कार्तिक १५, काठमाडौं । सुनको भाउ लगातार तेस्रो दिन पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ।
सुनको भाउ हिजो तोलामा ५०० रुपैयाँका दरले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड १ लाख १६ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
आज बुधबार चाँदीको भाउ १ हजार ३८५ रुपैयाँले कारोबार भएको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँका दरले घटेको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।