Advertisement
Advertisement
Advertisement
Advertisement

पाकिस्तानमा पहिलोपटक महिला बनिन् बैंकको सीइओ

  |      22:56:00   |  
सीमा कामिल
सीमा कामिल

काठमाडौं। पाकिस्तानको ६ ठूला वाणिज्य बैंकमध्येको एक यूनाइटेड बैंक लिमीटेड (यूबिएल)ले देशको इतिहासमै पहिलोपटक कुनै महिलालाई बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।

 

सीमा कामिल जुन महिनादेखि आधिकारिक रुपमा कार्यभार सम्हाल्नेछिन् । सीइओको रुपमा नियुक्त हुुनुुअघिसम्म उनी सोही बैंकको डेपुटी सीइओको रुपमा कार्यरत रहेकी थिइन् । सीमा पाकिस्तानकी एक प्रमुख बैंकर हुन् र उनी विगत तीन दशकदेखि यो क्षेत्रमा सक्रिय रहेकी बीबीसीले जनाएको छ ।

 

उनले ८० को दशकमा लण्डनको किङ्ग्स्टन विश्वविद्यालयबाट बीबीएको डिग्री हासिल गरेकी थिइन् । त्यसपछि त्यहीको सिटी विश्वविद्यालयबाट उनले एमबीएको अध्ययन पूरा गरेकी थिइन् ।

 

पाकिस्तान आएलगत्तै उनले अमेरिकन एक्सप्रेस बैंकबाट आफ्नो बैकिङ करिअर सुरु गरेकी थिइन् । त्यसपछि उनले ग्रन्डलेज बैंकमा समेत काम गरिन् । यो बैंक पछि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा बिलय भएको थियो ।

 

यसपछि सीमाले हबीब बैंक लिमीटेडमा १६ वर्षसम्म शाखा बैकिंग, कर्पोरेट इन्भेष्टमेन्ट र रिस्क म्यानेजमेन्ट जस्तो महत्वपूर्ण विभाग सम्हालिन् । उनले यति आफू जीवनमा कुनै बैंकको अध्यक्ष बनूँला भनेर कहिल्यै नसोचेको भनेर बीबीसीलाई प्रतिक्रिया दिएकी छिन् ।

 

उनले भनेकी छिन्–‘पाकिस्तानमा मात्र होइन, विश्वका हरेक देशमा एउटी महिलालाई माथि पुुग्न निकै कठीन छ । तर मलाई बैकिंग क्षेत्रमा महिला भएकै कारण कुनै दिक्दारी भएन । हाम्रो देशमा महिलालाई आफ्नो प्रमुखको रुपमा हेर्न पुरुषले चाहदैनन् भन्ने कुरा सरासर गलत हो ।’

 

उनका अनुसार लगभग २० करोड आवादी भएको मुलुकमा धेरै कम मानिस मात्र बैकिंग प्रणालीमा जोडिएका छन् । आगामीमा दिनमा जनतालाई बैंक आफूहरुका लागि नै हो भन्ने कुरा बुुझाउने काम नै आगामी दिनको मुख्य चुनौति भएको सीमाले बताएकी छिन् ।

 

सीमालाई बैकिङ अलावा शिक्षाको क्षेत्रमा समेत निकै रुचि रहेको छ, यही कारण उनी कराची ग्रामर स्कूलको निर्देशक मण्डलको अध्यक्ष समेत छिन् । उनले भविष्यमा आफ्नै स्कूल स्थापनाको सपना सँगालेकी छिन् ।

स्मरणरहोस्, नेपालमा हालसम्म कुनै पनि महिला बैंकको सीइओ बन्न सकेका छैनन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement