काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मानबाट काठमाडौंकी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार सहित चार जनालाई सम्मान गरेको छ । ताम्राकार सहित सम्मानित हुने पत्रकारहरुमा काठमाडौंका मदनमणी दीक्षित, दाङका नारायणप्रसाद शर्मा र तनहुँका विश्वबन्धु भण्डारी रहेका छन्।
राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ बाट चार पत्रकार पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित ८ जना पत्रकार एक लाख रुपैयाँ र कदरपत्रबाट सम्मानित भएका छन् । त्यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट चार जनालाई सम्मान गरेको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका पत्रकार गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन्।
राष्ट्रिय पत्रकारिता पुरस्कार २०६४ सालबाट सुरु भएको थियो । राष्ट्रिय दैनिक गोरखापत्र सुरु भएको दिन अर्थात हरेक वर्षको २४ वैशाखमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।