काठमाडौं। सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।
तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत गाउँदै आएकी छन्।
कृष्ण पौडेलको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । म्यूजिक भिडियोको निर्देशन भने फराज अर्पणले गरेका छन् ।
म्यूजिक भिडियोमासमेत देखिएकी योजनालाई मनीष थापालगायतले साथ दिएका छन्।
म्यूजिक भिडियो :