Advertisement
Advertisement
Advertisement
Advertisement

समावेशीकरणका गफ दिने तर आफूबाहेक अरू बौद्धिक नदेख्नेलाई नारायणिको प्रश्न

  |      23:47:00   |  
समावेशीकरणका गफ दिने तर आफूबाहेक अरू बौद्धिक नदेख्नेलाई नारायणिको प्रश्न
असार २, काठमाडौं। कवि सङ्गीतश्रोताको एउटा कविता छ, ‘महिलाहरू कहाँ छन् ?’ भन्ने नामको । उनको त्यो कविता पढ्दा महिलाप्रति बढो संवेदनशीलता वसमभाव राखेर लेखेका हुन्जस्तो लाग्छ ।

यस्तै कविता नभए पनि महिलाको (महिला मात्र होइन हरेक सीमान्तकृत समुदायको) पक्षमा लेख्ने–बोल्ने एउटा जमात छ काठमाडौंमा । यो जमात टीभीका वैचारिक बहस कार्यक्रममा भाग लिनेदेखि विचार पृष्ठमा नियमित लेख्नेहरूको जमात हो ।

यो लेख महिलालगायत सीमान्तकृत समुदायप्रति समभाव राख्छौं भनेर लेख्ने, बोल्ने तर व्यवहारमा कहिल्यै समावेशिता देखाउन नसकेका तिनै महान्/बौद्धिक पुरुषहरूप्रति लक्षित छ ।

जेठको तेस्रो साता काठमाडौंमा एक प्रकाशनगृहले अन्तर्राष्ट्रिय पुस्तक मेलाको मौका छोपेर सार्वजनिक छलफल कार्यक्रम गरेको थिए । उक्त कार्यक्रमको निम्तो पत्रमा रहेका वक्ताहरूमा पुरुषमात्रै देखेपछि विरोध सुरु भएको थियो ।

विरोध सामाजिक सञ्जालको सहज पहुँचले गर्दा एक कान, दुई कान हुँदै मैदान हुन गयो । महिला वक्ताको असमावेशिताको कुरा महिला लेखकहरूले चर्को रूपमा विरोध गरेपछि आयोजकले ‘पहिलोपटक कार्यक्रमको आयोजना गरेको हुँदा आफ्नो ध्यान नपुगेको’ भनेर सार्वजनिक रूपमै माफी मागेर वक्ताहरूको नाम केही परिमार्जन गरे ।

आयोजकसँगै कार्यक्रमका पूर्वनिर्धारित एकजना वक्ताले पनि आफ्नो सैद्धान्तिक असहमति रहेको कारण कार्यक्रममा उपस्थित नहुने कुरा सार्वजानिक गरे ।

महिला लेखकहरूले चौतर्फी विरोध नगरेको भए त्यो कार्यक्रम खासमा परिमार्जन हुने थिएन भन्नेमा आयोजक, ‘सोकल्ड’ वक्ता (किन सोकल्ड भनेको भने यस्ता साहित्यिक कार्यक्रम जसले आयोजना गरे पनि बोल्ने वक्ता र विषय पछिल्ला चार वर्षदेखि लगभग एकै छन्) र आम श्रोताहरू जान्छन्/बुझ्छन् ।

विरोध नभएको भए पूर्वनिर्धारित ती वक्ताले पनि आफ्नो उपस्थिति रद्द गराउने थिएनन् होला । हुन त उनले आफ्नो सैद्धान्तिक असहमति भनेको के थियो (पार्टीगत कुरा, विचार, समावेशीकरणको मुद्दा वा अरू नै विषय ?) भन्नेबारेमा स्पष्ट पारेका छैनन् ।
यस्ता सार्वजनिक छलफलका कार्यक्रम हुँदा प्राय: महिलाको सहभागिताको विषय उठ्ने गरेको छ ।

अनि आयोजकले माफी माग्छन् । यस विषयमा एक–दुई महिला लेखकका लेख छापिन्छन् (महिला लेखकका लेख छापिँदैनन् वा छापिए भने पनि विषयकै उल्टो अर्थ लाग्ने गरी सम्पादन गरिन्छन् वा १,५०० शब्दको लेख काटेर ७०० मा झारेर छापिन्छ भन्ने गफ हुन्छन् महिला लेखकहरूका बीचमा) । अनि केही समयपछि समावेशिताका ती मुद्दा सेलाउँछन् । बरु तिनै वक्ता लेखकहरूले बडो उदार भएर महिलामाथि कलम चलाउँछन् ।

कथा, कविता, निबन्ध, उपन्यासदेखि विचार पृष्ठका कोलमसम्ममा तिनै बोल्छन्, महिलाको दु:ख र संघर्षको कथा । यसै पनि उनीहरू नै मानक छन् नेपालको समावेशीकरण आन्दोलनका ।

सीके लाल, राम कार्की, आहूतिदेखि सङ्गीतश्रोतासम्म वा बीचका सबै नाम । तर, पनि फेरि अर्कोपटक कार्यक्रम आयोजना गर्ने आयोजकले उक्त गल्ती पुन: दोहोर्‍याउँछन् ।

पछिल्ला वर्षमा यस्तै हुँदै आएको छ । चाहे काठमाडौंमा भएको एनसेल साहित्य महोत्सव होस्, चाहे झापा साहित्य महोत्सव वा भर्खरैको अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा भएको कार्यक्रम ।
वक्ताहरूको कुरा र व्यवहार हेर्दा यस्तो लाग्छ, समावेशिताको मुद्दा त व्यापार गर्ने कुरा हो ।

सार्वजनिक कार्यक्रममा, रेडियो/टीभीका अन्तर्वार्ता वा बहसमा, विचार पृष्ठका कोलममा र आईएनजीओका सेमिनारमा बेच्ने विषय हो समावेशी समाज चाहिन्छ भन्ने कुरा ।

होइन भने यत्रो देश–दुनियाँको कुरा गर्ने तपाईं महान्/बौद्धिकहरूले आफैंले बोल्ने कार्यक्रममा तपाईंको साथमा महिला हुन्छन् कि हुन्नन् भन्ने विषय तपाईंहरूको चासोको विषय किन हुन सक्दैन ? के यो आयोजकको मात्रै जिम्मेवारीको कुरा हो ?

तपाईंहरूको काम बोल्ने मात्रै हो ? वा अरूलाई अर्ती–उपदेश दिने मात्रै आफूले व्यवहारमा उतार्न नपर्ने मानिस हो तपाईंहरू ? कार्यक्रमको चर्को विरोध भएर आयोजकले माफी मागेको थाहा भयो, तपाईंहरूले पनि माफी माग्नुपर्छ भनेन तपाईंहरूको ‘सोकल्ड’ बौद्धिकताले ?

तपाईंहरूले माफी मागेको त सुनिएन ? कडा शब्दमा लेख्न परेकोमा मेरा प्रिय साथीहरू र आदरणीय दाइहरूसँग माफी चाहन्छु । तर, नपढेका, नबुझेका अन्य सर्वसाधारणलाई बरु सम्झाउन सकिएला, शब्द घुमाई–घुमाई त्यसैको वकालत गर्ने र व्यवहारमा नउतार्ने तपाईंहरूसँग अब पनि खस्रा कुरा गरेर लेखिएन भने, प्रश्न गरिएन भने त आफैंप्रति, आफ्नै अस्तित्वप्रति पनि लाज लाग्न थाल्यो ।

भोलि अर्को पुस्ताले तिमीले किन बोलिनौ वा लेखिनौ भनेर सोध्ला भनेर पनि लेख्न चाहन्छु ।

अघिल्ला कार्यक्रमहरू सकिएपछि लागेको थियो– यत्रो विरोध भयो आउँदा कार्यक्रमहरू समावेशी हुनेछन् ।

तर, फेरि पनि उही घटना दोहोरिंदै गर्दा लाग्छ कि समावेशी समाजको तपाईंहरूले उठाउँदै आएको मुद्दा कतै बेच्न राखेको वस्तु नै हो, व्यापारिक माल हो, त्यो तपाईंको आफ्नो मुद्दा भने होइन । यदि साँच्चै त्यो मुद्दा हो भने त तपाईंले सोध्नुपर्ने नि– सहभागिताको कुरा ।

अब बोल्न जाँदा सोध्ने र भन्ने गर्नुस् आयोजकलाई, तपाईंसँगै बसेर छलफल गर्ने मानिस तपाईंजस्तै सुकिला–मुकिला र पुरुषमात्रै भएर हुन्न । मञ्चमा उस्तै उस्ता बसेर समावेशीकरणको विषयमा बोल्ने तपाईंको नैतिकताले पनि दिन्न ।

आफैंले कार्यान्वयन गर्न नसक्ने तपाईंका मुद्दाका आधार के हुन्, अर्को पुस्ताले गर्न सक्ने प्रश्नको के उत्तर दिनुहोला ? कि म त यति महान्/बौद्धिक हुँ कि कुनै कार्यक्रमको मञ्चमा पनि छुट्दिनँ भनेर गफ दिने हो पछि ?

सामाजिक सञ्जालमा मात्रै भए पनि नेपालका बौद्धिक महिलाहरूको संगठन दह्रो छ र मात्रै अहिलेसम्म आयोजकहरूले माफी मागेका छन् कि हरेकपटक असमावेशी भएको कारण आयोजकले माफी मागेको पनि तपाईंहरूले थाहा पाउनु हुँदैन ? (थाहा पक्कै पाउनुहुँदो हो, नेपालका सबै विषयमा जानकार सायद तपाईंहरू नै हुनुहुन्छ ।)

कहिलेसम्म अरूलाई माफी मगाएर बौद्धिकताको ढोल बजाइरहनुहुन्छ । सबै कार्यक्रममा दोहोरिने, समावेशीकरणका गफ दिने तर आफूबाहेक अरूलाई बौद्धिक नदेख्ने सबैलाई हो यो आग्रह र प्रश्न ।

प्रकाशित:कान्तिपुर, असार २, २०७३


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement