Advertisement
Advertisement
Advertisement
Advertisement

संघीय प्रणालीमा महिला

  |      15:47:00   |  
साभार
साभार

-गोमा धमला 

काठमाडौं । केन्द्रिकृत शासन प्रणालीबाट उत्पन्न समस्याहरू सम्बोधन गर्न तथा शासन प्रणालीमा आमजनताको पहुँच सुनिश्चित गर्न नेपालमा संघीय शासन प्रणाली अवलम्बन गरिएको छ । एकात्मक शासन प्रणालीमा सम्पूर्ण राज्यशक्ति केन्द्रीय सरकारमा रहेबाट राज्यका सेवाहरू लिन केन्द्र नै धाउनुपर्ने भएकाले उक्त सेवा महँगो एवं असुविधाजनक हुनुका साथै कतिपय अवस्थामा त असम्भव भएको उदाहरण छ । अझ सम्पत्तिको स्वामित्वका लागि लड्नुपरेका, घरायसी जिम्मेवारीमा रुमल्लिएका तथा सामाजिक असुरक्षाबाट पिल्सनुपरेका महिलाहरूका लागि त उक्त सेवा अझ कठिन भएको स्पष्ट छ । त्यस्ता सेवाहरूमा पहुँचबाट वञ्चित हुनु पनि महिला अधिकार एवं सशक्तीकरणको मार्गमा व्यवधान हो । संघीय शासन प्रणालीमा सरकार जनताको निकट आउँछ, राज्यका सेवाहरू केन्द्र, प्रान्त एवं स्थानीय स्तरमै प्राप्त हुने भएकाले सेवाग्राहीको दृष्टिले यो प्रणाली कुशल, किफायती एवं बढी प्रभावकारी मानिएको छ । 

राष्ट्र निर्माणका हरेक अंगमा महिलाहरूको प्रतिनिधित्व, पहुँच एवं सहभागिता सुनिश्चित गर्नु महिला आन्दोलनको प्रमुख लक्ष्य हो । राष्ट्रको कार्यकारी निकाय तथा नीति निर्माण तहमा महिलाको उपस्थितिले समतामूलक समाज निर्माणमा दुर्लभ सहयोग हुने निश्चित छ । संघीय प्रणालीमा राज्यशक्ति संघ, प्रदेश र स्थानीय तहमा संविधानबाटै वितरण गरिने भएकाले नेपालको संघीय प्रणालीले महिलाहरूलाई गच्छेअनुसार राजनीतिक अवसर प्रदान गर्ने देखिन्छ । राजनीतिमा महिलाहरूको प्रवेशलाई नै अनौठो मान्ने हाम्रो जस्तो पितृसत्तात्मक समाजमा संघीय प्रणालीले महिलाहरूले गर्नुपर्ने संघर्षलाई उचित अवसर एवं परिणाम प्रदान गर्नेछ । यसका साथै राज्य संयन्त्रहरूमा महिलाहरूको अनिवार्य उपस्थितिको प्रावधानले त अझ यो प्रणालीमा सुगन्ध थपिएको महसुस गरिएको छ । 

संघीय प्रणालीको अर्को लक्ष्य हो–सामाजिक विविधताको व्यवस्थापन । आधुनिक संघीयता पहिचान–संवेदनशील हुन्छ अर्थात् सीमान्तकृत र बहिष्करणमा परेका सामाजिक समूहहरूको बाहुल्य सुनिश्चित हुने गरी प्रदेश र स्थानीय तहको सीमाङ्कन गरिन्छ जसबाट त्यस्ता समूहको राजनीतिक अवसरको दायरा अझ फराकिलो भएर आउँछ । यो पनि समतामूलक समाज निर्माणकै एउटा प्रक्रिया हो । जब हामी पहिचानमा आधारित राजनीतिक अंग बनाउँछौं तब हाम्रो नेपालरूपी बगंैचामा लुकेर, पिल्सिएर बसेका पुष्पहरूको सम्मान र मर्यादा बढेर आउँछ । तिनले हाम्रो बगैंचाको सुन्दरता बढाउन थप योगदान गर्छन् अर्थात् संघीय प्रणालीले राष्ट्र निर्माणमा योगदान गर्ने समान अवसर प्रदान गर्छ । हुन त महिला सशक्तीकरण र अधिकारका मुद्दाहरू पहिचानमा अन्तर निहित छैनन्, तथापि बहिष्करणमा परेका समाजका महिलाहरूका लागि यसले उचित अवसर प्रदान गर्ने निश्चित छ । 

संघीयता आएपछि महिला अधिकार र सशक्तीकरणका मुद्दाहरू स्वत: स्थापित हुने जस्तो देखिन्छ तर यहाँ एउटा प्रश्न सान्दर्भिक देखिन आउँछ : नेपालको संघीय प्रणालीको लैङ्गिकता के हो ? उत्तर स्पष्ट छ : संघीय प्रणाली लैङ्गिकता निरपेक्ष हुन्छ । संघीय प्रणाली एउटा राजनीतिक संरचना हो जसमा राज्यशक्ति संविधानत: विभिन्न तहमा बाँडफाँड गरिन्छ । विगतमा नेपालको एकात्मक प्रणालीमा कार्यकारिणी, विधायिका र न्यायिकशक्ति केन्द्रमा सीमित थियो भने अबको संरचनामा यी तीनवटै शक्ति विभिन्न प्रान्त र स्थानीय तहहरूमा बाँडफाँड गरिएको छ । संविधानका विभिन्न अनुसूचीमा तोकिएका विषयमा हरेक तहका विधायिका र कार्यकारिणीले आफ्ना लागि आफै नीति र कानुनहरू निर्माण गर्नेछन् । यसबाट आफ्नो प्रदेशमा स्वशासन सुनिश्चित हुन्छ भने केन्द्रीय तहमा साझा शासन स्थापित हुन्छ । 

अब अघिकै प्रश्नतर्फ फर्केर नियाल्ने हो भने स्पष्ट हुन्छ–संघीय प्रणाली र महिला अधिकार सन्निकट र अन्तर सम्बन्धित होइनन् । संघीयताको फल जसरी आमजनतामा पुग्छ त्यसरी नै महिलाहरूमा पनि पुग्ने हो यद्यपि यो प्रणालीमा सरकार जनताको निकट आउने भएकाले महिला सशक्तीकरणका व्यवधानहरूको असर न्यून हुन्छ । संघीय प्रणाली आफैले महिला अधिकार र सशक्तीकरण सुनिश्चित गर्दैन, केवल अवसर प्रदान गर्छ जसको अधिकतम सदुपयोग गर्न सके समतामूलक समाज निर्माण हुनसक्छ । 

संघीय प्रणालीमा राज्यका हरेक निकायमा महिलाहरूको पहुँच, प्रतिनिधित्व एवं सहभागिता सुनिश्चित गर्न राज्यले महिलामैत्री नीति बनाउनुपर्छ । हाम्रो संविधानमा उल्लिखित केन्द्रीय, प्रान्तीय र स्थानीय तहको विधायिकामा महिलाहरूको अनिवार्य प्रतिनिधित्व तथा सबै तहका सरकारमा समावेशिता र राष्ट्रपति वा उप–राष्ट्रपति तथा सभामुख वा उप–सभामुखमध्ये एक पद फरक लिंगबाट प्रतिनिधित्व हुने व्यवस्था महिला समावेशिकरणका सकारात्मक पाइला हुन् । संविधानको यही भावनालाई अब बन्ने नीति र कानुनमा प्रतिबिम्बित गर्न सके संघीय प्रणाली महिलामैत्री हुनसक्छ अर्थात् अबको चुनौती हो–संघीयताको लंैगिकीकरण ।

भनिन्छ, संविधान त एउटा कोरा कागज मात्र हो, व्यावहारिक प्रयोग नै यसको प्राण हो, जुन दायित्व राजनीतिक नेतृत्व एवं राज्य संयन्त्रमा निहित छ । यसका लागि विगतको जस्तो दलगत एवं पारिवारिक स्वार्थलाई राष्ट्रिय हितभन्दा माथि राखी अभ्यास गर्दा आमभावना र चाहना जसरी धराशायी भए त्यसरी नै यो संविधानको अभ्यासमा पनि त्यही नियति दोहोरिने हो भने यसको पनि ढुकढुकी बन्द हुने पक्का छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement