Advertisement
Advertisement
Advertisement
Advertisement

२१ बर्षीया रञ्जु काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार

  |      07:55:00   |  
रन्जु दर्शना
रन्जु दर्शना

काठमाडौं । विवेकशील नेपाली दलले २१ बर्षीया रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा चयन गरेको छ। विवेकशील पार्टीले काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उहाँलाई उम्मेदवार चयन गरेको बताएको छ।

 

विवेकशील नेपाली दलले आह्वान गरेको खुला उम्मेदवार नीति अन्तर्गत काठमाडौँको मेयर पदको लागि उम्मेदवार बन्न रन्जुले अग्रसरता देखाउनुभएको थियो। विवेकशील दलले सुन्दर काठमाडौँको सपनालाई अगाडि बढाउन रञ्जु नै सबभन्दा उपयुक्त उम्मेदवार भएको ठहर गरी घोषणा गर्ने निर्णय गरेको बताएको छ।

 

विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाले भन्नुभयो, ‘२० वर्षपछि पहिलोपल्ट स्थानीय निर्वाचनमा सहभागी हुने अवसर पाइरहेका हामी नेपालीलाई रन्जु दर्शनाको उम्मेदवारी एक ऐतिहासिक क्षण हो।’ उहाँले स्थानीय समस्या समाधान गर्न र भावी पुस्ताले देखेका सपना साकार पार्न अब नयाँ पुस्ताको नै महत्वपूर्ण भूमिका रहनुपर्छ भनेर रञ्जुलाई उम्मेदवार छानेको बताउनु भयो।

 

व्यवस्थित र समावेशी विकासको लागि आफ्नो ज्ञानको दायरा बढाउन विकास अध्ययन विषयमा स्नातक तहमा अध्ययनरत रन्जुले दलले तयार गरेको काठमाडौँलाई जनताको लागि काम गर्ने संसारकै सुन्दर सहर बनाउने परिकल्पना सक्रिय हुनुहुन्छ।

 

रञ्जुले आफू मेयर भए गर्ने कामको सूची समेत सार्वजनिक गर्नुभएको छ। उनका योजनामा काठमाडौँलाई झन्झटमुक्त, सुविधायुक्त बनाउने, धुवाँधुलोमुक्त हराभरा बनाउने, गरिखान पाउने उद्यमशील बनाउने, झिलिमिली बनाउने, विविधता झल्कने सम्पदा सहर बनाउनेलगायत छन्।

 

सँगै काठमाडौँलाई पैदलयात्रुमैत्री, साइकल(अपाङ्गमैत्री, पर्याप्त सार्वजनिक पार्क भएको तथा साझा, सफा, सहज सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिने रञ्जुले बताएकी बताउनु भएको छ।

 

‘हामीले तयार पारेको सपना र मार्गचित्र काठमाडौँबासीको हो जसलाई तयार पार्न हामीले यहाँका हजारौं मतदाताको सल्लाह र सुझावलाई महिनौं लगाएर संकलन गरेका थियौं। हामी सबै मिलेर नै काठमाडौँलाई संसारकै सुन्दर बनाउन सक्छौं जुन हासिल गर्न तपाईंहरूको सहयोग र समर्थन पाउने अपेक्षा राखेकी छु। तपाईंको सहयोगले नै काठमाडौँलाई जकडिरहेको उही पुरानो राजनीतिक सिन्डिकेटलाई तोड्न सक्छौं ’, रन्जु दर्शनाले थप्नुभयो। विवेकशील नेपालीले उपमेयर, वडाध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवारहरूको पनि चाँडै घोषणा गर्ने तयारी गरेको छ।

 

को हुन् रञ्जु ?
काठमाडौंमा २०५२ सालमा जन्मिनु भएकी रञ्जु तीन वर्षअघि विवेकशील पार्टीमा प्रवेश गर्नुभएको हो । दोस्रो संविधानसभाको निर्वाचनको दौरानमा विवेकशील नेपाली दलको बन्द विरोधी अभियानमा सहभागी हुँदै उहाँ राजनीतिमा लाग्नुभएको हो ।

 

हाल विवेकशील नेपाली दलकी मिडिया विभाग प्रमुख तथा केन्द्रीय सदस्य रन्जु दर्शना उक्त कार्यक्रममा सहभागी भएपछि विवेकशील नेपालीको समाज सेवा क्लबमा आवद्ध भई विभिन्न सामाजिक कार्यक्रमको नेतृत्व गर्दै आउनुभएको छ।

 

उहाँले २०७२ मंसिरसम्म आठ महिना विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला कार्यसमितिमा कार्यपालिका प्रमुखको जिम्मेवारी सम्हालि सक्नु भएको छ। रन्जु विवेकशील नेपाली दलको २०७२ मंसिरमा भएको प्रथम महाधिवेशन केन्द्रीय सदस्य चुनिनुभएको हो । अन्नपूर्णमा प्रकाशित खबर।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement