Advertisement
Advertisement
Advertisement
Advertisement

चिकित्सक दम्पत्ती रिसोर्ट बनाउँदै

  |      17:56:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १६, चितवन । निजी अस्पताल सञ्चालन गरिरहेका यहाँको एक चिकित्सक दम्पत्तीले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् । 

 

भरतपुरस्थित ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’का सञ्चालकद्वय डा प्रमोद लामिछाने र डा विष्णुमाया खरेलले ठिमुरा रिभरसाइड रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो । 

 

भरतपुर महानगरपालिका– १ ठिमुरास्थित नारायणी नदी किनारमा रु ३५ करोडको लागतमा सो रिसोर्ट सञ्चालन गर्न लागिएको हो । उक्त रिसोर्ट आगामी जनवरीदेखि सञ्चालन गर्न अहिले धमाधम काम भइरहेको छ । 

 

सञ्चालक डा लामिछानेका अनुसार रिसोर्टमा १० वटा भिल्ला रहनेछन् भने २० कोठा निर्माण गरिँदैछ । करीब एक हजार तथा दुई सयजना क्षमताका छुट्टाछुट्टै हलको समेत व्यवस्था गरिएको छ । तीनवटा स्वीमिङ पुल निर्माण गरिएको छ । सबै संरचना ढुंगाबाट निर्माण गरिँदैछ । 

 

उक्त रिसोर्टको एकातर्फ नारायणी नदी र अर्कोतर्फ पहाडी क्षेत्र पर्छ । तीन बिगाहा क्षेत्रफलमा फैलिएको सो रिसोर्ट क्षेत्रलाई पूर्णरुपमा हरियालीले ढाकेको छ । रिसोर्ट क्षेत्रमा पानीका तीनवटा मुल रहेका छन् । जहाँ बाह्रै महिना पानीको सुविधा हुनेछ । 

 

नदी किनारमा बिचभलिबल र फुटबल ुखेल्न सकिनेछ । लामिछानेले निकुञ्जभित्रका होटलको अनुभूति दिलाउने गरी रिसोर्ट बनिरहेको बताउनुभयो । रिसोर्ट क्षेत्रमा बेलाबखत दुर्लभ पाटेबाघ, चितुवालगायतका जंगली जनावरसमेत देख्न सकिनेछ । नदीसम्म तथा डाँडाको माथिल्लो भागसम्म पुग्नका लागि सिँढी निर्माण गरिँदै छ । यहाँबाट नदी, जंगल र पहाडको दृश्यावलोकन गर्न सहज हुनेछ । 

 

पवित्र तीर्थस्थल देवघाट नजिक रहेकाले धार्मिक पर्यटक यहाँ आउने अपेक्षा गरिएको छ । गर्मी छल्नका लागि पनि सो रिसोर्ट उपयुक्त देखिएको छ । “नदी किनार र जंगलको फेदमा भएकाले पंखा र एसी चलाएर बस्नु पदैन,” खरेलले भन्नुभयो । 

 

खरेल दम्पत्तीले रिसोर्टसँगै रहेको तीन बिगाहा जग्गामा पुनःस्थापना केन्द्र तथा ट्रमा सेन्टर सञ्चालन गर्ने योजना बनाउनुभएको छ । गरीब, असहाय बिरामीका लागि निःशुल्क तथा धनाढ्यका लागि रकम लिएर उत्कृष्ट पुनःस्थापना केन्द्र सञ्चालन गर्ने योजनाको उनीहरुको छ । 

 

“हाडजोर्नीको समस्या भएका बिरामीले लामो समय उपचार गर्नुपर्ने हुन्छ । यसका लागि शितल, शान्त र रमणीय ठाउँको आवश्यकता पर्छ,” उहाँले भन्नुभयो । लामिछाने हाडजोर्नी तथा खरेल दन्त चिकित्सक हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement