर, केराटिन, जेन्सको लागि फेसियल, हेयर कटिङ्ग छ । लेडिजका लागि फेसियल, नेल आर्ट, ओयल मसाज लगायत अन्य सेवा दिइरहेका छौ । सौन्दर्यप्रति सचेत ग्रहाकको आवस्यक्ता र माग बमोजिमका कुनैपनि सेवा हामी दिइरहेका छौ, दिन सक्छौं । साथै हामीले सबै खाले सर्भिसमा २५ प्रतिशतसम्मको अफर दिएका छौं । 
 
अहिलेको मार्केट अलिक असहज र धान्न नसकिने अवस्थामा पुगेको छ तर तपाइले के उद्देश्यले खोल्नु भएको हो?
यहि कन्सेप्टमा पहिलादेखि नै हामीले केहिनकेहि काम गरिरहेका थियौ । हामीसँग आफ्नै क्लाइन्ट पनि हुनुहुन्छ । यी सबै कुरालाई मध्येनजर गरेर र हामीप्रति ग्रहाकको विस्वास कायम भएको देखेर पनि अलिक फरक ढंगले जानुपर्छ भन्ने सोचले द स्टाइल जोन सुरु गरेको हो ।
 
बैकिङ क्षेत्रको ज्ञान भएकी महिला किन यो क्षेत्रमा आउनुभयो ?
बैंकिङ क्षेत्रमा थिए, तर जागिर भन्दा व्यवसायमा राम्रो हुन्छ भन्ने पहिलादेखि नै सोच नआएको हैन । बेलैमा यो सोचलाई कार्यनवयन गर्नुपर्छ भन्ने सोचले द स्टाइल जोन सुरु गरेकी हुँ । परिवारमा मेरो सासुआमा, बुबा र श्रीमानको सल्लाह अनुसार नै यो व्यवसाय सुरु गरेकी हुँ । 
 
छोटो समयको अनुभव कस्तो छ त ? 
पब्लिकसँग फेस हुन पाउनु ठूलो कुरा हो । छोटो समयमा पनि कुन नेचरका मानिसहरु कस्ता हुन्छन् भन्ने कुरा अनुभव गर्न पाएँ । यो भन्दा ठूलो कुराचाँहि जब कोहि क्लाइन्ट यहाँ आएर खुशी भएर जानुहुन्छ त्यो कुराले मन छुदो रहेछ । आनन्द मिल्दो रहेछ । अझै यो भन्दा राम्रो सेवा दिन मन लाग्दो रहेछ । केहि गरौ भन्ने भावना बढ्दो रहेछ । मैले राखेका स्टाफलाई खुशी पार्न सके भन्ने अर्को ठूलो सफलता मिल्नेछ भन्ने लाग्छ । किनकी काम उहाँहरुले गर्ने हो । सेवा उनिहरुले दिने हो । म भनेको सबै कुराको व्यवस्थापन गर्ने मान्छे हुँ । यसको अलवा राम्रो गर्नुपर्छ सबै कुरा मिल्छ भन्ने अनुभव गर्न पाएकी छु ।  
 
क्लाइन्टको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
राम्रो पाएकी छु । राती ९ बजेसम्म पनि कतिलाई सेवा दिएर पठाएका छौं । काम गर्ने समयभन्दा धेरै समय दिएर पनि हामीले क्लाइन्टलाई खुशी बनाएका छौ । कतिपय क्लाइन्ट अफिसको काम सकेर मात्र आउनुहुन्छ । त्यस्तो अवस्था पनि हामीले ख्याल गर्ने गरेका छौ । अर्काे भन्न मन लागेको कुरा के छ भने मलाई धेरै ग्रहाकले भन्नु भएको छ । कति सर्भिस लिन जाने ठाउँमा आफूले पैसा राम्रो तिर्नुपर्ने तर फेसियल गर्ने क्रिम लगाउँदा सस्तो काम चलाउ प्रोडक्ट लगाइदिने, हेयरमा पनि त्यसतै धेरै फिचरमा यस्तो व्यवहार गर्ने पार्लर धेरै भेटेको कुरा भन्नु भएको छ । यो व्यवहार मेरोमा हुँदैन् । व्यवसायको नाममा यस्तो गर्ने केहि मानिसहरुका कारण राम्रो गर्नेहरुलाई पनि बदनाम गराउने रहेछ भन्ने पनि महसुस गरेकी छु ।  
 
अहिले द स्टाइल जोनमा कस्ता–कस्ता अफर छन् ?
फेसिएल ,केराटिन स्टेट, नेलमा सस्तो गरेका छौ । ३ जना आउनु भयो भने २० प्रतिशत छुट छ । हामीले लोयालिटी कार्डको पनि व्यवस्था गरेका छौ । यो कार्ड बनाउनुभयो भने एउटै मुल्यका कुनैपनि सेवा लिदैजाँदा ५ पटक सेवा लिएपछि एउटा निशुल्क दिन्छौं । यसमा ५वटा स्टार लाग्छ, सर्भिस लिँदै जाँदा ५ हजार हेयर कटिङ र फेसियल ३ हजार छ भने मिलेन, तर ५ हजार हेअर कटिङ र केराटिन ३००० गर्नुभयो भने  ३५ सय र २५ सयको कलरिङ गर्नुभयो भने २ वटा स्टार पाउँछ । २ वटा स्टार पाएपछि अन्य साथिलाई पनि दिएर केराटिन गर्नुभयो भने एक स्टार पाइन्छ । यसरी नै ५ स्टार पाएपछि एउटा सर्भिस फ्रि गर्ने अफर छ । यो कार्डको सेवा पनि हामीले हाम्रो लागि भन्दा पनि क्लाइन्टका लागि सजिले होस भनेर यो योजना ल्याएको हो । 
 
अन्त्यमा केही भन्नुहुन्छ ?
हामीले द स्टाइल जोन व्यवसायिक हिसवाले मात्र खोलेका हैनौ ताकी सौन्दर्यका विषयमा सचेत आममानिसका लागि विश्वासिलो सेवा प्रदान गर्न सकु भनेर खोलेका हौ । सबै जनालाई मेरो अनुरोध के छ भने हामीले जे दिइरहेका छौ कुनैपनि कुरामा कसर नराखी उहाँहरुलाई सेवा दिइरहेका छौ । दिन्छौ पनि । द स्टाइल जोनको मुल उद्देश्य पनि यहि हो। 




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement