पुस ५, काठमाडौं । सरकारले ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड 'ख' को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्यामध्ये ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक)लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको हो।