असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभिब्यक्तिलाई लिएर तेस्रोपटक राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै सरकार दिल्लीबाटै बनेको त हैन भन्दै प्रश्न गरेको छ । शुक्रबार बसेको राष्ट्रिसभा बैठकमा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य बिमला घिमिरेले नेपालको सार्वभौम संसदले प्रधानमन्त्री बनाउने कि दिल्लीलाई खुसी पारेर बनाउने हो भन्दै प्रश्न गरेकी छिन् ।
' उनले गत असार १८ गते भारतीय मुलका नेपाली नागरिक प्रितम सिंहको पुस्तक विमोचनको क्रममा मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली पनि जानुभयो भन्ने प्रचण्डको भनाईको नेपालमा धेरै विरोध भएको बताइन् ।
उनले भनिन्– ‘यसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानको शीर झुकेको छ । यो भनाईले हाम्रो सम्मानित संसद र सांसदहरुको अपमान मात्र भएको छैन, संविधानको धारा ५ मा भएको व्यवस्था समेत आकर्षण भएको छ । सम्माननीय अध्यक्षज्यूमार्फत म सोध्न चाहन्छु, नेपालको प्रधानमन्त्री जनताद्वारा चुनिएको हो । प्रधानमन्त्री सार्वभौम संसदले बनाउने हो कि दिल्लीलाई खुसी बनाएर पाउने हो? कतै भारतका लागि कन्फर्टेबल सरकार दिल्लीबाटै बनेको हो त ? यो प्रश्न गम्भीर रुपले नेपाली जनताले उठाइरहेका छन् । हामीले कुनै आग्रह पूर्वाग्रह र कुण्ठाले यो सदन अवरुद्ध गरिरहेका छैनौँ, हामी त नेपालको सार्भभौमिकता र संसदको गरिमालाई रक्षा गर्ने दायित्व निर्वाह गरिरहेका छौँ ।’
उनले कहिल्यै कसैको उपनिवेश नभएको नेपालमा प्रधानमन्त्रीको आत्मसर्मपणवादी अभिब्यक्तिले एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति गम्भीर असहमति जनाइरहेको बताइन् ।
घिमिरेले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाएको बताउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदको कार्यसूची अघि नबढाउन समेत उनले आग्रह गरिन् । उनले कहिल्यै कसैको उपनिवेश नभएको नेपालमा प्रधानमन्त्रीको आत्मसर्मपणवादी अभिब्यक्तिले एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति गम्भीर असहमति जनाइरहेको बताइन् ।
घिमिरेले प्रधानमन्त्रीले नैतिक अधिकार गुमाएको बताउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदको कार्यसूची अघि नबढाउन समेत उनले आग्रह गरिन् ।
रातोपाटी