मंसिर २५, काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा ५०० रुपैयाँ घटेको हो । यो दिन सुनको भाउ प्रतितोला १ लाख १७ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँ थियो ।
यो दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।