Advertisement
Advertisement
Advertisement
Advertisement

सिरियाः एक महिनायताकै ‘सबैभन्दा भीषण हमला’

  |      13:49:00   |  
सिरियाः एक महिनायताकै ‘सबैभन्दा भीषण हमला’

भाद्र २४, काठमाडौं । सिरिया र रुसले विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार इड्लिबका दक्षिणी भागका साथै हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना बनाइएको छ।

 

इड्लिब प्रान्त विद्रोही नियन्त्रित अन्तिम महत्त्वपूर्ण क्षेत्र हो र रुसको सहयोगमा सिरियाली सरकारी फौजले त्यहाँ हमला गरेका हुन्। यसअघि रुस र इरानले मानवीय सङ्कट उत्पन्न हुनसक्ने त्रासका बीच सङ्घर्षविराम गर्नुपर्ने आग्रह शुक्रवार अस्वीकार गरेका थिए।

 

हिंसात्मक
ब्रिटेनमा अवस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र विपक्षी सम्बद्ध इड्लिब मीडिया सेन्टरले शनिवार बताए अनुसार सरकारी फौजका हेलिकोप्टरहरूले इड्लिब र उत्तरी हामामा १९ वटा ब्यारेल बम खसालेका थिए। त्यस्तै रुसी लडाकु विमानले ६८ वटा हवाई हमला गरेको उनीहरूले बताएका छन्।

 

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार १० अगष्टयताकै सबैभन्दा हिंसात्मक र भीषणु हमलाहरू गरिएका छन्। दक्षिणी इड्लिबमा मात्रै दुईजना बालबालिकासहित नौजना सर्वसाधारणको ज्यान गएको सो संगठनले जनाएको छ।

 

महत्त्वपूर्ण
इड्लिब किन महत्त्वपूर्ण छ भन्नुपर्दा सिरियाली सरकारविरुद्ध विगत सात वर्षदेखि लडिरहेका विद्रोही र जिहादीहरूको बलियो पकड भएको त्यो अन्तिम क्षेत्र हो। इड्लिब सिरियाका महत्त्वपूर्ण राजमार्गहरूसँग जोडिएको छ र सरकारले त्यसलाई पुनः नियन्त्रणमा लिए केही छरपस्ट क्षेत्रमा विद्रोहीहरू सीमित हुन पुग्नेछन्।

 

उक्त प्रान्तमा कुनै एउटा समूहको मात्र नभइ कैयौँ समूहहरूको नियन्त्रण रहेको बताइन्छ। त्यसमा अल(कायदा सम्बद्ध जिहादी समूहहरू र टर्की समर्थित न्याशनल लिबरेशन फ्रन्टका प्रतिद्वन्द्वी समूह लगायत छन्।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement