साउन ४, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउले यसअघिको अलटाइम हाई ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ।