Advertisement
Advertisement
Advertisement
Advertisement

सृष्टी खड्का देशकै पहिलो महिला गुल्मपति

  |      21:42:00   |  
 सृष्टी खड्का
सृष्टी खड्का

काठमाडौं। नेपाली सेनामा पहिलो पटक महिला अधिृकत सृष्टी खड्कालाई  गुल्मपतिको जिम्मेवारी दिइएको छ । सेनाले महिलाहरुलाई मात्र समेटेर पहिलो पटक खोलेको गुल्मको प्रमुखमा महिलालाई नै गुल्मपती बनाएको हो ।

नेपाली सेनाले हाल सेवादलमा कार्यरत मेजर सृष्टी खड्कालाई साउन १ गतेको सरुवामा गोरखकाली गुल्मको गुल्मपतीको जिम्मेवारी दिएको  हो । 

उपत्यका पृतना भित्र रहने गरी सेनाले महिला गुल्म बनाएको छ । सेनामा स्टाफ कलेज नगरेकोलाई गुल्मपति नदिने नियम भएपनि महिला गुल्मको हकमा भने त्यो नियम लागु  भएको छैन् । सेनानी खड्का २०६१ माघ १७ मा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन् । उनको पहिलो पोष्टिगं राजदल गणमा भएको थियो।

त्यसपछि उनले सेनाको मनोवैज्ञानिक शाखा,सुदुरपश्चिम पृतना हेडक्वार्टर  र  राष्ट्रिय सेवा दलमा काम गरेकी थिईन ।  मेजर खड्कासंग शान्ती स्थापनार्थ सुडानमा समेत काम गरेको अनुभव छ । खड्काको बेसिक आर्टीलरी भएपनि उनले प्रायजसो इन्फेन्ट्री युनिटमा बसेर काम गरेकी  छन् ।

सैनिक प्रवक्ता झंकरबहादुर कडायतले गुल्मपतीको लागी स्टाफ कलेज अनिवार्य नहुने बताए । "गुल्मपति हुन सवैको हकमा स्टाफ कलेज नै गरेको हुनुपर्ने भन्ने नियम लागु हुदैन, गणपति र गुल्मपति राम्रा र उत्कृष्ठ काम गरेका नन स्टाफ कलेज सैनिक अधिकृतलाई पनि दिने चलन छ ।”  सैनिक प्रवक्ता कडायतले भने ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement