Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालका चर्चित डिजाइनर पे्रम देवले उतारे मलेसियामा पहिलो पटक मिथिला थिमका डिजाइन

  |      13:56:00   |  
नेपालका चर्चित डिजाइनर पे्रम देवले उतारे मलेसियामा पहिलो पटक मिथिला थिमका डिजाइन

मंसिर २९, काठमाडौं। गत महिना मलेसियामा आयोजित इन्टरनेस्नल इपो फेसन विकमा नेपालका चर्चित डिजाइनर प्रेम देवले मिथिला थिमका पहिरनलाई प्रस्तुत गर्न सफल भएका छन् । नेभेम्वर ९ देखि ११ गतेसम्म अयोजित उक्त कार्यक्रममा नेपाली डिजाइनर यसरी सहभागी हुन पाउनु यो क्षेत्रका लागि गौरवको कुरा हो । आफ्नो देशको पहिचान बोकेको पहिरन मलेसियामा आयोति फेसन सोमा फेसन महासंघ नेपालबाट छनोट भएर नेपालको प्रहितनिधित्व गर्ने उनी पहिलो व्यक्ति हुन् । उक्त मेघा फेसन सोमा फेसन महासंघ नेपालका डाइरेक्टर नविन लुइटेल, सचिव राजन ढुंगेल र प्रमोटर दिपक न्यौपाने सहित उपस्थित डिजाइनर प्रेम देवले अन्तर्राष्ट्रिय र्याम्पमा नेपाली पहिचान झल्किने मिथिला पहिरनको महत्व स्वदेशमा समेत दर्शाउन सफल भएका छन् । 

प्रेम देवले मिथिला थिमका १२ वटा डिजाइन फेसन सोमा प्रस्तुत गरेका थिए । उक्त पहिरनहरु अन्र्तराष्ट्रिय मोडलहरुले लगाएर र्याम्पमा उत्रिए । सोमा उपस्थित दर्शकले मिथिला थिमका पहिरन देखेर पे्रम देवलाई जिज्ञासा राख्ने र प्रसंसा गर्न समेत भ्याए । पहेंलो रंगलाई शुभ मानिने मिथिला कल्चर उक्त डिजाइन पनि पहेंलो रंगमा खेलेर तयार पारिएको थियोे । 

मिथिला कल्चरको पहिरन देश बाहिर पहिलो पटक मेघा सो मार्फत प्रस्तुत गरेका डिजाइनर प्रेम देव इन्टरनेस्नल इपो फेसन विक र मलेसियाको इपो स्टेटका मेयरबाट सम्मानित भएका छन् । 

नेपाली पहिचान बोकेको आकर्षक पहिरन अन्तर्राष्ट्रिय र्याम्पमा  उतारेका डिजाइनर प्रेम देवको फेसनप्रतीको लगाव र सिपलाई देखेर श्रीलंकामा आयोजना हुने श्रीलंका फेसन विकबाट पनि नेपालको प्रतिनिधित्व गर्दे सोमा भाग लिने अवसर आएको उनले जानकारी दिए । 

नेपाली फेसन डिजाइनमा लोकप्रिय डिजाइनर प्रेम देव यो क्षेत्रमा प्रवेश गरेको एक दशक भयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement