Advertisement
Advertisement
Advertisement
Advertisement

स्त्रीको यौनाङ्गलाई घातक अस्त्र ठान्थे ट्रम्प

  |      19:36:00   |  
स्त्रीको यौनाङ्गलाई घातक अस्त्र ठान्थे ट्रम्प
  दीपेश केसी

लेखक : दीपेश केसी

‘स्त्रीको यौनाङ्गजति घातक हतियार सायद अर्को छैन,’ रेडियो प्रस्तोता हवार्ड स्ट्रनसागको अन्तवार्तामा डोनाल्ड ट्रम्पले भनेका थिए । संसारकै शक्तिशाली अमेरिकाको राष्ट्रपति निर्वाचित ट्रम्पको महिलामोह देखि महिलामाथिको यौन दुव्र्यवहार सम्मका घटना सनसनीपूर्ण छन् । कतिपय घटनाले उनलाई चर्चाको चुलीमा पुर्‍यायो त कतिपयले समस्यामा पार्‍यो । राष्ट्रपति निर्वाचनका दौरान यौन दुराचारसम्बन्धि आरोपले पिरल्यो । त्यस्ता आरोपमध्य ट्रम्पले आफूसँग जोडिएर चर्चामा आउने र लाभ लिने उद्देश्य भनी आरोपको खण्डन गरे । 


आरोपहरूलाई निराधार भनेपनि ट्रम्पको यौन जीवन विवाद र चासोको विषय मध्येको हो । कतिपय चर्चिन महिलासँग आफूले रोमान्स गरेको सम्म भने । ट्रम्पले १४ वर्ष छँदा पहिलोपटक यौनसम्बन्ध राखेको खुलासा रेडियो कार्यक्रममा हवार्ड स्ट्रनसँग अन्तवार्ताका क्रममा गरेका थिए । स्कुल पढ्ने सुन्दर किशोरीसँग पहिलोपटक सम्बन्ध राखेको खुलासा गर्दै भने,‘तिनी असाध्यै कामुक थिइन् ।’ उनले भनेका थिए,‘१५ सुपरमोडलको लिष्ट बनाइदिएर अप्ठ्यारो बनाइदिन्छौ तर विवाहित भएकाले मेरा लागि यो त्यस्तो कुरा गर्ने समय होइन ।’ 


यौनबारे निकै खुल्ने र कहिलेकाहीं उग्र र अश्लील बोली बोल्ने उनी आफूलाई कामुक पुरुष भन्ठान्थे । ट्रम्प यौनबारे निकै विवादास्पद बोली बोल्थे । माइ सेकेण्ड बिजनेशका लेखक माइकल ग्रोसका अनुसार उनीसँगको अन्तर्वातामा ट्रम्पले यौन क्षमताबारे घमण्ड गरेका थिए । उनले उल्लेख गरेका छन्,‘मैंले जत्तिको धेरै यौन सम्पर्क कसैले गरेको छैन होला ।’ विश्वका अधिकांश देश र नश्लका महिलासँग यौन सम्बन्ध राखिसकेको भन्दै घमण्ड गर्थे । विश्वका कतिपय अवस्थामा आफूले सुपरमोडलसँग यौनसम्बन्ध राखेको दृश्य हेरेको समेत बोलेका थिए। 
 

टेलिभिजन कार्यक्रम ‘फ्राइडे शो’ मा प्रश्नकर्ताको उत्तर दिने क्रममा रजश्वलाको अवस्थामा राखेको यौनसम्बन्ध, एकैपटक तीनवटा महिलासँग राखेको यौनसम्बन्ध र ३५ वर्ष नाघेपछि महिलालाई बेवास्ता गर्ने स्वभावबारे चर्चा गरे । कतिपय अवस्थामा महिलालाई घृणा गर्ने र विश्वास नगर्ने मनोवृत्ति प्रकट गरे । उनी आफू संख्यामा भन्दा गुणमा विश्वास गर्ने भन्दै दुनियाँका मै हुा भन्ने महिलासँग सम्बन्ध राखेको खुलासा गर्दा दंग हुन्थे । अश्लील चलचित्रकी कलाकार भिक्टोरिया जेड्रोकलाई सेक्स प्रस्ताव गर्दै आफूसँग एकपटक सम्बन्ध राखेपछि अर्को व्यक्ति खोज्न छाड्ने बताएका थिए । आफूसाग जति अरु कसैमा यौनशक्ति नभएको दाबी गर्थे। 
 

मान्छेले सेक्स असाध्यै चाहने तर्क गर्थे ट्रम्प । संसारमा सेक्स नचाहने व्यक्ति नभएको उनको भनाई थियो । सेक्सका मामलामा आफू निकै अनुभवी र जानकार भएको देखाउाथे । यौनसम्बन्धि विज्ञ नै जसरी आफूलाई प्रस्तुत गर्थे । स्ट्रनसँगको अन्तवार्तामा भनेका छन्,‘३० वर्षको उमेर डेटिङका लागि महिलाको उपयुक्त उमेर हो ।’ ३५ सम्ममा ठिकै हुने र त्यसपछि उपयुक्त नहुने बताएका थिए । २४ वर्ष कस्तो हुन्छ भनी सोध्दा भने,‘जर्बजस्त हुन्छ ।’ रजश्वलाको समयमा पनि सम्बन्ध राखेको भने । कुनैबेला तीनवटा युवतीसँग एकसाथ यौन सम्बन्ध राखे नराखेको बारे सोध्दा उनले घुमाउरो पाराले राखेको जवाफ दिए । विश्व सुन्दरीहरूसँग यौन सम्बन्ध राखे नराखेको बारेको प्रश्नमा चाहिं उनी बोल्न चाहेनन् । उनले छैन पनि भनेनन् । 


मिस युनिभर्स, मिस युएसए, मिस युएसएलगायत प्रतियोगिताका आयोजक उनीमाथि त्यस्ता युवतीहरूलाई प्रभावमा पारेको आरोप नलागेको होइन । कुनै देशकी सुन्दरीसाग सम्बन्ध राखेको भए अगाडि अक्षर भन्न भन्दा उनले ठट्टा गर्दै भनेका थिए,‘कतिवटा ?’ कुनै देशकी सुन्दरीसँग सेक्स प्रस्ताव राखे नराखेको बारे सोध्दा उत्तर थियो,‘म त्यस्तो पाराको मान्छे होइन ।’ 


कसैले नाई नभन्ने तर उनीहरूको मनमा ठेस पुर्‍याउने मनशाय नभएको जवाफ दिए । सुन्दरी प्रतियोगिताको समयमा सबै ठिक ठाक छ कि छैन भनेर बुझ्न सबैतिर प्रवेश गर्ने गरेको र कपडा फेर्ने कोठमा समेत पुग्ने गरेको सुनाएका थिए । कतिपय अवस्थामा कोही नाङ्गो अवस्थामा समेत हुनेगरेको खुलाए । 


हरेक हप्ता कुनै न कुनै नयाँ मोडलसागसँग ट्रम्प रहने गरेको खुलासा समेत भयो । ट्रम्प आफैले यौनबारे घमण्ड देखाउँदै यस्ता विषयको पुष्टि गर्ने आधार दिएका छन् । उनको नाम कार्ला बु्रनी यटसँग जोडियो । कार्ला तिनै मोडल हुन् जसको विवाह फ्रान्सका तत्कालिन राष्ट्रपति निकोलस सार्कोजीसाग भयो । कार्लासँगको जोडिएर चर्चामा आउने रणनीति समेत अपनाए ट्रम्पले । ट्रम्पलाई चिन्नेभन्दा कार्लालाई चिन्ने ठूलो संख्यामा रहेकाले चर्चामा आउनका लागि यस्तो उपाय निकाले । कार्लाले ट्रम्पसँग कहिले पनि रोमान्समा नरहेको बताइन् । 


न्यूयोर्क पोष्टले दुवैबीचको रोमान्सबारे बनाएको कथाबाट आफूले लज्जा अनुभव गरेको बताइन् । बरू ट्रम्प आफ्नो पछि लागेको घटना सुनाइन् । होटलमा एउटा परोपकारी कार्यक्रममा ट्रम्प पछि लागेपछ आफूहरूले उल्लु बनाएको कार्लाले उल्लेख गरिन् । तर, आफूसागको रोमान्सलाई योजनावद्ध तरिकाले तयार गरी प्रकाशित गर्न लगाएको आरोप लगाइन् । ट्रम्पमाथि आक्रोश पोख्दै भनिन्,‘ट्रम्प जहिले पनि पागल छन् ।’ सुपरमोडल देखि चर्चित अनुहारसँग नाम जोडिदै डोनाल्ड सबैको चासो र चर्चाको पात्र बन्न पुगे । ट्रम्प टावर देखि भव्य महलहरूमा नाम राख्दा समेत उनको चर्चा चुलिएन । तर, सुन्दर महिलाहरूसँग नाम जोडिएपछि बल्ल उनी चर्चाको शिखरमा पुगे । 


महिलाको सुन्दरता उनका लागि मात्र चुम्बक सावित भएन दुनियााको दृष्टिका लागि समेत आकर्षण बन्न पुग्यो । अरुको नामसँग जोडिएर चर्चा कमाएका उनले यही शैलीलाई निरन्तर अपनाए । त्यसैले उनीमाथि महिलालाई प्रयोग गरेर नाम, दाम र शक्ति आर्जन गरेको आरोप लाग्ने गर्छ । उनको जीवनका पानाहरू पल्टाउादा यही नीति अख्तियार गरेको आरोपले बल पाउँछ । 


ट्रम्पले कामदार देखि व्यक्तिगत जीवनमा आएका महिलामाथि गलत व्यवहार गर्ने देखि नकारात्मक बोली बालेको आरोप लाग्यो । यही व्यवहारका कारण उनी महिलाबाट धोका पाउाथे । कतिपयले उनीसँग लामो समय बिताउन नसक्ने अवस्था देख्थे । ट्रम्प जसलाई चाहन्थे तिनले अस्वीकार गरेका थिए । जसमध्ये कार्ला बु्रनी र जिल हर्थको नाम प्रमुख रुपमा आउँछ । हुनत ट्रम्पले ब्रुनीसँगको रोमान्स बाहिर ल्याएका थिए । तर, ब्रुनी ट्रम्पलाई मन पराउँदिनथिइन् । 


कतिपय महिलाले ट्रम्पको स्वभावको खरो आलोचना गरे । उनी विश्वास योग्य नभएको र आफ्नो स्वार्थका लागि जे पनि गर्ने र जे पनि बोल्ने गरेको आरोप लगाए । उनीमाथि कतिपय महिलाले गम्भीर आरोप लगाए । जसमध्ये सन् १९९० ट्रम्पको जीवनमा धेरै समस्या आयो । केही वर्षका बीच उनीमाथि यौन दुव्र्यवहारका धेरै आरोप लागे । एकपछि अर्को गर्दै लाग्ने गरेको आरोपले उनको चरित्रमाथि प्रश्न उठे । तर, यस्तै घटनाले उनी चर्चामा आए । 

(हालै बजारमा आएको केसीद्वारा लिखित पुस्तक डोनाल्ड ट्रम्प: चमत्कारै चमत्कार पुस्तकको सम्पादित अंश)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement