Advertisement
Advertisement
Advertisement
Advertisement

श्रमदानका लागि महिलाकै भर

  |      10:50:00   |  
गोरखा लापुस्थित कालरात्रि माविको पुनर्निर्माणमा जुटेका महिला । अन्नपूर्ण
गोरखा लापुस्थित कालरात्रि माविको पुनर्निर्माणमा जुटेका महिला । अन्नपूर्ण

►शिव उप्रेती 

लापु (गोरखा) । भुइँचालोले भत्काएको कालरात्रि मावि लापुको भवन पुनर्निर्माणका लागि गुम्दाको लप्सीबोटबाट रड बोक्ने जिम्मा स्थानीयको काँधमा आयो । पुनर्निर्माण गर्दा पुरुषले ज्यालाको काम गरेका थिए । श्रमदान गरेर रड बोक्न भने महिलाको मात्र धुइरो लाग्यो ।
माहिला नेपाल नामक एक गैरसरकारी संस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाका लागि पाइपलाइन खन्ने काम पनि गाउँलेको जिम्मा थियो । पुरुषहरू ज्याला(मजदुरीमा थिए । श्रमदानबाट पाइपलाइन खन्ने कामका लागि महिला नै जुटे ।
यी केही उदाहरण मात्र हुन् । यसैगरी यहाँ श्रमदानबाट गर्नुपर्ने काममा पुरुषभन्दा धेरै महिला नै जुट्ने गर्छन् । 'पहिल्यैदेखि यस्तो चलन छ गाउँमाु, गणेश गुरुङले भने, 'पुरुष पैसा कमाउने काममा जान्छन् अनि सामाजिक काममा महिला मात्र हुन्छन् ।' सामाजिक काममा जाने पुरुषको संख्या थोरै संख्या थोरै रहेको उनको भनाइ छ । '९५ प्रतिशत महिला नै हुन्छन्,' उनले भने ।
वैदेशिक रोजगारीका कारण गाउमा पुरुषको संख्या न्यून छ । भएकाहरू पनि ज्याला तथा निमेकमा काम गर्नुपर्छ । लापुमा हरेक घरबाट तीन/चारजना वैदेशिक रोजगारीमा गएको स्थानीय शिक्षक वीरबल गुरुङ बताउँछन् । 'अझ कसैको घरबाट त चारपाँचजना पनि वैदेशिक रोजगारीमा गएको देखेको छुु, गुरुङ भन्छन्, 'त्यसैले गाउँमा पुरुष कम छन् । भएका पुरुष पनि घरखर्च जुटाउन ज्यालादारी काममा जानुपर्छ । अनि श्रमदान गर्ने काममा महिला मात्र हुन्छन् । पुरुषहरू कत्ति पनि नहुनेचाहिँ होइन ।'
लापुमा मात्र होइन, वैदेशिक रोजगारीमा गएका अधिकांश ग्रामीण भेगमा श्रमदान गर्नुपर्ने काममा महिलाको संख्या उल्लेख्य हुने गरेको छ । पुरुषको र महिलाको ज्यालामा विभेदका कारण यस्तो हुने गरेको लाप्राकका मार्सिङ गुरुङ बताउँछन् । 'लाप्राकतिर सामाजिक काम गर्नुपर्‍यो, श्रमदान गर्नुपर्‍यो भने सयमा १५ जना मात्र पुरुष हुन्छन् । अरू सबै महिला नै हुन्छन्,' उनले भने ।
घरमा महिला छैनन् भने छिमेकी महिलालाई ज्याला दिएर पनि श्रमदान गर्न पठाउने चलन रहेको उनको भनाइ छ । 'यतिसम्म हुन्छ कि आफू ज्यालादारीमा काम गर्न जान्छन् अनि श्रमदान गर्नुपर्ने ठाउँमा अरू महिलालाई ज्यालामै पठाउँछन्,' उनले भने, 'कसैकसैले एकजना पुरुषबराबर दुईजना महिलाका दरले पनि श्रमदान गर्न पठाउने गर्छन् ।'  यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement