Advertisement
Advertisement
Advertisement
Advertisement

छोरीप्रतिको नजरिया
एउटी महिला अर्की महिलाको दुखको कारण बन्न सक्छे । सहारा र सुखमय पारिवारिक जीवनको कारण किन बन्न नसक्ने ?

छोरीप्रतिको नजरिया

श्यामिका महतो

भाद्र १८, काठमाडौं ।  तराई–मधेसमा समाज र परिवारले छोरी जन्मिनासाथ विभेद गर्छ । छोरी जति ठूली हुँदै जान्छे, लैंगिक विभेद बढ्दै जान्छ । फरक व्यवहार पालनपोषण, हेरचाह, शिक्षादीक्षा, आधारभूत आवश्यकता लगायतमा प्रस्टै देखिन्छ ।

 

समाज रुढीग्रस्त छ । यो समाजबारे लेख्न बस्दा मलाई छोरीप्रति समाज र देशको नजरिया फेर्नुपर्छ भन्ने लाग्छ । छोरीलाई जन्मनासाथ अर्काको घर जाने भन्ने मनस्थितिले हेरिन्छ । ‘घरकै काम सिकाए भइहाल्छ, बिहे गरेर अरुको घर गइहाल्छे, त्यही घर र भान्सा सम्हाल्ने त हो,’ धेरैको मुखबाट सुनिन्छ । यस्तो टिप्पणी गर्नेहरू महिलै हुन्छन् । आफ्नै आमा, हजुरआमा, फुपू हुन्छन् । पुरुषले त्यसमा सहमति जनाइदिन्छन् ।

 

छोरी हुर्कँदै गएपछि आमाबुबालाई विवाहको चिन्ताले सताउन थाल्छ । राम्रो केटा र राम्रो घर खोजेर विवाह गरिदिने ध्यानमा लाग्छन् । छोरी हेर्न केटा हेर्ने क्रम चल्छ ।

 

छोरावालाहरू फेसन सोमा आएझैं अरूको छोरीलाई ‘एकपटक कुर्ता–सुरुवालमा हेरुम्, एकपल्ट सारीमा हेरुम्’ भनिरहेका हुन्छन् । केटी हेर्न केटा पक्षबाट लस्कर आएको हुन्छ । थौरै मान्छे आए भने पछि भाइले हेर्छ, आमाले हेर्छिन्, दिदीबहिनीले हेर्छन् भनिन्छ । उनीहरूले किन हेर्नुपर्‍यो ? केटीको व्यवहार हेर्ने हो भने व्यवहार त समय, परिस्थिति र मानिससँगै बदलिन्छ ।

 

‘फेसन सो’ सकिएपछि केटाको बुबाले ‘हामी परिवारमा सल्लाह गरेर खबर पठाउँछौं’ भन्छन् । केटा पक्षबाट विस्तारै लेनदेन, पैसा, गरगहना, फर्निचर आदि सामानको माग सुरु हुन्छ । केटी पक्षले माग पुर्‍याउने भयो भने विवाह हुन्छ । माग पूरा नभए विवाह नहुने त छँदैछ, केटा पक्षबाट केटी र उसको परिवारमाथि लाञ्छना लाग्न थाल्छन्– केटी पातली छे, मोटी छे, होची छे, काली छे, बढी गोरी छे, बढी उमेरकी छे, पारिवारिक स्थिति हामीसँग मिल्दैन ।

 

सबै खेपेर विवाह भएपछि पनि छोरीले हिंसा, अवहेलना र शोषणबाट मुक्ति पाउँदिन । सासू र बुहारीबीच नयाँ रूपमा शासन र शोषण सुरु हुन्छ । सासू–बुहारी सम्बन्ध आमा र छोरीको जस्तो सहज, आत्मीय र हाडनाताको होइन । सहज र आत्मीय बनाउन नसकिने होइन । विवाह गरेर आइसकेपछि सासू, नन्द, फुपू लगायतले दाइजोमा के–के दिएनन् भनेर बुहारीलाई सुनाउँछन् । यसरी सुनाउनेमा पुरुष पनि हुन्छन् ।

 

बुहारीले श्रीमानको परिवारका व्यक्तिहरूलाई सेवा र सत्कार गरेर खुुसी तुल्याउनुपर्ने हुन्छ । सासूले आफू बुहारी हुँदा जस्तो नराम्रो व्यवहार भोगेकी हुन्छन्, त्यस्तै व्यवहार आफ्नी बुहारीमाथि दोहर्‍याउँछिन् । सासू अशक्त र बूढी भएपछि बुहारीले बदला लिन्छिन् । घरेलु र महिला हिंसाको चक्र चलिरहन्छन् ।

 

पहिलो सन्तान माइतमा जन्माउनुपर्छ भन्ने मान्यता राखिन्छ । बुहारी सबल भइन्जेल परिवारको सेवास्याहार गर्नुपर्ने, जब उसलाई सेवास्याहार जरुरी पर्छ, माइत पठाइदिने † पहिलो सन्तान छोरा जन्मिए केही हुन्न, छोरी जन्मिए सासूबाट थप अवहेलना र अत्याचार सहन तयार हुनुपर्छ । कतिपय नन्दले आफ्नी आमालाई ‘बुहारी यसरी तह लगाउनु’ भनी सुझाव दिइरहेका हुन्छन् । उनीहरूले आफू पनि कुनै घरको बुहारी हो भन्ने बिर्सन्छन् ।

 

आफ्नी छोरीले हिंसाजन्य व्यवहार गरेको सुन्दा आँसु झार्छन् । बुहारीमाथि त्यस्तै व्यवहार गर्न छाड्दैनन् । हरेक सासूले मेरी छोरी कसैको घरकी बुहारी हो र हरेक बुहारीले मेरी आमा कसैकी सासू हो भन्ने धारण मनमा राखेर माया र आदर गर्ने हो भने यो सासू–बुहारी सम्बन्ध सुमधुर बन्छ ।

 

महिला हिंसा महिलाबाटै हुन्छ भन्ने सुन्दा मन खिन्न हुन्छ । एउटी महिलाले अर्की महिलाको कुरा र दुःख बुझ्न सक्छे । एउटी महिला अर्की महिलाको दुस्खको कारण बन्न सक्छे । एउटी महिला अर्की महिलाको सहारा र सुखमय पारिवारिक जीवनको कारण किन बन्न सक्दिन ? हरेक महिलाले सासू–बुहारी सम्बन्ध नयाँ आयामबाट विकास गर्न सक्यौं भने घरेलु र महिला हिंसा न्यूनीकरण हुन्छन् । हिंसा रोक्न हामी महिला आफैं सजग हुनुपर्छ ।

 

माथि उल्लिखित परिदृश्य हरेक महिलाको जीवनमा मेल नखान सक्छ । समयको बदलाव र शिक्षाले कतिपय क्षेत्रमा छोरीप्रतिको व्यवहारमा फेरिएको छ । जहाँ शिक्षा र जनचेतनाको अभाव छ, त्यहाँ यस्तो परिदृश्य हेर्न पाइन्छ । हामी आफैंले प्रयास गरे यसमा परिवर्तन आउन सक्छ । छोरीहरूले स्वर्गको अनुभूति गर्न पाउनेछन् ।

लेखक अधिवक्ता हुन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement