Advertisement
Advertisement
Advertisement
Advertisement

विवाहका नाममा बेचिएका १९०० बालिका र युवतीलाई बचाउने सिल्पि सिंह भारतका टप ५० महिला लिडरको सूचिमा

  |      16:48:00   |  
Web Image
Web Image

पुस  १, काठमाडौं । अमेरिकाको वासिङ्गटनस्थित वाइटल वायसेज अर्थात रिलायन्स फाउण्डेसनको तर्फबाट भारतका टप ५० सन् २०२२ को महिला लिडरको सूचिमा सिल्पि सिंह परेकी छिन् । 

केहि दिन अगाडी सार्वजनिक भएको उक्त सूचिको छनोटमा परेकी सिंह बालिका तस्करी भएका र बालविवाह रोक्नका लागी काम गर्ने, ड्रप आउट बच्चाहरुलाई विद्यालयमा पु¥याउने अभियान्ता वुमन लिडरको सूचिमा परेकी हुन् ।   

भारतको कटिहार बरमसिया जन्मिएकी सिंहको पारिवारिक पृष्ठभूमि निकै फरक खालको थियो । बालपनमा बुबाको कारणले गर्दा उनलाई कपाल लामो बनाउने अनुमती थिएन । अन्य केटीहरुको जस्तो फेसन गर्ने छुट थिएन । सिंहको विचारमा  ‘उनका पिता त्यस्तो पहिलो पुरुष हुनुपर्छ जसले घर बाहिरकोे १०० परुषसँग म डिल गर्नसक्ने महिला बन्न सकु भन्ने सोच राख्नुहुन्थ्यो । अमिर खानको फिल्म 'सेक्रेट सुपर स्टार'मा जसरी खानले आफ्ना छोरीहरुलाई पुरुष सोसरह बनाउने अभिनय गरेका छन् । त्यस्तै, उनका पिताले भने रियल लाइफमै गरेको सिंह स्मरण गर्छिन् । 

पटनामा ग्रेजुएसन र एमबिए गर्ने क्रममा  उनी एक संगठनमा आवद्ध भइन् । उक्त संगठनमा अधिकांश पुरुषहरु नेतृत्वदायी भूमिकामा थिए । तर, उनको प्रयासमा उक्त संगठनलाई वुमन अर्गनाइजेसनमा परिणत गरिन् । उनको यो प्रसाय त सफल भयो तर उनलाई आलोचना गर्नेहरु धेरै भए । ‘दलालसँग झगडा गर्ने र पुलिसँग मिलेर रेस्क्यु गराउने पनि कुनै काम हो’ ? भन्ने अभिव्यक्त उनले खेपिन् ।  तर उनले कहिलै यस्ता कुरालाई चासो दिइनन् । समाजका लागी लड्ने उनको उद्देश्य जीवनको लक्ष्य बनाएकी थिइन् ।

यस्तै, बालविवाहको नाममा हुने गरेका तस्करीको उनी खरो विरोधी हुन् । उनको अभियानकै कारण आजसम्म १९०० बालिका र युवतीहरुलाई अपराधको चंगुलबाट बचाएकी छिन् । उनी भन्छिन्, ‘बिहारमा मानव तस्करी जागिरको लागी गरिदैन् । यहाँ तस्करीको तार विवाहको नाममा जोडीएको हुन्छ । यो विवाह फाइदाको लागि गरिने मानव तस्करी हो ।’

१२÷१३ बर्षका किशोरीहरुलाई ललाइफकाई गरेर, केटीको बाबुआमालाई पैसा दिएर विवाह हुने गरेको उनी बताउँछिन् । यी किशोरीहरुलाई दिल्ली, राजस्थान, पञ्जाव हरियाणामा विवाह गरेर पठाईने गरेका धेरै घटना भेटिएका कारण बालिका र युवतीहरुको संरक्षणमा अभियन्ता सिंह दिलो ज्यानले लागी परेकी हुन् । उनको संगठनमा अहिले अधिंकाश महिलाहरु आवद्ध भएर काम गरिरहेका छन्।

वाइटल वायसेजको स्थापना सन् १९९८ मा अमेरिकाको तत्कालिन फस्ट लेडी हिलारी किल्नटनले गरेकी थिइन् । यस संस्थाले विश्वभरका सोसल सेक्टरमा काम गर्ने महिलाहरुलाई छनोट गर्छ । संगठनले ठूलो मासमा कामगर्ने महिलाहरु जस्ले समाजमा ल्याएको परिवर्तनलाई विशेष प्राथमिकता दिएर उत्कृष्ट ५० महिला लिडरहरु छनोट गर्छ । यो वर्ष वायटलसँग मिलेर रिलायन्स फाउण्डेसनले भारतका टप ५० महिला लिडरहरुको सूचि सार्वजनिक गरेको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement