Advertisement
Advertisement
Advertisement
Advertisement

देखभेट बिना जोडिएको सफल जोडी

  |      15:20:00   |  
देखभेट बिना जोडिएको सफल जोडी

साउन १०, काठमाडौं । सामाजिक संजालको सहुलियत थिएन । अहिलेको जस्तो हात–हातमा मोवाइल भएको भए कुरा फरक हुने थियो । बिना चिनजान बिना देखभेट वैवाहिक जीवनरुपी डुंगालाई सफलतापुर्वक अघि बढाउनु चानचुने कुरा होइन  । तेह्रथुममा जन्मिएका हेम पाठक तथा सरिता पाठक यस्ता विविध  भौतिक संसाधनबिना जीवनलाई अघि बढँउन सक्ने सफल दम्पत्ति हुन । शालिन तथा आकर्षक व्यक्तित्वका धनी हेम पाठकका पछाडी अनगिन्ति परिवारहरु आफना छोरी दिने होडमा थिए । तर पनि मानिसको जोडी माथिबाटनै बनेको हुन्छ भन्ने साध्य यहाँपनि लागु भएको छ । तेह्रथुमका हेमले तेह्रथुमकै सरितालाई आफनो जीवन संगिनी बनाउन सफल बने । कुनै जमघटमा उनीहरुलाई देख्दा उनीहरुको माया तथा एक अर्काप्रतिको सम्मानको तारिफ जो कोहि गर्छन । व्यक्तित्वमा पनि आकर्षक तथा आफनो व्यवसायिक जीवनमा पनि सफल यो जोडि हामी नेपालीहरु माझ एक उदाहरणिय पनि छ ।

 

हेम पाठक तथा सरिता पाठक  
स्कुले जीवनदेखिनै  राजनैतिका  आस्था राख्ने हेमलाई राजनैतिक पृष्ठभूमीमा
 हुर्केकी चेलीलार्इ  आफनो जीवन संगिनी बनाउने चाह थियो । तेह्रथुमका   प्रधानपंञ्च टंकप्रसाद पाठकको छोरीलार्इ बिवाह गर्ने सपना मनमा बुन्दै थिए ।  त्यसो त राजनीतिक क्षेत्रमा नाम चलेको परिवारमा आफनो बैवाहिक सम्बन्ध बनाउन पाए आफनो राजनैतिक जीवनमा केहि सवल हुने  अभिप्रायले उनी पाठक परिवारको छोरीलार्इ नै आफनो जीवन संगिनी बनाउने योजनामा थिए । मनको यो चाहलाई भगवानले पनि पुरा गरिदिएझै भयो । दुर्इ परिवार बीच कुराकानी भयो देखभेट बिना नै दुबैको विवाह भयो  । विवाह पश्चात दुबैको जीवन राम्ररी अघि बढ्यो । स्नाकोत्तरसम्म अध्ययन गरेका हेमको व्यक्तित्व बाट प्रभावित नहुने शायदै कोहि थिए होलान । सरिता पनि आफनो उमेरमा निकै सुन्दर तथा आकर्षक थिइन ।  विवाहपछि  २ छोरीको जन्म भयो । जसलाई दुवैले आफनो मुटुको ढुक्ढुकी मान्छन । अहिले दुवैले अमेरिकामा उच्च शिक्षा पूरा गरि काम सुरुगरिसकेका छन् ।  दुवैले जीवनमा निकै संघर्षपनि गरेका छन् । हेम सरकारी जगिर खाँदा सरिताले आठराइ प्रकाशनको बागडोरलाई राम्ररी सम्हालेकी थिइन्   । 

 

राजनीतिकमा झुकाव राख्ने हेमको घरमा हरदम पाँहुनाको ओइरो  हुन्थ्यो त्यो सबैको  व्यवस्थापन सरिता थिइन् ।  आफनो श्रीमानको काँधमा काँध मिलाएर सरिताले हरेक तवरले सघाइन् । हरेक समय हसिलो देखिने सरिताको मुहारले जीवन साकार बनेको बताउँछन हेम  । बिश्वकै  अवसरहरुको गन्तव्य मानिने अमेरिकाको टेक्सस् राजधानी अष्टिनमा हेमा तथा सरिताले आफनो जीवनको डुंगालाई अघि बढाइरहेका छन् । बिदेशी भुमि भएपनि यी जोडिले आफनो मेहेनत तथा एकअर्काको साथले गर्दा आफनो छुट्टै पहिचान बनाउन सफल बनेका छन् । अमेरिकामा बसोवास गरेपनि उनीहरुले नेपालमा अनाथ बालबालिकाहरुकालागि उग्रतारा  स्कुल स्थापना गरेका छन् । हरेक वर्ष हेम सरिता फाउन्डेशनको तर्फबाट संगीत तथा पत्रकारिताको  विविध बिधामा कलम चलाउने सर्जकहरुलाइ पुरस्कारको व्यवस्था पनि गरेका छन् ।  सम्मान स्वरुप देशको हितमा काम गर्नेहरुकालागि यो पुरस्कारको स्थापना गरिएको हो । अमेरिकामा रहे पनि यो जोडीलाइ नेपालको मायाले छोडेको छैन ।  हेम पाठक तथा सरिता पाठक अमेरिकामा बसोवास गर्ने नेपालीहरुमा माझ चिरपरिचित नाम पनि हो ।


हेमले यसरी व्यक्त गर्छन सरिताको राम्रो पक्ष
सरिता निकै शालिन तथा सादगीपनले भरिएकी छिन् । मेरो हरेक कुरा एक एक याद गर्छिन् । अहिले  पनि बिहान उठेदेखि खाना देखि पोशाकको तयारी उनी आफै गरिदिन्छिन् । त्यसैले होला उनी बाहिर गएको बेलामा मलाइ एकलोपना महसुस हुन्छ ।उनी झुठो बोलेर चिप्लो घसेर अल्पकालीन जीवन जीउन चाहदिनन् । दुई  दशकमा उनीले मेरा हरेक पाईलामा एक सवल जीवन संगिनी बनेर सघाइरहेकी छिन् ।  मैले गर्ने सामाजिक अभियानमा उनीले पनि तन मनले सहयोग गरिरहेकी छिन् । उनी पैसालाइ कहिले पनि प्राथमिकता दिन्नन । म सामाजिक सेवामा लाग्न सकेको पनि उनको यहि भावनाले गर्दा हो । मेरो सामाजिक तथा राजनैतिक जीवनलार्इ नै सहज बनाउन सरिताको अहम भुमिका छ । मैले सामाजिक सेवामा जत्ति खर्चेपनि यसमा कुनै अंकुश लगाउँदिनन् । अझ अरु सेवा विस्तार गर्न सल्लाह दिन्छिन् ।   

 

सरिताले यसरी व्यक्त गरिन हेमको राम्रो पक्ष

हेर्दा जत्ति हेम सरल देखिन्छन उनी आफनो कर्ममा निकै सवल छन् । मृदुभाषी हेम कहिले धाकधक्कु लगाउन मन पराउँदैनन् । उनी जे गर्छु भन्छन गरेर छाड्छन् । सदैव आफनो व्यक्तिगत जीवन तथा सामाजिक जीवनलाई सन्तुलित बनाएर अघि बढाउन सक्ने एक सफल व्यवस्थापक हुन् । परिवारको  कर्तव्यनिष्ठ  छोरा तथा देशको  मेहेनती जनशक्ति हुन् । सबैलाई गरौ भन्ने भावनाले गर्दा उनीप्रति सम्मान दिनहु बढिरहेको छ । दुई छोरीहरुलाई बाटो देखाएर एक सफल नागरिक बन्न हरेक समय सल्लाह दिन्छन् । बाबुको प्रोत्साहनले गर्दा छोरीहरुले पनि आफनो क्षेत्रमा राम्रो गरिरहेका छन् । उनी महिलाहरुलाई निकै सम्मान गर्छन् । एक श्रीमान, छोरा तथा बाबुको यी सबै भुमिकामा उनी सफल छन् ।

 

हेम र सरिताको नमिल्ने बानी व्यहोरा
सरिता पाककलामा निकै निपुण छिन् । उनले पकाएको खानाको जोकोहिले तारिफ गर्छन् । तर हेमलार्इ केहि पकाउन आउँदैन । सरिता निकै फेशन कन्सियस छिन निकै अपटुडेट भएर उनलाई हिड्न पर्छ भने हेमलाई अहिले पनि पोशाकको चयन सरिताले गरिदिनु पर्छ ।

 

हेमको नजरमा सरिता 
पहिरन-  बिशेष साडी खुल्छ
मनपर्ने-  खानेकुरा नेपाली टक्क परेको ।
शौख-  घुम्न मनपराउने ।
फुर्सदको समय- किताब पढने ।
सम्पत्ति- मिठो मुस्कान
नराम्रो बानी- अहिलेसम्म ठम्याउन सकेको छैन ।
रिसाउदा- फकाउन सजिलो
कस्ति जीवन संगिनी- सुपर
मनपर्ने रंग- ब्राइट
एक वाक्यमा-  सरिता अकबरी सुन हुन् ।

सरिताको नजरमा हेम  बिश्लेषण
पहिरन - सुटमा
खाना- मैले पकाएको फर्सी
रिस-  एकदम कम
कस्तो श्रिमान- सपोर्टिभ
बानी-  देशको चिन्तन
खाली समय- किताब पढने ।
एक वाक्यमा- समाज तथा परिवारको सन्तुलन गर्न सक्ने सच्चा व्यक्तित्व ।

 

वैवाहिजीवनलाई सफल बनाउने अस्त्र
वैवाहि जीवनमा म होइन हामी भन्ने कुरालइ कहिले भुल्नु हुदैन । हामी भन्ने शब्दले सदैव एक अर्कालाइ एकआपसमा बाधेर राख्छ । त्यस्तै एक अर्कामा सम्मान गर्नुपर्छ । मनमा रहेको इगोलाइ फालेर मनलाई सफा तुल्याउनु पर्छ । एक अर्काले गरेको कुनैपनि प्रयासलाई सम्मान गरेर त्यसलाइ पुरा गर्ने सहयात्री बन्नु पर्छ । अर्को वैवाहिक जीवन सदैव विश्वासमा टिकेको हुन्छ । एक आपसको विश्वासले परिवारिक गाडिलाई बिना कुनै एक्सिडेन्ट अघि बढाउन सकिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement