कार्तिक १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलमा २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ भने र १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ प्रतितोलामा ७०० रुपैयाँले बढेको छ । हिजो प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार १५० रुपैयाँ किनबेच भएको थियो।
चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।