भदौ १०, काठमाडौं। सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७३’ पत्रकार सृर्जना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित ‘हर सकेण्ड मनसुन’ फिचरका लागि उनलाई सो पुरस्कार दिने निर्णय गरेको सञ्चारिकाले जनाएको छ । उक्त पुरस्कारको राशि १५ हजार ९पन्ध्र हजार० रुपैयाँ रहेको छ ।
यसैगरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’ रेणु चौधरी, ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७३’ पत्रकारद्वय निराशी थामी ररुमु न्यौपानेलाई दिने निर्णय गरिएको पनि सञ्चारिकाले जनाएको छ । पुरस्कार यही सोमबार प्रदान गरिनेछ ।