असोज २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताएकी छन् ।
सोमवार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत रुपमा हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने बताइन् । उनले आगामी दिनमा हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरलाई फराकिलो पार्नुपर्ने जानकारी दिइन् ।
उनले भनिन्, ‘परम्परागत रुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन सकिने अवस्था छैन । यसमा व्यापक सुधार ल्याउन, सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउन सरकारको उद्देश्य रहेको छ ।