असोज १९, काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील गरेकी छन् । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उनले सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध गरेकी छन् ।
शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने गतिवधिमाथि मलजल गर्न मिथ्या सूचना उपयोग भइरहेको तर्फ समेत ध्यानाकर्षण गराएकी छन् ।
‘कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु पर्छ ।’