Advertisement
Advertisement
Advertisement
Advertisement

हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : महिलालाई अन्याय हुन दिन्न

  |      14:06:00   |  
गंगु खडायत
गंगु खडायत

बझाङ । जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित भईन् ।  

गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताए । 

महिलाले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजमा विसं २०५९ मा हलो जोत्दा उनलाई विभिन्नखालका अफवाह र लाञ्छनाहरु खेप्नु पर्‍यो । तर पनि उनी विचलित भईनन् ।  लगातार पाँच वर्षसम्म आफै हलो जोतेर आफ्नो खेती आफैँ लागए । 
"सबैका पुरुष सधैँ घरमा हुँदैनन्”, उनले भने – ँपुरुष घरमा नभएका महिलाले आफन्तलाई हारगुहार गरेर हलो जोति माग्नुपथ्र्यो, हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाले विभिन्नखालका यौन जन्य हिंसा र थिचोमिचो सहनु परेको देखेँ, अन्यायको जरा हलोमा अड्किएको देखेर हलो जोत्ने साहस गरेकी हुँ ।” शुरुमा महिलाले हलो जोत्दा खडेरी पर्छ अनिकाल पर्छ भनेर हल्ला फैलाए पनि पछि त्यस्तो केही नभएको देखेर यहाँका धेरै महिलाले आफैँ हलो जोत्ने साहस गरेको उनले बताए । 

 

विसं २०२० मा भारतको कर्नाटकामा जन्मनुभएकी गंगु साविक पाराकाट्ने गाविसका दिलबहादुर खडायतसँग विवाह गरेर २०४१ सालतिर बझाङ आएका हुन् । 

सूचना प्रविधिको शहरका रुपमा परिचित भारतको बेङ्लोर सहरमा हुर्किएकी गंगुले बझाङ जस्तो अन्धविश्वासको पराकाष्ठा रहेको ठाउँमा आएर स्थापित हुन थुप्रै संघर्ष गर्नुभयो । बझाङ आएको केही वर्षमै उहाँका श्रीमान्ले छोडेर हिँडे । एकल जस्तै बनेर एक सन्तानलाई हुर्काउने क्रममा उहाँले भोगेको कष्टले समाज बुझ्न सघायो । 

"महिलालाई यतिसम्म तल्लोस्तरबाट हेरिन्छ होला भन्ने सोचेकी पनि थिइनँ”, उहाँले विगत सम्झिँदै भन्नुभयो – ँआफूले नै परिवार समाजबाट भोग्नुसम्म पीडा भोगेँ, अनि विद्रोह नै गर्नुपर्छ भन्ने सोच पलायो ।” २०४९ साल को स्थानीय निर्वाचनमा निर्विरोध वडा सदस्य भएपछि राजनीति शुरु गर्नुभएका उहाँले त्यसबेलासम्म औपचारिक शिक्षा ५ कक्षासम्म मात्र पढको थिए विसं २०६७ मा ४७ वर्षको उमेरमा उहाँले एसएलसी पास गरे। 

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भइसकेपछि उनी गाउँपालिकाको समग्र विकाससँगै महिलाप्रति हेर्ने दृष्टिकोणलाई न्यायपूर्ण बनाउन आफू रातदिन लाग्ने दृढता व्यक्त गरिन् उनी भन्छिन् – ँनियमले उपाध्यक्षलाई न्यायिक समितिको जिम्मा दिएको छ, हाम्रो समाजमा थुपै्र अन्याय र शोषण कायमै छन्, यसबाट महिला र बालबालिका बढी पीडित छन्, त्यसैले उनीहरुलाई सुविधा हुने काम गर्छु ।” 

मदिरा नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताउँदै उपाध्यक्ष गंगु भन्छिन् – "आफू कमाइ नगर्ने भएका कारण महिला बढी समस्यामा छन्, विभिन्नखालका सीप सिकाएर महिलालाई गरिखाने बनाउनका लागि पहल गर्नेछु ।” खानेपानीको सुविधा सबै गाउँमा पुर्‍याउने, घाँसको वृक्षरोपण गर्नेदेखि लिएर विपन्न वादी महिलालाई आत्मनिर्भर बनाउनेसम्मका योजना सुनाउने उहाँले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने भएकाले थलाराका बासिन्दाले आफूलाई चुनेको बताए । 

यनी भन्छिन्– "हेर्दै जानुस्, थलारामा तपार्इंले अन्त कतै नभएको काम भयो भनेर समाचार लेख्ने दिन छिट्टै आउँदैछ, अन्तका मान्छेले हामीबाट सिक्ने गरी काम गर्छु ।” 

महिलाका पीडा मार्नका लागि आफू रातदिन नभनी खटेका कारण थलाराका बासिन्दाले आफूलाई पनि कुनै पार्टी नभनेर गंगुदेवी खडायतको नाममा मत दिएको उनको दाबी छ । रासस (राष्ट्रिय समाचार समिति)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement