Advertisement
Advertisement
Advertisement
Advertisement

महाअभियोगको जमेर सामना गर्नेछुः सुशीला कार्की
मैले कहिल्यै पनि न्यायप्रतिको निष्ठा र इमान्दारितामा सम्झौता गरेकी छैन

  |      21:56:00   |  
महाअभियोगको जमेर सामना गर्नेछुः सुशीला कार्की

 

काठमाडौं। संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सुशीला कार्की प्रधानन्यायाधीशबाट निलम्बित भएकी छन्। आइतबार साँझ सेतोपाटीकी शोभा शर्माले कार्कीसँग गरेको कुराकानीः

 

तपाईँलाई त महाअभियोग लाग्यो नि?

हो त लाग्यो, के गर्ने तरु लाग्दैछ भन्ने मलाई थाहा थियो। दुई तीन दिनअघिबाट माओवादी सांसद रामनारायण बिडारीले पटक पटक मलाई फोन गरेर कांग्रेसको दबाब आइरहेको छ एकपटक भेट्नु पर्‍यो भनिरहनुभएको थियो। मैले लगाउने हुन् भने लगाउन न त। मैले के गर्ने भनिदिएँ। आजै बिहान पनि प्रधानमन्त्रीका दूत बनेर वर्षमान पुन मेरो निवासमा आउनुभएको थियो। मैले भेटिनँ। मेरो श्रीमानसँग भेटेर उहाँ फर्किनुभयो। उहाँहरुले मलाई खराब आचरण गरेको भनेर महाअभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ। मैले कहिल्यै पनि न्यायप्रतिको निष्ठा र इमान्दारितामा सम्झौता गरेकी छैन।

 

महाअभियोग प्रस्तावको कसरी सामना गर्नुहुन्छ ?
मैले कुनै गल्ती गरेकी छैन। घुस लिएर, कसैको दबाब र प्रभावमा परेर फैसला गरेकी छैन। महाअभियोग दर्ता भयो भन्दैमा डराएर बस्दिनँ। जमेर महाअभियोगको सामना गर्छु।

 

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको मुद्धामा तपाईँ बिचलित हुनुभयो भन्ने छ नि?

हामीले अदालतमा आएका मुद्धा हेर्ने हो। यो मुद्धा ल्याऊ त्यो नल्याऊ भन्न मिल्दैन। मुद्धामाथि सुनुवाइ गर्दा संविधान र कानुनका आधारमा गर्ने हो। यो मुद्धामा त हामीले सरकारले पठाएको प्रमाणका आधारमा फैसला गरेका हौं। त्यसबाहेक फैसलाले नै सबैकुरा बोल्छ। पक्ष(विपक्षमा म बोल्दिनँ।

 

तपाईँले मनपरी इजलास तोक्ने र न्यायाधीश रोज्ने गरेको भन्ने आरोप छ?

इजलास र पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारको कुरा हो। त्यो मेरै जिम्मेवारीभित्रको कुरा हो।

 

तपाईँलाई थप केही भन्नुछ ?

मलाई अरु केही भन्नु छैन। मेरो एक महिना बाँकी थियो। केही भ्रष्टाचारका मुद्धा र केही अरु महत्वपूर्ण मुद्धामा न्याय दिलाएर जाउँला सोचेकी थिएँ। अब यस्तो भइहाल्यो। मेरो कसैप्रति गुनासो छैन। बाँकी जीवन आनन्दले बिताउँछु। सेतोपाटीमा प्रकाशित कुराकानी।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement