Advertisement
Advertisement
Advertisement
Advertisement

साहसिक १७ जना महिलाहरुको रोयल इनफिल्ड मोटरसाईकल र्याली

  |      21:47:00   |  
वुुमन इम्पावरमेन्ट इन मोटरसाइक्लिङि, काठमाडौंमा
वुुमन इम्पावरमेन्ट इन मोटरसाइक्लिङि, काठमाडौंमा

काठमाडौं। नेपालको व्यवसायिक तथा औद्योगिक घराना एमभी दुुगड ग्रुपको विवेक अटोमोबाईल्स प्रा.लि.ले १०७ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बुधबार पाँचौै पर्वतीय खेलकुद महोसवअन्तरगत नेपाल अटोमोबाईल्स एसोसिएसनसँगको सहकार्यमा वुुमन इम्पावरमेन्ट इन मोटरसाइक्लिङि कार्यक्रम आयोजना गरेको छ । 

 

पछिल्लो समय देशमा अटोमोवाइल्स मोविलटी प्रयोगकर्ता नारीको संख्या बढिरहेको छ । यही कारण नारी दिवसमा नारी सशक्ताको सन्देश प्रवाह गर्ने उद्देश्यले विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाईकल उत्पादक कम्पनी रोयल इनफिल्ड (बुलेट)ले नारी दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो । 

 

कार्यक्रममा साहसिक १७ जना नारीहरुले रोयल इनफिल्डको मोटरसाईकल र्यालीमा सहभागिता जनाएका थिए । र्यालीमा सहभागी महिलाहरुलाई बुलेट देवीको सम्मान समेत दिइएको आयोजकले जनाएको छ । 

 

समाजमा नारीको विशिष्ट भूमिका, सामाजिक, आर्थिक, व्यवसायिक नारीको विशेषज्ञताको सन्देश प्रवाह गर्नु, साहसिक खेल प्रवद्र्वन गर्नु, सडक सुरक्षाको सन्देश फैलाई ट्राफिक संकेतका बारेमा जनमानसमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको । 

 

र्याली नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपबाट सुरु भई भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, हरिहरभवन, पूलचौक, जावलाखेल (परिक्रमा) पूलचौक, कुपण्डो, थापथली, माईतीघर, तीनकुने, एयरपोर्ट, पिङ्गलास्थान, गौशाला, जयबागेश्वरी, गुहेश्वरी, नयाँबस्ती, जोरपाटी (बागमतीपुल) नोरलिङ्ग रिसोर्ट गोकर्णमा पुगी समापन भएको थियो ।  

 

कार्यक्रमको उद्घाटन सांसद मीलनकुमारी राजवंशीले गरिन् भने सो अवसरमा नेपाल पर्यटन वोर्डका वोर्ड सदस्य कृष्णकुमार अर्याल, नासाका उपाध्यक्ष सीताराम न्यौपाने र रोयल इनफिल्डका हेड अफ अपरेसन मेघराज पौडेलको समेत सहभागिता थियो । 

 

सो अवसरमा सहभागीका बीचमा बाईक धकेल्ने प्रतियोगिता र हेल्मेट टावर जस्ता मनोरञ्जनात्मक खेल प्रतियोगिता संञ्चालन भएको थियो । 

 

विवेक अटोमोवाइल्स प्रा.लिले आफ्ना शाखा तथा डिलर मार्फत २१ स्थानबाट रोयल इनफिल्डको विक्री वितरण तथा बिक्री पछिका सेवा प्रदान गरिरहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement