Advertisement
Advertisement
Advertisement
Advertisement

१७ बर्षकै उमेरमा भूमीगत भएकी जानकी उपमेयर

  |      13:34:00   |  
जानकी ऐर बम
जानकी ऐर बम

बैतडी । त्यतिबेला माओवादीको युद्ध चरमचुलीमा पुगेको थियो । सांस्कृतिक टोली सहित माओवादी गाउँगाउँमा पुग्थे । विद्यालयका विद्यार्थीहरुलाई अभियानमा लैजाने भन्दै एक गाउँबाट अर्को गाउँ लैजाने गर्थे । सर्वहारा वर्गको मुक्तिको आन्दोलन हो भनेर भाषणा पनि गर्थे । माओवादीको सांस्कृतिक कार्यक्रम र भाषणबाट प्रभावित भएर जानकी ऐर बम १७ बर्षकै कलिलो उमेरमा माओवादी युद्धमा सामेल हुनुभयो । २०५९ सालमा भूमीगत भएकी जानकी त्यसको १५ बर्षपछि जिल्लाको सबैभन्दा ठूलो पुरचौंडी नगरपालिकाको उपमेयर पदमा निर्वाचित हुनुभएको छ । यही असार १४ गते भएको निर्वाचनबाट जानकी उपमेयरमा निर्वाचित हुनुभएको हो । महिलालाई घरको चुलोचौकोबाट बाहिर निकाल्नु हुँदैन भन्ने संस्कारको अन्त्यका लागि माओवादी युद्धमा लागेको बताउने जानकीले अब महिलामुक्तिका लागि काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई हाम्रो क्षेत्रका महिलाका पीडा राम्ररी थाहा छ । ती पीडाको सम्बोधन गर्न हाम्रो समाजको दृष्टिकोणमा नै परिवर्तन ल्याउनुपर्छ । समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने काम गर्छु ।' माओवादी युद्धमा सरीक भएका बेला पनि अनेक थरी गाउँलेले कुरा काटेको जानकीको मनमा ताजै छ । उहाँले भन्नुभयो ‘महिला घरभन्दा बाहिर निस्केमा कुरा काट्नु स्वभाविकै हो । किनभने हाम्रो समाजले महिलालाई घरभन्दा बाहिर जानुनपर्ने संस्कारको विकास गरेको छ । अब त्यही संस्कारको अन्त्यका लागि हामी महिला दिदीबहिनी लाग्नुपर्छ ।' ‘हामीले हिजोसम्म व्यवस्था परिवर्तनको लडाई लड्यौं । अब यो व्यवस्थालाई संस्थागत गर्नका लागि लड्छौं'उहाँले भन्नुभयो, ‘प्रमुख नभएपनि उपप्रमुखमा हामी १० जना महिला दिदीबहिनी आएका छौं । हामीले एक भएर अगाडी बढेमा आगामी दिनमा महिला नेतृत्व सक्षम र सबल बन्न सक्छ ।' उपमेयर पदको पदभार ग्रहण गरेलगत्तै जानकी ऐर बमले आम शोषित महिलाको पक्षमा काम गर्ने बताउनुभयो । ‘महिलाको आर्थिक क्षेत्रमा अझै पहुँच पुगेको छैन । शिक्षाको क्षेत्रमा अझै पहुँच पुग्न सकेको छैन् । सामाजिक न्याय महिलामाथि भएको छैन् । यी कुराको सम्बोधन गर्नका लागि म हरदम तयार रहनेछु ।'उहाँले भन्नुभयो, म विद्यालय जाने उमेरमा भूमिगत भएकी हुँ । उतिबेलादेखि नै हरेक क्षेत्रमा महिला नेतृत्व आउनुपर्छ भन्ने मेरो मान्यता थियो । यसमा आगामी दिनमा म अडिग रहनेछु ।' नेकपा माओवादी केन्द्रको भगिनी संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को केन्दीय सदस्य समेत रहनुभएकी उपमेयर बमले पुरचौडी क्षेत्रका महिला अन्य क्षेत्रको तुलनामा कमजोर भएकाले उनीहरुको हरेक कोणबाट विकास गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘जसरी मलाई मतदाताले यो पदमा पुर्‍याउनुभयो । त्यसरी नै सबैको हितमा काम गर्नेछु । मुलतः महिलामुक्तिका लागि मेरो सक्रियता जारी रहनेछ ।' महिलालाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनुभयो । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।  ‘आर्थिक रुपले महिला सक्षम नहुँदा धेरै हिंसा खेप्नुपरीरहेकाले त्यसको अन्त्यका लागि सीपयुक्त र स्वरोजगार महिला बनाउनुपर्नेछ । त्यो दिशातर्फ म लागिरहनेछु ।'उहाँले भन्नुभयो, ‘वर्गीय हिसाबले हामी धेरै पछाडी छौं । कमजोर वर्गको उत्थानका लागि मेरो क्रियाशिलता रहनेछ ।'   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement