Advertisement
Advertisement
Advertisement
Advertisement

शहरमा अहिले महिलावादको वकालत गर्नेहरु थपिए

  |      21:45:00   |  
शहरमा अहिले महिलावादको वकालत गर्नेहरु थपिए

– अश्वत्थामा

‘नारीवादी हुन् ।’
– एक सक्रिय राजनीतिक कार्यकर्तालाई समकक्षी पुरुषले ढाड पछाडि टिप्पणी गरेको सुनियो । यस्तरी भन्दै थिए, मानौं नारीवादी हुनु ठूलै अपराध हो । त्यतिबेलै सम्झनामा आएको थियो, चिमामान्डा अदिचीको पुस्तक ‘वी शुड अल बी फेमिनिस्ट’ । अदिचीलाई १४ वर्षको उमेरमा जसरी उनको साथीले ‘नारीवादी’ भनेको थियो । त्यही टोन भेटिन्थ्यो ती टिप्पणीकर्ताको आवाजमा पनि । ‘उसको शैलीबाट म भन्न सक्छु – यो त्यही शैली थियो जतिबेला कुनै मानिस भन्छ– तिमी आतंकवादको समर्थक हौ ।’ अदिचीले लेखेकी छन् पुस्तकको शुरु खण्डमै । ती टिप्पणीकर्ताको शैली र नियत बुझ्दा चित्त नबुझेको पक्कै हो । तैपनि कुनै जवाफ दिइएन, थामेरै राखियो ।

 

 

‘नारीवादीहरु घर भाँड्छन् ।’
– फेरी सुनियो कुनै उपबुज्रुकको टिप्पणी । त्यतिबेला पनि सम्झनामा आएका थिए म्यारी वोल्स्टोनक्राफ्टहरु, जो थिए नारीवादका आरम्भकहरु । अनि सम्झनामा आएका थिए भर्जिनिया उल्फहरु पनि । तैपनि कुनै जवाफ दिइएन, थामेरै राखियो ।

 

 

‘नारीवादी होइन, समानतवादी हुनुपर्छ ।’
– पटकपटक सुनियो यस्तै आशयका लामा लामा भाषणहरु । समानता के हो रु नारीवाद के हो रु सोध्ने मन जागेको थियो । त्यतिबेलै सम्झनामा आएका थिए रोजा लक्जम्बर्ग र क्लारा जेट्किनहरु । तैपनि कुनै जवाफ दिइएन, थामेरै राखियो । पत्रपत्रिकामा प्रकाशित विभिन्न लेखरचना पढ्दा नारीवादबारे लेखुँ र बोलुँ भइरह्यो । कैयौंपटक लेखियो र मेटियो । लेखेर पनि प्रकाशनमा पठाइएन । बरु ती लेखरचना र सामाजिक सञ्जालका स्टाटसमाथी भएका टिप्पणी र प्रतिटिप्पणी हेरेर बसियो ।

 

 

‘महिला दिवस मनाउँदै छौं, तर नारीवादी नहुनु भनिएको छ ।’ कसैले सुनाएपछि भने लाग्यो, अब त बोल्दा ठिकै होला । यो लेखोट मनको त्यही सकसक हो । लाग्ला कसैलाई नारीवादमाथीको बहस हो । तर माफ पाउँ नारीवादका परिभाषाहरु पर्गेल्ने उद्यम होइन यो । न त यो कुनै विचारक र चिन्तक र सामाजिक अभियन्ता र अधिकारकर्मी र राजनीतिक नेतामाथी प्रश्न वा टिप्पणी नै हो । लामो समयदेखि साक्षी किनारमा उभेर हेर्दा देखेका गुजुल्टोहरु केलाउने प्रयत्नमात्र हो । नारीवाद के हो भनेर जान्न चाहनेका लागि बेल हुक्सको पुस्तक ‘फेमिनिज्म फर एभ्रीवन’ पढ्नुस सम्म भन्न सकिन्छ । त्यसो त बजारमा सिमोन डि बुभोको पुस्तक ‘सेकेन्ड सेक्स’ पनि छ । नेपाली अनुवाद बुझ्न त्यसको पनि अनुवादको खाँचो पर्छ । त्यसैले नाम लिन अप्ठेरो पर्यो । नेपाली सन्दर्भमा लेखिएका नारीवादमाथिका रचनाहरु त टिप्पणीका विषय भइहाले । नाम किन लिइरहनु ?
 

 

मुद्धा कसको ?
‘नारीवाद एनजिओले ल्याएको मुद्धा हो ।’ वामपन्थी लाइनको एकथरी निक्र्यौल हो यो । एनजिओ बहसको विषय हो अहिले । नीति निर्माण प्रक्रियामा भूमिका खेल्नेमध्येको एक पनि हो ऊ । एनजिओ यो अर्थमा, ऊ स्थानिय स्रोत–साधनको परिचालन गरेर गतिविधी गर्दैन बरु विदेशी दातालाई प्रपोजल बुझाएर गतिविधीको नाममा पैसा कमाउने धन्धा गर्छ । यस अर्थमा पनि, ऊ अधिकार पैरवीको चर्चा गर्छ र पनि उसको पैरवीको मुद्धा जहाँको त्यहीं, जस्ताको तस्तै रहन्छ । तर, नेपाली राजनीतिक रंगमञ्चमा एउटा महत्वपूर्ण हिस्सा देखिनेरनदेखिने हिसाबले ओगटिरहेको छ ऊ । किनपनि भने, एनजिओलाई नै राजनीतिक दल र राजनीतिक दललाई नै एनजिओ बनाउने प्रवृत्ति मूलधारको एक हो । फेरी पनि प्रसंग एनजिओ चरित्रको चर्चा होइन ।

 

एनजिओहरु मुसा हुन् । मुसाको चरित्र हो – कमजोर ठाउँबाट सुरुङ खन्नु । जहाँ जहाँ जनताको निम्ति लड्छु भनेका वामपन्थी पार्टीले मुद्धा छोडे, त्यहाँ त्यहाँ यी मुसाहरु पसे । लडे । मुद्धा स्थापित गरे । नपत्याए गएर काभ्रेकी ती चेलीलाई सोधे हुन्छ जसले पहिलोपटक आमाको नामबाट नागरिकता लिएकी थिइन् । र, जसलाई मुद्धा लड्न कुनै एनजिओले सघाएको थियो, राजनीतिक दलले होइन ।
 

 

वैवाहिक बलात्कार विरुद्ध ‘महिला, कानून र विकास मञ्च’का तर्फबाट मिरा ढुंगाना ९०५८० बोक्सी आरोपविरुद्ध ‘महिला, युवा, वातावरण, अधिकार र समाजको निम्ति वकिलको संगठन महिलो विभाग’को तर्फबाट रेश्मा थापा ९०५८० छाउपडीप्रथा विरुद्ध ‘गैर–सरकारी संस्था महासंघ’को तर्फबाट डिलबहादुर विश्वकर्मा ९०६१० बालविवाहविरुद्ध ‘प्रो पब्लिक’को तर्फबाट रमा पन्त खरेल ९०६३० विभिन्न प्रथाको नाममा माहिलामाथी हुने शोषणविरुद्ध कविता पाँडे ९०६६० छोराबराबर छोरीले पनि अंश पाउने पक्षमा मीरा ढुंगाना ९०५२० प्रसुती विदाको पक्षमा जनहीत संरक्षण मञ्च र आफ्नो तर्फबाट प्रकाशमणि शर्मास आमाको नामबाट पनि नागरिकता पाउने पक्षमा चन्द्रकान्त ज्ञवाली ९०५७० आमाको नामबाट पनि नागरिकता पाउने पक्षमा रञ्जित थापा ९०६५० आमाको नामबाट पनि नागरिकता पाउने पक्षमा ‘महिला, कानून तथा विकास मञ्च’को तर्फबाट मिरा ढुंगाना९०६७० ।
 

 

सूची लामो हुन्छ । ०४६ को परिवर्तनपछि ७० भन्दा बढी यस्ता मुद्धा सर्वोच्च अदालतमा लडिए, जो महिला अधिकारसँग सम्बन्धित थिए । विडम्बना केही थोरै व्यक्तिगत पहल र धेरै एनजिओको पहलमा लडिए । उठाइएका मुद्धाबारे मतमतान्तर हुनसक्छ तर आफैले उठाएको मुद्धामा पनि राजनीतिक दलका वकिल संगठनहरुले कत्तिको भूमिका खेले रु प्रश्न यही हो ।
 

 

एनजिओहरु मुसा हुन् । मुसाको चरित्र हो – कमजोर ठाउँबाट सुरुङ खन्नु । जहाँ जहाँ जनताको निम्ति लड्छु भनेका वामपन्थी पार्टीले मुद्धा छोडे, त्यहाँ त्यहाँ यी मुसाहरु पसे । लडे । मुद्धा स्थापित गरे । नपत्याए गएर काभ्रेकी ती चेलीलाई सोधे हुन्छ जसले पहिलोपटक आमाको नामबाट नागरिकता लिएकी थिइन् । र, जसलाई मुद्धा लड्न कुनै एनजिओले सघाएको थियो, राजनीतिक दलले होइन ।
 

 

जनताका दैनन्दिनको मुद्धा छोडेर अरु केहीमा अल्झिएपछि त्यसमा खेल्न आइपुगेका हुन् यी एनजिओहरु । यत्ति लेख्दालेख्दै पनि नारीवाद फेरीपनि एनजिओको मुद्धा होइन । किनभने श्रमिक महिला दिवसको इतिहास पनि राजनीतिक आन्दोलनको इतिहास हो, र नेपालमा त्यसलाई भित्र्याएको पनि राजनीतिक दलले नै हो । उदाहरण पैतृक सम्पतिमा बराबरी हिस्साको हो । ०५०को दशकमा संसदमा केही वामपन्थी पार्टीले उठाएका थिए – महिलालाई पनि पैतृक सम्पत्तिको अधिकारको माग । तर उनीहरुले छोडे, एनजिओले उठायो ।
 

 

र चुरो यथार्थ हो – राजनीतिक दलको निम्ति यो मुद्धा बनिरहेन किनभने महिला जो सेरेमोनियल श्रीपेच बनाईए । र, जसको हातमा छ शक्ति उनलाई यसको आवश्यकता नै छैन ।
 

 

सेरेमोनियल श्रीपेच
कुनै घरमा अंशबण्डा हुँदै थियो । दाजुभाईसँगै आफूलाई पनि अंश चाहिने जिकिर गरिन् अविवाहित बसेकी चेलीले । अविवाहित हुन पाउनु उनको हक हो, र अंश पाउनु पनि वैधानिक अधिकार नै । तर, अंशबण्डाको छिनोफानो गर्न गएका सामाजिक कार्यकर्ताले सहजै भनिदिए – ‘तिमीलाई किन चाहियो अंश रु दाजुभाईले हेरिहाल्छन् नी ।’

 

 

‘हेरिहाल्छन् नी’ अर्थात् हेरिनुपर्ने/स्याहार गरिनुपर्ने हुन् नारी । अर्थात् म पुरुष तिम्रो सहारा, तिमी नारी तिमी लहरा । सहजै भने ती सामाजिक–राजनीतिक कार्यकर्ताले किनभने ती पुरुष थिए । र, पुरुषप्रधान समाजको संरचनात्मक लाभमा थिए । कसरी बुझ्थे नारी हुनुको पीडा रु बुझेनन्, बोलेनन् । विडम्बना त्यो प्रक्रियामा उत्तिकै अधिकार जताएर बोल्ने महिला सामाजिक–राजनीतिक कार्यकर्ता थिएनन् ।
 

 

शक्तिशाली त्यो हो – जसले निर्णय प्रक्रियामा भाग लिन्छ, निर्णय प्रक्रियामा व्यक्त विचारले निर्णयमा प्रभाव पार्छ र जसले गरेका निर्णयहरु कार्यान्वयन हुन्छन् । र, नीति निर्माणमा मुख्य हिस्सा लिने राजनीतिक दलका ओहोदामा भएका महिला ती हुन् जो यो शक्ति अभ्यास गर्दैनन् । संविधान सभामा बोल्छन् आफ्नो होइन दलका टाउकेहरुको आवाज । भोट हाल्छन् आफ्नो विवेकले होइन, आदेशले । जति शक्तिशाली देखिन्छन् बाहिर, त्यसको चार गुणा कमजोर हुन्छन् अन्तर्यमा । पार्टी अनुशासनको दाम्लो देखाइन्छ, ठिकै पनि हो । तर, पार्टीभित्रै निर्णय गर्ने प्रक्रियामै सेरेमोनियल श्रीपेच भिराइन्छ । ‘आरक्षणको सिट’ पुर्याएको देखिन्छ । तर त्यो सिट केही बोल्ने वा केही गर्ने तहको शक्तिसम्पन्न छैन भन्ने लुकाइन्छ । परिणामः माथी उल्लेख गरेजस्तै हुन्छ ।

 

कार्यक्रममा अतिथीलाई ब्याच टक्र्याउनु, स्वागत वा धन्यवाद भाषण गर्नु, समितिमा बिना कोषको कोषाध्यक्ष वा बिना अर्थको उपाध्यक्ष बनाइनु, यस्तै–यस्तैलाई सहभागीता जो भनिन्छ, त्यो सहभागिता होइन । सहभागिताजस्तै अरु केही हो । सेरेमोनियल श्रीपेच त्यसैलाई भनिएको हो । जो देखिन्छ तर हुँदैन । जो भुक्छ तर टोक्दैन । जुन श्रीपेच नभएकै राम्रो हुन्छ, कम्तिमा भ्रम छर्दैन ।

 

नबुझेको महिला

‘महिलावाद जस्तै पुरुषवाद पनि चाहिन्छ ।’ यही आशयमा लेखिएको लामो लेख पढेपछि आश्चर्यले जिब्रो टोकेको अवश्य हो । अनि फोटो हेरियो, मान्छे चिनियो । स्वभाव थाहै थियो । कुनै बेला नेविसंघको राजनीति गरेर स्ववियू सभापतिसम्म भएकी थिइन् भन्ने पनि जानिएकै थियो । अनौठो लागेन । केवल सोंचियो महिलावादका बुझाईबारे ।
 

 

शहरमा अहिले महिलावाद (नारीवाद)को वकालत गर्नेहरु थपिएका छन् । लाग्छ, हरेकसँग फरक–फरक शब्दकोश छन् । र, प्रत्येक शब्दकोशमा फरक–फरक अर्थ छन् । जसले गाँठो फुकाउने होइन थप्ने काम गरिरहेछ । तैपनि ती निश्चिन्त छन् । सायद ती तिनै गुजुल्टाहरुमा लाभ देख्छन् । जसरी ती पूर्व नेता र वर्तमान महिलावादले बुझिन् । सार्वजनिक बहसको मञ्चमा ती उत्तेजित भएको देख्दा लाग्यो, ती त्यसमा केही लाभ भेटिरहिछन् । फरक हुँदा पाउने लाभ ।
जबकी महिलावाद त्यसपछि मात्र जन्मिएको हो जब समाजमा पहिलेदेखि नै पुरुषवाद व्याप्त थियो ।

 

मातृसत्तात्मक समाजमा शक्तिका सामाजिक संरचनाहरु बलिया भइसकेका थिएनन् । नीति, कानून र राज्य संरचनाहरु बनिसकेका थिएनन् । महिलावाद हावी थिएन । प्राकृतिक प्रक्रियाले महिलालाई प्रमुख बनाएको थियो तर ती शासक थिएनन् । पितृसत्तात्मक समाज भने पुरुष शासक हुने प्रक्रियाबाटै शुरु भएको हो । त्यसैले पुरुषवादको जवाफमा महिलावाद आएको हो । महिलावादको अर्थ फेरी पनि महिलाको वर्चश्व होइन । पुरुषवादको विरोध हो । लैंगिक समानताको पक्षपोषण हो ।
 

 

हामी महिला हुन पाएकै छैनौं । हामी पुरुषले चाहेजस्तो मात्र भएका छौं । – यो उनको अर्को तर्क हो । जबकि सिमोन डि बुभोको तर्क थियो – महिला हुन्ने बनाइन्छे । अर्थात् ऐतिहासिक सामाजिक, सांस्कृतिक प्रक्रियाहरुले महिलालाई महिला बनाएको हुन्छ । महिला कोमल हुन्छे, महिला रुन्छे, महिला डराउँछे, महिला गफ बढी गर्छे, महिला सुन्दर हुन्छे, सुन्दर महिला घमण्डी हुन्छे – यावत् स्टेरियोटिपिकल मान्यताहरु स्थापित छन् जसले महिलालाई महिला बनाउँछन् । महिला मान्छे हुन पाएका छैनन् । महिला होइन मानिस हुन पाउनुपर्छ । यी स्टेरियोटाइप्स पछाडिको इतिहास, अर्थतन्त्र, मनोविज्ञान केलाउने काम गरिन् सिमान डि बुभोले । तर, तर्कमा पछाडि परेका फ्रेन्च फेमिनिस्टहरुको धारणा लिएर महिला नै हुन पाएनौं भन्नुको आशय के हो ररु गुजुल्टोमा लाभको खेल वा अरु केही रु बुझ्नै सकस छ ।
 

खोइ भाषा ?
‘हामीले हाम्रो भाषा बोल्न पाएका छैनौं ।’


उनले यस्तो भन्दैगर्दा भाषा र डिस्कोर्सबारेका सम्बन्धहरु दिमागमा खेल्नथालेका थिए । नर्मन फेयरक्लोउ थिए ती, जसले भाषा र डिस्कोर्सका अन्तरसम्बन्धबारे विस्तृतमा चर्चा गरे । उनी भन्छन् भाषा सामाजिक संरचनाको उपज हो । त्यसैले विभेदयुक्त समाजको भाषा पनि विभेदयुक्त नै हुन्छ । सामाजिक उथलपुथललाई भने त्यो भाषाले समेट्दैन । सामाजिक उथलपुथल र भाषाबीचको सम्बन्ध डिस्कोर्सले जोड्नगर्छ ।पुरुषवाद हावी भएको समाजमा महिलाले हाम्रो भाषा खोइ ? भनी सोध्नु अन्यथा होइन उचित नै हो । तर, महिलाको भाषा के हो ? एक जटिल प्रश्न हो । तर, उनले जस्तो समाधान खोजिन् त्यो अराजकता हो ।

 

अराजकता बहस
‘घोर्ले वैंशमा मैले पनि त केके गरीहुँली किन भन्दै हिंड्न नपाउने र?’ यो आवेग थियो वा कुण्ठा थाहा भएन । जबकि सामाजिक मान्यताहरु विस्तारै परिस्कृत हुँदै गइरहेछन् । के केटा के केटी कसैले पनि झाडीभित्रका सम्बन्धबारे चर्चा गरेको स्वीकार्य हुन्न नै जतिसुकै विकसित समाजमा पनि । त्यो संकुचित मनोविज्ञान होइन, परिस्कृत सभ्यता हो । किनभने मानिस पहिला छाडा थियो । जहाँ यौनिक सम्बन्धहरु पनि खुला थिए । युग्म विवाहबाट एकनिष्ठ विवाहपद्धतिसम्म विकसित हुँदा मानिसले लज्जाको पनि आविष्कार गर्यो ।

 

पुरुषले त्यो लज्जालाई लंगौटी बनाएको पक्कै हो । त्यही नै हो पुरुषवाद । जहाँ कुनै महिलाले बोलेका शब्दशब्द केलाएर आलोचना गरिन्छ तर, कुनै पुरुष लेखक चिहानघारीमा यौनसम्पर्क गरें भनेर गर्वले सुनाउँछ । जसले सुनाउँछ त्यो त घोर पुरुषवादी हो नै । जसले सुन्यो र क्या बात भन्यो त्यो पनि पुरुषवादी नै हो । तर यसको नारीवादी जवाफ फेरीपनि महिलाले पनि त्यसैगरी व्यभिचार गर्नपाउनु होइन । कुनै अर्की नारी लेखकले तर्क गरेझैं – ‘हामी केटी भयौं भन्दैमा किन डराउने ? केटाजस्तै चुरोट, रक्सी खान हामी पनि सक्छौं ।’

 

सिमोन डि बुभोको तर्क थियो – महिला हुन्ने बनाइन्छे । अर्थात् ऐतिहासिक सामाजिक, सांस्कृतिक प्रक्रियाहरुले महिलालाई महिला बनाएको हुन्छ । महिला कोमल हुन्छे, महिला रुन्छे, महिला डराउँछे, महिला गफ बढी गर्छे, महिला सुन्दर हुन्छे, सुन्दर महिला घमण्डी हुन्छे – यावत् स्टेरियोटिपिकल मान्यताहरु स्थापित छन् जसले महिलालाई महिला बनाउँछन् । महिला मान्छे हुन पाएका छैनन् । महिला होइन मानिस हुन पाउनुपर्छ । यी स्टेरियोटाइप्स पछाडिको इतिहास, अर्थतन्त्र, मनोविज्ञान केलाउने काम गरिन् सिमान डि बुभोले ।
 

 

धूमपान्, मद्यपान गलत हुन् । स्वास्थ्यको दृष्टिकोणले निर्माण गरेको मान्यता सामाजिक मान्यता पनि हो । मान्यताहरु बन्ने पनि यसैगरी नै हो । मान्यताहरुले सामाजिक शक्ति पाउने पनि यसैगरी नै हो । त्यसैले त मद्यपानले घर बिग्रेको तस्बिरमा जँड्याहा सधैं पुरुष नै हुन्छ । तर, अराजकता अर्को रोग हो । यो खालको अराजकता दोस्रो विश्वयुद्धपछिको निराश र उद्विग्न युरोपेली समाजले जन्माएको थियो । विडम्बना खैरो छाला र अंग्रेजी भाषाको जलप लागेपछि त्यो अराजकता तेस्रो विश्वमा स्वतन्त्रताको पर्यायवाची ठानियो ।
 

 

भोग्या चिन्तन
– होली शुरु हुनु तीन दिन अघि सडकमा चुपचाप हिंडिरहेका दुई युवतीलाई केही बच्चा केटाहरुले, जो किशोर पनि थिएनन्, रंगका बेलुनले हिर्काए । छेवैमा हिंडेका अरु पुरुषलाई भने केही गरेनन् ।
– उनी प्रायः घोच्ने सानो किला वा त्यस्तै केही बोकेर हिंड्छिन् किनभने भीडभाडमा अंकलहरुको हात बढी नै सल्बलाउँछ ।
– दुईऔंलाको बीचमा आलपिन च्यापेर हिंड्नुपर्छ क्या । – वक्षस्थलमा कुहिना ठोकाउन आउनेहरुसँगबाट जोगिने उपाय एउटीले सुझाइन् ।

 

 

यी दृष्टान्त कानूनको आँखाबाट हेर्दा बलात्कार होइनन् । तर, मनोविज्ञानको आँखाले केलाउने हो भने यो त्यही मनोविज्ञान हो जुन् बलात्कारीमा पनि हुन्छ । ती लोला हान्ने फुच्चे, ती हात सल्बलाउने अंकल, ती कुहिना जोत्ने तन्नेरी र कुनै अमुक बलात्कारी चिन्तन एउटै हो – भोग्या चिन्तन । अर्थात् नारीहरु भोग्या हुन् ।
 

 

पुरुषवादको सबैभन्दा न्यूनतम आधार नै यही ‘भोग्या चिन्तन’ हो । यहीं चिन्तनको जगमा नै बनेका छन् सारा विभेदकारी कानून र संरचना । सारा प्रवृत्ति र मान्यता । बत्तीस गुणयुक्त महिलाको पूर्वेली परिकल्पनादेखि कोकाकोला फिगरसम्मको पाश्चात्य परिकल्पनाको आधार त्यहीं भोग्या चिन्तन हो । जबसम्म यो चिन्तनबाट बाहिर आईंदैन, पुरुषवादबाट पुरुषमात्र होइन महिला पनि उम्किन गाह्रो पर्छ । त्यो किनभने पुरुषवादका वादी केवल पुरुष हुने गर्दैनन् महिला पनि हुनेगर्छन् । यसको व्याख्या लामो पर्छ, आवश्यकताले डोर्‍यायो भने गर्दैगरौंला ।
 

 

छुटेको शब्द
वर्षेनी मनाउने नारी दिवसबाट एकाएक एउटा शब्द कसरी हरायो ? कसैले सोध्यो सामाजिक सञ्जालमा । जबकि यो एकाएक हराउने प्रक्रिया नै हुँदैन । हराउने प्रक्रिया लामो हुन्छ । शब्द हराउने प्रक्रियापछाडि त षडयन्त्र नै हुन्छ ।

 

 

समान ज्यालाको माग गरेर आन्दोलन गरेका अमेरिकी श्रमिक महिलाको आन्दोलनलाई विश्वव्यापी स्वरुप दिंदै सन् १९१०मा क्लारा जेट्किनले श्रमिक महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरेपछि मनाउन शुरु गरिएको थियो – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । तर यी १०७ वर्षमा घटना परिघटनाहरु यसरी घटे, महिला दिवस रह्यो । श्रमिक भन्ने शब्द नै हरायो । श्रमिक केवल शब्द होइन, काम गरेरै बिहान बेलुका जोड्ने तल्लो वर्गको प्रतिनिधित्वको चिन्ह पनि हो । शब्द हरायो अर्थात् यो मुद्धा श्रमिक महिलाको हातबाट अरुको हातमा गयो । त्यस्तो किन भयो रु यो बहसको विषय हो । फेरी पनि प्रश्न त्यहाँ गएर जोडिन्छ श्रमिक महिलाको आवाज उठाउने संगठनहरुमा कसको आवाज हावी भयो रु श्रमिक महिलाले आफ्ना संघसंगठनमा शक्ति अभ्यास गर्न पाए र पाएनन् ?
 

 

त्यसैले आज नारीवादको आवाज उठाइरहेकाहरुले यो शब्द हराएको चाल पाइरहेका छैनन् । किनभने ती पहिले नै समाजको सहुलियतप्राप्त समुदायका सदस्य हुन् । उनीहरुको निम्ति नारीवाद मुद्धा कम र स्टन्ट बढी हो ।
 

 

नारीवादी को र ?
‘म नारीवादी हुन चाहन्न । मेरो घर, परिवार छ ।’ कुनै नारी लेखकले भनेको सुनेपछि सन्न भइयो । ती घरानियाँ महिला थिइन् । स्रोतसाधनले पुगेकै थियो । तर भनिन् – म पनि दुखी छु । प्रमाणस्वरुप भाँडा माझेका आफ्ना हात देखाइन् । र, दोहोर्याइन – ‘फेरी पनि नारीवादी हुन चाहन्न किनभने मेरो घर, परिवार छ ।’

 

 

नारीवादी हुनु भनेको घरपरिवार बिगार्नु होइन भनेर सम्झाउने जाँगर पनि चलेन । किनभने केही नारीवादी हौं भन्नेहरु बजारमा कुर्लदै भनिरहेका थिए – ‘मलाई लोग्ने चाहिन्छ, सासु होइन ।’
विवाहको इतिहास थाहै छ सामाजिक अध्ययनका विद्यार्थीहरुलाई । बिहे गरेर पत्नी पतिको घर जाने प्रथा पनि फेरिँदो छ । अब विवाह कसैले कसैलाई गर्ने होइन, दुई पात्रले साथसाथको जीवन शुरु गर्ने हो भन्ने तहमा विकास भइसकेको छ । र, नारीवादको अर्थ पारिवारिक संरचनामा पनि नारीलाई बलियो बनाउनु हो । पारिवारिक निर्णय प्रक्रियामा उनको पनि समान हिस्सा कायम गर्नु हो । जसले परिवारमा कुनै पनि क्लेश बाँकी रहँदैन । जसले परिवार झनै बलियो हुन्छ । त्यसैले नारीवादी हुन नचाहने नारी लेखक र लोग्ने चाहिने सासु नचाहिने अधिकारकर्मी दुवै गलत हुन् ।

 

त्यसोभए नारीवादी को ?  कसैले सोधे, जवाफ एउटै हो – जो पुरुषवादी होइन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement