भदौ १७, काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७८ सालको ‘पद्मश्री साधना सम्मान’ कथाकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै प्रतिष्ठानले कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथासङ्ग्रहलाई ‘पद्मश्री साहित्य पुरस्कार (२०७८)' प्रदान गर्ने निर्णय गरेको छ।
वज्ञप्तिमा उल्लेखगरिए अनुसार, “पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । उहाँका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत छन् । उहाँका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथासङ्ग्रह प्रकाशित छन् ।”
प्रतिष्ठानले विस २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठह¥याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।
पुरस्कारको को राशी रु. तीन लाख रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।