कार्तिक १४, काठमाडौं । आज मंगलबार सुनको भाउमा गिरावट आएको छ। यो दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजोको दिन सुनको भाउ ५०० रुपयाँले घटेको थियो । हिजो छापावाला सुन प्रतितोल १ लाख १६ हजार ५०० रुपयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।