मंसिर २७,काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजावी सुन भने तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमामा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको यसैगरी यो दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
विगत चार दिनदेखि सुनको भाउमा लगातार घटिरहेको छ ।