Advertisement
Advertisement
Advertisement
Advertisement

फेसन बजार महंगो भएपनि माग खासै घटेको छैन : डिजाइनर प्रतिमा

  |      17:32:00   |  
फेसन बजार महंगो भएपनि माग खासै घटेको छैन : डिजाइनर प्रतिमा

साउन ७, काठमाडौं । अहिले हरियाली मौसम र आममानिसहरुको बाहिरी आवरणलाई नियाल्ने हो भने लगभग उस्तै हरियाली आभास गर्न लायकको देखिन्छ । यो झरीको मौसममा साउनको महिनाको फेसनेवल चटारो निकै प्रशंसा गर्न लायक छ भन्दा फरक पर्दैन् । साउनको महिमा र फेसन ट्रेन्डलाई पछ्याउने अनुयायी र चारैतिर हरियाली छाएको प्रकृती मनमोहक सुन्दर देखिन्छ । हरेक वर्ष साउन महिनामा भगवान शिवको आरधना गर्दै साउनको हरेक सोमवार ब्रत बसी हरिया, राता र पहेंला पहिरनमा सजिएका भक्तजनहरुको लहर धार्मिक अनुष्ठानहरुमा पनि भिड लाग्छ । फेसन भनौ वा साउनको महिमा महत्वपूर्ण भएकाले हो एक वर्षमा यतिवेला हरियालीे छाउने भएकाले कतिपयले प्रकृतीको पूँजा आरधना गर्न हरियो पहिरन लगाउने गरेको अभिव्यक्ती दिने गरेको सुन्नमा आएको छ । कतिपयले त यो महिनामा हरियो फेसनलाई प्राथमिका दिने पाइएकाले हरियो पहिरनका फेसन पारखीहरुको माग ह्वात्तै बढेको डिजाइनर प्रतिमा शाह बताउँछिन् । काठमाडौंको पेप्सिकोलास्थित महालक्ष्मी बुटिककी डिजाइनर प्रतिमा शाहसँग नेप्लिज वुमन डटकममा साउनको हरियो फेसन र मागका विषयमा केन्द्रित भएर  गरेको कुराकानीको सम्पादित अंश जस्ताको तस्तै प्रस्तुत गरिएको छ । 

 

तपाइले यो पेशा सुरु गर्नु भएको कति वर्ष भयो ?
सात वर्ष भयो ।

तपाइको शैक्षिक अध्ययनसँग पेशागत क्षेत्र मिल्दोजुल्दो छि कि छैन्? 

विज्ञान विषयमा अध्ययन गरेको हो मैले । कामसँग मिल्दैन तर सानैदेखि मलाई डिजाइनर बन्ने इच्छा थियो । यसकारण पनि आज म यो क्षेत्रमा आवद्ध छु । 

तपाइको जन्मथलो कहाँ हो ? 
जन्मथलो र कर्मथलो नै मेरो बर्दिया हो । तर बिगत ७ वर्षदेखि काठमाडौंलाई नै कर्मथलो बनाएर पेशागत जिवन बिताइरहेकी छु

परिवार र व्यवसायलाई कसरी व्यवस्थापन गर्नुहुन्छ  त ? 
हामी श्रीमान र श्रीमती नै आफ्नै कर्म गरिरहेका छौं । मेरो श्रीमान इन्जिनियर हो। उहाँ अफिस जानुहुन्छ । म बुटिकमा आउँछु । हाम्रा दुई सन्तान छन् । दिनभर काममा व्यस्त हुन्छौ बच्चाहरु स्कुलबाट आएपछि घरमा जो पहिला पुग्छौ उसैले घरको जिम्मेवारी सम्हाल्ने गरेका छौ । हामी एकअर्कालाई निकै नै बुझ्ने भएकाले पनि आज यो खालको जिवन सम्भव भएको छ जस्तो लाग्छ ।
उनि थप्दै भन्छिन्, तीज लगायतका अन्य चाँडपर्वको समयमा अलिक व्यस्त भइन्छ ।  त्यो बेलामा कहिले राती ढिलासम्म पनि काम गर्नुपर्ने  हुन्छ । आफ्नो श्रीमानलाई काम र समयका विषयमा प्रष्ट कुरा गर्छु र उहाँले यो बेलामा मलाई असाध्यै सहयोग गर्नुहुन्छ।

फेसनका विषयमा यहाँ सचेत हुनुहुन्छ, नेपालमा अहिले साउन महिनाको फेसन ट्रेन्ड कस्तो छ ? 
जहाँसम्म मैले सानैदेखि सुने र बुझे अनुसार हरियो पे्रमको  प्रतिकको रुपमा लिइन्छ ।  रातो सौभाग्य र पहेंलोलाई पवित्रताको प्रतिकको रुपमा लिइन्छ । यसकारण पनि यो साउनमा हरियो, रातो पहेंलो रंग लगाउनु मानव मस्तिकका लागि पनि एक किसिमको सकरात्मक उर्जाको रुपमा लिनु राम्रो कुरा हो । हरियो रंगले शितल प्रदान गर्छ ,मनलाई शान्त बनाउछ भनेर यो महिनामा हामी हरियो रंग लगाउँछौं ।

हरियो रंगका पहिरनहरुको माग बजारमा कतिको बढेको छ ? अहिले आर्थिक मन्दिले  पनि बजारमा  धेरै नै संकट थपेको छ, यस्को प्रभाव  फेसन बजारमा परेको छ कि छैन्  ?
साउन महिनामा अरु रंगको भन्दा पनि  हरियो रंगको माग अधिक हुन्छ । वषभरी अन्य रंगका पहिरनहरु लगाएपनि यो महिनामा हरियो नै पहिनर लगाउनेहरुको संख्या धेरै हुनाले महिला दिदीवहिनीहरु निकै नै आउनु हुन्छ । हो आर्थिक मन्दीको असर अहिलेको बजारमा निकै परेको छ । पहिले एकै पटकमा ३÷४ जोर किनेर लानेले एक जोर भएपनि यो महिनामा हरियो रंगको पहिरन लगिरहनुभएको छ । साउनको महिमालाई जोडेर हरियो नै रंगका पहिरन किन्नेहरुको संख्या चाहि यो  सालको साउन महिनामा कम भएको छैन् ।

साउन महिनाको हरियो पहिरनका लागि कुन उमेर समुहका महिलाहरुको संख्या धेरै छ ?
समग्रमा मसँग सबै उमेर समुहका महिलाहरु हरियो रंगका पहिरनहरुको डिजाइन अर्डर गर्न आउनुहुन्छ । तथापि  संख्याको हिसावले भन्नुभन्दा मेरो बुटिकमा विषेशगरी ४० वर्ष कटेका महिलाहरु नै धेरै आउँनुहुन्छ । खासमा एक खालको लहर नै भन्नुपर्छ पछिल्लो समय पहिरन कोड अनुसारका पहिरनहरुको माग पनि अकाशिएका कारण फेसनका पहिरनको माग घटेको चाहि छैन् । यस्मा पनि ४० प्लस महिलाहरु नै धेरै आकर्षित भएको मेरो अनुभव छ ।





Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement